$type=ticker$count=12$cols=4$cate=0

अवलोकन ‘अनुराधा भवन’को

SHARE:

मुकुन्द आचार्य
    नेपाली साहित्यको औपन्यासिक विधामा एक नवीनतम पुष्प प्रस्फुटित भएको छ । ‘अनुराधा भवन’ त्यसै पुष्पको नाम हो । वीरगंजका प्रतिष्ठित व्यापारी एवं समाजसेवी गणेशप्रसाद लाठ रचित यस औपन्यासिक कृतिको विमोचन केही दिनअघि मात्र काठमाडौंमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा एक समारोहबीच भएको थियो । साहित्यकार, पत्रकार, नेतागण, व्यापारी, खेलाडी आदिको बाक्लो उपस्थिति थियो । वीरगंजसँग मेरो राणात्मक र आत्मीय सम्बन्ध भा’हुनाले तथा गणेशजीका पिता स्व. विहारीलाल लाठसँग पनि उहाँको जीवनको उत्तरार्धमा मेरो अलिकता घनिष्ठता पनि भा’हुनाले मैले यस उपन्यासको भ्रूणावस्था (पाण्डुलिपि) र जन्मेपछि (विमोचनपछि)को रूपर· नजिकबाट हेर्ने सुअवसर पाएँ । तर कुनै पनि भवनलाई राम्ररी हेर्न त अलिकति समय लाग्छ नै । झन् राम्रो नराम्रो दुवै पक्षलाई पक्षपाती नभई हेर्नुपर्दा त विशेष चनाखो हुनु जरुरी हुन्छ ।
    यद्यपि गणेशजीको यो प्रथम औपन्यासिक कृति हो, तथापि उपन्यास पढ्दै जाँदा कुनै सिद्धहस्त लेखनीको करामत हो कि जस्तो भान पर्छ । अर्थात् गणेशजीको ‘श्रीगणेश’ राम्रो छ, सफल र आशाप्रद छ । नेपाली साहित्यले उहाँबाट अझ राम्रा–राम्रा कृतिहरूको अपेक्षा गर्नुलाई अस्वाभाविक भन्न मिल्दैन । अर्थात् गणेशजीको साहित्यिक भविष्य उज्ज्वल छ भन्नुमा अतिशयोक्ति हुने छैन ।
    प्रस्तुत उपन्यासले आर्थिक नगरी वीरगंजको एउटा निश्चित कालखण्डको, त्यसमा पनि तत्कालीन अर्थ–वाणिज्य, उद्योग–व्यवसायको यथार्थ स्थितिलाई शब्दचित्रको रूपमा प्रस्तुत गर्न सफल प्रयास गरेको छ । उपन्यास यस प्रशंसाको शतप्रतिशत हकदार
छ ।
    यो कुरालाई म के आधारमा ठोकुवा गरेर भन्न सक्छु भने पुस्तक विमोचन समारोहमा विशिष्ट अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो मन्तव्य दिने क्रममा उपन्यासको न्यायोचित प्रशंसा गर्नुभयो । त्यो प्रशंसा–प्रकरण यति लम्बियो कि उपन्यास पढ्नै नभ्याएका वरिष्ठ पत्रकार किशोर नेपाल चैं आफ्नो लघुकायाभित्र खुम्चिएर कछुवाभैंm रहँदा भए । माधव नेपालको ठम्याइ र मेरो व्यक्तिगत सोच पनि उस्तै–उस्तै मिल्न गयो । मलाई पनि खुशी लाग्यो ।
    “यो उपन्यास पढ्न थालेपछि छाड्न मन लाग्दैन । मैले यात्राकै क्रममा यसलाई पढ्न भ्याएँ । सबैका लागि यो पठनीय र सङ्ग्रहणीय छ । तर ठाउँ–ठाउँमा केही सानातिना अशुद्धिहरू छन् । यस्तो अशुद्धि रहन जानु पनि स्वाभाविकै हो । किनभने उपन्यासकारको मातृभाषा मारवाडी हो । एक मारवाडी भाषीले नेपालीमा यस्तो उपन्यास लेख्नु भनेको स्वयम्मा नै एक सुखद आश्चर्य हो,” माधवकुमार नेपालले भने । मैले पनि पढ्दै जाँदा यस उपन्यासका बारेमा यस्तै–यस्तै अनुभव गरेको थिएँ ।
    त्यो पनि सम्पूर्णरूपमा त्रुटिहीन ग्रन्थ पाउनु भनेको असम्भव कुरा हो । कलागत परिपूर्णताको जहाँसम्म प्रश्न छ, मलाई अलेक्जेन्डर पोपको भनाइ सम्झना हुन्छ– ूध्जय भखभच तजष्लपक ब ाबगतिभिकक उष्भअभ तय कभभ, तजष्लपक धजबत लभखभच धबक, लयच ष्क, लभखभच कजबिि दभ।ू (ब्भिहबलमभच एयउभ, ूभ्बककथ यल ऋचष्तष्अष्कmू
    अर्थात्, जो कुनै पनि दोषरहित रचना हेर्ने कल्पना गर्छ, ऊ यस्तो वस्तुको कल्पना गर्छ, जसको अस्तित्व न थियो, न छ, न त हुने नै छ ।
