पप्पु सुमन, पोखरिया, १२ चैत्र/
नेपाल विद्युत् प्राधिकरण पोखरिया सबस्टेशनमा अनलाइन कम्प्युटर बिलिङ सेवा शुरु भएको छ ।
सबस्टेशन परिसरमा बिहीवार विशेष कार्यक्रम आयोजना गरी अनलाइन सेवा आरम्भ गरिएको हो । कार्यक्रमका मुख्य अतिथि नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अमितकुमार कर्णले ग्राहकसँग विद्युत् महसुल बुझेर अनलाइन रसिद प्रदान गरी सेवा उद्घाटन गरेका थिए ।
जिल्लामा वीरगंजबाहेक पोखरियाको अनलाइन सेवा पहिलो भएको प्रमुख कर्णले बताए । उद्घाटनको क्रममा पहिलो, दोस्रो र तेस्रो नम्बरमा शुल्क बुझाउन आएको ग्राहकलाई उपहार स्वरूप वितरण केन्द्रले सिएफएल चिम प्रदान गरेको थियो ।
उक्त सेवा पोखरिया सबस्टेशनमा हप्ताको दुई दिन हरेक बिहीवार र आइतवार सञ्चालन हुने वितरण केन्द्रका सहायक निर्देशक शुभकान्त बाँस्तोलाले बताए ।
सबस्टेशनका कर्मचारी भोला चौधरीले सहजीकरण गरेको कार्यक्रममा वितरण केन्द्रका इ. श्यामकिशोर यादव, ग्रामीण सूचना केन्द्र पर्साका उपाध्यक्ष लालबाबू बनिया, केन्द्रका कोषाध्यक्ष धर्मेन्द्र चौरसिया, पोखरिया–२ वडा नागरिक मञ्चका अध्यक्ष डा. वकिल मियाँ र सशस्त्र बेस क्याम्प पोखरियाका प्रहरी निरीक्षक यज्ञराज बुर्लाकोटीले सो सेवबाट पोखरिया सबस्टेशन अन्तर्गतका उपभोक्ताहरू प्रत्यक्ष लाभाविन्त हुने बताए ।