वैद्यनाथ ठाकुर
हाम्रो समाजमा अझै पनि एउटा उखान निकै प्रचलित छ– ‘बाटो छोडे काँडा बिज्छ’ अर्थात् खुट्टाको सुरक्षा बाटोबाटै हिंड्दासम्म हो । बाटो छोडेर कुबाटो हिंड्न थालेपछि खुट्टामा काँडा बिज्छ । त्यसैले बाटो छोड्नुहुन्न । हरहालतमा बाटोबाटै हिंड्नुपर्छ । छिटो पुग्न वा हतारहतारमा कुबाटोतर्फ हिंड्न हौसिने तत्त्वहरूको कुनै कमी छैन । उनीहरूको अभीष्ट नै हुन्छ कि मानिसहरू बाटोमा हिंड्नुभन्दा पनि कुबाटोमा हिंडोस् ताकि उनीहरू बिरामी परून्, घाइते होऊन् र उनीहरूको खुट्टा यस्तो अवस्थामा पुगोस् कि पछि हिंड्नै नसक्ने गरी थला परून् । त्यसैले सधैं सबैले सम्झिने गरौं– ‘बाटो छोडे काँडा बिज्छ ।’
यति बेला नेपाली समाज परिवर्तनको कठिन तथा अत्यधिक चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । कुनै पनि मुलुकको लागि सङ्क्रमणकाल लामो हुनु राम्रो होइन । झन् हामीजस्तो गरिबीमा झुल्सिएको समाजमा जति छिटो सङ्क्रमणकाल समाप्त गरी अगाडि बढ्नुपर्छ । यो सैद्धान्तिक मान्यता हो । तर व्यवहार यसको ठीक उल्टो देखिन्छ । अझै पनि शीर्ष नेताहरूबीच सहमति हुने कुनै सम्भावना देखिंदैन । ‘मेरो गोरुको बार्है टक्का’ नीतिभन्दा कोही पनि पछि हट्ने देखिएको छैन । बाहिर सार्वजनिकरूपमा बोल्दा नेताहरूले अब सहमतिको धेरै नजिक पुगिसक्यौं, असी/नब्बे प्रतिशत सहमति भइसक्यो, चुट्कीको भरमा सहमति हुन्छ.... जस्ता अभिव्यक्तिहरू दिन्छन् तर जब वार्ता गर्न बस्छन् अनि सहमति हुन नसकेको समाचार सम्प्रेषण गर्छन् । यो क्रमको निरन्तरता विगत सात वर्षदेखि भइरहेको छ । दश वर्षको विकास योजना समृद्ध देशहरूले तय गर्ने गर्छ र सो मुताबिक घोषित लक्ष्यमा पनि पुग्ने गर्छन् तर हामीकहाँ एउटा संविधान जसले परिवर्तनलाई संस्थागत गर्न सकोस्, जनताको आदेशलाई सम्बोधन गर्न सकोस्, सयौं वर्षदेखि आफ्नै भूगोलमा शरणार्थीसरह बसेका अधिकारविहीन महिला, दलित, मुस्लिम, मधेसी, आदिवासीलगायतलाई यो देश मेरो पनि हो, म पनि यसै देशको नागरिक हुँ, राज्यले कुनै पनि अर्थमा मसँग भेदभाव गरेको छैन भन्ने अनुभूति गर्न सक्ने संविधान बनाउन सकेको छैन । यहींनिर हाम्रा नेताहरूको योग्यता र क्षमतामाथि प्रश्न उठ्छ । के वास्तवमा नेपाली समाजको रूपान्तरण प्रक्रियामा खासगरी संविधानलेखनमा वर्तमानमा देखिएका गतिरोध जनताको अधिकारको लागि हो या नेताहरूबीचको भागबन्डा नमिलेर हो ? के हो यसबारेमा प्रस्ट हुनु जरुरी छ ।
समुद्रमा प्रवेश गर्नुअघि पौडी खेल्न जानेको मात्र होइन, बरु पौडीमा विशेष कलासमेत सिकेको हुनुपर्छ । समुद्रभित्र प्रवेश गरेर म त पौडी खेल्न जान्दिनँ, हे समुद्र माता १ मलाई अप्ठ्यारोमा नपार्नू, म बिस्तारै सिक्दैछु भनी हारगुहार गर्नुको कुनै तुक हुँदैन । समुद्री छालहरू संवेदनाहीन हुन्छन् । उसले कुनै हारगुहार सुन्दैन र त्यसको एउटै सहज र स्वाभाविक नतिजा निस्कन्छ, त्यो हो मृत्यु । ठीक त्यसैगरी हाम्रा नेताजीहरू जो आफूलाई जनप्रतिनिधि भन्न असाध्यै रुचाउने गर्दछन्, उनीहरूलाई जनहितमा संविधान जारी गर्न कसले रोकेको छ ? देश र दुनियाँको