    यस उपन्यासको मुख्य वण्र्य वस्तु अर्थात् केन्द्रीय विषयमा वीरगंज शहर सँगसँगै एउटा सङ्घर्षमय जीवन बिताउने बिरजूको परिवार छ । बिरजू मध्यमवर्गीय व्यापारी परिवारको नाइके हो, उपन्यासको पनि । भाइ सरजूको र दाइ बिरजूको सिद्धान्त, सोच, विचार, क्रियाकलाप मिल्दैन । झट्ट हेर्दा सरजू भौतिकवादी दृष्टिकोणको प्रतिनिधित्व गर्छ भने दाइ बिरजू आफ्नो परिश्रम, इमानदारी, कर्मठता, सरलता, आधुनिक चमकदमकभन्दा टाढा बसेर आफ्नो कर्तव्यनिष्ठताको बलले सङ्घर्षमय जीवन व्यतीत गर्दै अग्रगामी सोचको प्रतिनिधित्व गर्दछ ।
    बिरजू ईश्वरलाई मान्दछ तर ढो· ढकोसलाहरूलाई प्रश्रय दिंदैन । श्रीमतीको धार्मिक आस्थामा दखल दिंदैन । पारिवारिक दायित्वहरू पूरा गर्दै सामाजिक सेवातिर पनि उसको संलग्नता देखिन्छ । सरकारी कर छल्ने प्रवृत्तिबाट ऊ पूर्णतया मुक्त छ, साथै अरूलाई पनि ऊ कर तिर्न प्रेरित गर्छ । भाइ चैं राजनीतिको भर्‍याङ उक्लेर आर्थिकरूपले मालामाल र नैतिकरूपले क·ाल बन्छ । दुवै दाजुभाइ नदीका दुई किनारा जस्ता हुन्छन् । सन्तान थरीथरीका भनेको यस्तैलाई त होला । यसरी उपन्यास खोलाभैंm सल्ल बग्दै जान्छ ।
    तर भाइको उच्छृङ्खलतापूर्ण उत्थानको एक दिन पतन हुन्छ । राजनीतिक व्यवस्थामा परिवर्तन आउनासाथ भाइको धनसम्पत्ति, रवाफ, तुजुक, फुर्तिफार्ती हराउँछ । ऊ दाइको नैतिकता, सरलता, कर्मठता तथा इमानदारीका सामु नतमस्तक हुन पुग्छ । एक प्रकारले उसको पूर्णरूपमा हार हुन्छ । यसले दुनियाँ पनि पहिले नै
छोड्छ ।
    एउटा परिवारको सेरोफेरोमा घुम्ने यस उपन्यासले समाजका अनेक पक्षलाई चित्रित गर्दै आफ्नो लामो यात्रा पूरा गर्छ । उपन्यासको थालनी र अन्त्य दुवै मसानघाटमा हुन्छ । हामी सबैको जीवनको अन्तिम गन्तव्य त मसान नै हो । यत्रो ठूलो सत्यलाई उपन्यासले सजिलै देखाउन सकेको छ ।
    सरल भाषामा वर्णन गरिएको कथानक–विषयवस्तु रोचकताले परिपूर्ण भएकाले पाठकलाई बाँधेर राख्न
पूर्णतया सक्षम छ । उपन्यास
विधालाई आधुनिक युगमा महाकाव्य
पनि भनिन्छ । जसरी महाकाव्यले जीवनजगत्को निकै ठूलो फराकिलो चित्र आफूमा अन्तर्निहित गरेको हुन्छ, त्यै काम आज उपन्यासले गर्दैछ । सामाजिक, राजनीतिक, आर्थिक, पारिवारिक, शैक्षिक आदि कुनै पक्ष पनि छुट्न पाएको छैन ।
    जहाँसम्म उपन्यासमा भाषाको
कुरा छ, यसमा नेपाली, मारवाडी,
हिन्दी, भोजपुरी सबैको सम्मिश्रणले बनेको चटपटेभैंm स्वादिलो हुन पुगेको
छ । जीवनलाई सुमधुर र सफल
बनाउने अनेक फन्डाहरू यसमा उपदेशात्मक पारामा भरिएका छन् । सिक्ने इच्छा भए, उपन्यासका अनेक प्रस· मुखर भएर बोल्दछन् । उपन्यासले ‘सत्यमेव जयते’ (सत्यकै जीत हुन्छ)लाई प्रमाणित  गरेको छ । यसैलाई उपन्यासको मूल सन्देश पनि भन्न
सकिन्छ । यद्यपि उपन्यासले ठाउँ–ठाउँमा प्रवचन अलि बढी नै दिएको
विषयलाई उपन्यासको उति राम्रो पक्ष मानिन्न ।
    जेहोस्, समग्रमा हेर्दा एउटा विशुद्ध पारिवारिक विषयवस्तुलाई रोचक उपन्यास बनाएर रचनाकारले आफ्नो सिर्जनशीलताको प्रबल प्रमाण प्रस्तुत गर्नुभएको छ । हार्दिक बधाई १
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अवलोकन ‘अनुराधा भवन’को
अवलोकन ‘अनुराधा भवन’को
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/03/blog-post_315.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/03/blog-post_315.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy