प्रस, वीरगंज, १३ चैत/
एसियन विकास बैंकको सहयोगमा वीरगंजमा सञ्चालित मझौला शहरी एकीकृत विकास तथा वातावरणीय सुधार आयोजना अन्तर्गतका कामहरूमा त्रुटिहरू फेला परेका छन् ।
नेपालकै नाम चलेको तथा एडिबीको आयोजनामा दुईपटक तोकिएको समयभन्दा अगावै काम गरी उत्कृष्ट ठेकेदारमा सम्मानित भएको कालिका कन्स्ट्रक्सनले वीरगंजमा काम गर्दा पेटी कन्ट्याक्टरबाट काम गरिरहेको कारण केही स्थानहरूमा त्रुटिहरू फेला परेका छन् ।
परियोजना अन्तर्गत बाइपासको प्रतिमा चोकदेखि दक्षिणतर्फ दुवैतिर नाला बनाउने कार्यमा केही स्थानमा जमिनमुनि ढलान गरी नाला उठाउनुपर्नेमा सो नगरिएको कारण नालाको आयु कम हुने बताइएको छ ।
यसैगरी वीरगंजको पुरानो बसपार्कमा निर्माण भइरहेको नालामा दुई तथा तीन नम्बर इँटा प्रयोगमा ल्याइएको छ ।
ठेकेदारले जमिनमा इँटा बिछ्याएर ढलान गर्ने क्रममा यस्ता कमसल इँटाहरूको प्रयोग गरिरहेको पाइएको
छ ।
अहिले एडिबीको सहयोगमा वीरगंजमा गण्डकदेखि बसपार्कसम्म ४० फिटको सहायक बाइपास सडक र ११० फिटको मूल बाइपास सडकमा नाला निर्माण भइरहेको छ । यी नालाहरूको निर्माणमा फलामे छडको प्रयोग गरी ढलान भइरहेको छ ।
त्यस्तै इनर बाइपासको दुवैतर्फ छपकैया पोखरी र त्यसभन्दा दक्षिण भन्सारसम्म निर्माण भइरहेको नालामा भने कतै इँटाको प्रयोग त कतै ढलान प्रविधिबाट निर्माण भइरहेको छ ।
यसो हुनुमा ठेकेदारले एसियन विकास बैंकको कन्सल्टेन्टले बनाएको नक्सा र डिजाइन अनुसार काम भइरहेको बताएको छ ।
ठेकेदार कम्पनीले परियोजना सञ्चालनमा पेटी कन्ट्याक्टबाट काम गराइरहेको भएपनि त्यसको सम्पूर्ण निगरानी आफ्नो तहबाट भइरहेको बताएको छ ।
ठेकेदारले एडिबीको कन्सल्टेन्टबाट दैनिक ३ घण्टा परियोजनाको अनुगमन भइरहेको जानकारी गराएको छ ।
सबै आयोजना एडिबीको कन्सल्टेन्टको निगरानीमा भइरहेको र निजबाट हालसम्म त्रुटि नऔंल्याइएको ठेकेदार कम्पनीको भनाइ छ ।
यसैबीच आज बिहान परेको सामान्य वर्षाले इनर बाइपासमा निर्मित नाला भत्काएको छ । कमसल सामग्रीको प्रयोग भएको कारण करिब १५ मिटरभन्दा बढी नाला भत्किएको स्थानीयवासीहरूको आरोप छ । ठेकेदार कम्पनीले भने निर्माणाधीन नालामा आज पानी परेपछि बाँध बाँधिएको पानी एक्कासि फुटेको कारण सोको दबाबले नाला भत्काएको सफाइ दिएको छ ।
अहिले वीरगंजको ठाकुर राम क्याम्पसदेखि माईराम पोखरीसम्म र पुरानो पानीटयाड्ढीदेखि हरि खेतान क्याम्पससम्मको क्षेत्रमा पनि नाला निर्माण भइरहेको छ ।
एडिबीको सहयोगमा २५ महिनामा सम्पन्न हुनुपर्ने यो परियोजना अहिले ११ महिना बित्दा केवल २२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यसैबीच वर्षायामको कारण आयोजना वैशाखदेखि असारसम्म ठप्प हुने स्रोतले जनाएको छ । वर्षायाममा ठाउँ–ठाउँमा खाल्डो खनेर नाला बनाउनुपर्नेमा धेरै वर्षा भई जनजीवन अस्तव्यस्त हुने भएकोले आयोजनाको काम ठप्प हुने ठेकेदार कम्पनीले बताएको छ ।