अगाडि अब सार्वजनिक गर्नुपर्ने जरुरी छ । नेपाली समाजले विगतमा थुप्रै पीडा भोगिसकेको छ । १४/१५ हजार होनहार सपूतहरू कुनै पनि धर्तीले गुमाउनु ख्यालठट्टा होइन । प्रत्येक व्यक्तिको आफ्नो इच्छा र चाहना हुन्छ । शहादत प्राप्त शहीदहरूको पनि एउटा पूर्वघोषित इच्छा हुन्छ । जसलाई बाँचेकाहरूले पूरा गर्न सक्नुपर्दछ । यदि शहीदको सपनामाथि खेलवाड गरिन्छ वा बेइमानी गरिन्छ, धोका दिइन्छ भने पक्कै पनि त्यो कुबाटोमा हिंडेसरह हुनेछ । यसलाई सबै पार्टी तथा तिनका नेताहरूले बुझ्न जरुरी छ । हिजोको दिनमा शहीदको भावनामा राजा त्रिभुवन तथा महेन्द्रले ठेस पुर्याए । शहीदको सपनालाई धोका दिए । २००७ सालमैं उठेको गणतन्त्रको जनइच्छामाथि शाही राजाहरूले कुठाराघात गरेर बाटो छोडी कुबाटोमा हिंडे । शुरूका दिनहरूमा झन्डै ५/६ दशकसम्म राजाहरूले आफू सफलै रहेको अनुभूति गरे तर वास्तवमा कुबाटोको परिणाम के निस्कियो ? त्रिभुवन र महेन्द्रले दिएको धोका नाति वा छोरा वीरेन्द्रदेखि ज्ञानेन्द्रसम्म आइपुग्दा शाही राजसंस्था नै सधैंको लागि समाप्त हुन पुग्यो । त्यति बेला नै इमानदारीपूर्वक राजा त्रिभुवन वा महेन्द्रले गणतन्त्र बहाल गरी जनइच्छालाई प्रजातान्त्रिक ढ·बाट सम्बोधन गरेको भए अझै पनि नेपाली समाजमा सय, दुई सय वर्षसम्म शाही परिवारकै सत्ता रहन्थ्यो होला । तर त्यसो हुन सकेन । अदूरदर्शी राजा ज्ञानेन्द्रको अपरिपक्व जनविरोधी क्रियाकलापले उनलाई मात्र सत्ताबाट हटाएन, सधैंको लागि नेपालबाट राजतन्त्र नै समाप्त भयो ।
नदीको अगाडि पहाड नै पहिरोमा बगेर आई मुख थुने पनि सधैंको लागि होइन । नदी भनेको निरन्तर प्रवाहको नाम हो । नदीले अथक गतिशीलताको सड्ढेत दिन्छ र एक दिन पहाडलाई फुटाएर आफ्नो बाटो आपैंm तयार पर्छ । नदीको बाटोको लागि कुनै स्वर्णपदक प्राप्त इन्जिनियरको डिजाइन चाहिंदैन । नदी स्वयम् आफ्नो बाटो बनाउन सक्षम हुन्छ । हो, सामाजिक परिवर्तन पनि ठीक नदीजस्तै हो । आन्दोलन भनेको एउटा अथक गति हो, जो कहिले रोकिंदैन । यो निरन्तर जारी रहन्छ । यसलाई नेटोमा पुग्न कति समय लाग्छ, त्यसले कुनै महत्त्व राख्दैन । समय हामीलाई चाहिन्छ किनकि हाम्रो आफ्नो जीवनको अन्तिम समय निश्चित छ र हामी चाहन्छौं आफ्नै जीवनमा सबै सुख भोग गर्न । यहीनिर हामी गल्ती गर्छौं । संसार हाम्रो इच्छाले चल्दैन । प्रकृतिको नियमलाई पक्रेर हामी चल्न सक्नुपर्छ । समाजको मनोविज्ञान बुझ्ने नेता नै सिकन्दर बन्ने गर्छ । यति बेला सहमति, सहकार्यकै बाटो सुमार्ग हो । बहुमतीयको दम्भ कुबाटो हो । यसलाई बेलैमा बुझ्न सक्नुपर्छ ।
आन्दोलन निरन्तर अगाडि बढिरहन्छ । युरोपेली समाजले अठारौं शताब्दीमा गरेको परिवर्तन हामी एक्काइसौं शताब्दीमा गर्न खोजिरहेका छौं अर्थात् हाम्रो समाज तीन सय वर्ष पछाडि छ । यति बेलाको सामाजिक कार्यभार भनेको बहुजाति, बहुभाषी, बहुसंस्कृति विभिन्न भूगोललाई एउटै राष्ट्रियता घोषणा गरी जनजनमा अनुभूत हुने गरी संविधान जारी गर्नु हो । अनि मात्र स्थिर राजनीति र मजबुत अर्थको दिशातर्फ ढुक्क भई पाइला चाल्न सकिन्छ ।