प्रस, वीरगंज, १२ चैत/
शिक्षा विभागको अनुमतिबेगर सङ्घसंस्थामा काम गर्ने शिक्षकहरूलाई कारबाई हुने भएको छ ।
शिक्षा विभाग सानो ठिमी भक्तपुरको च.नं. ३९१ पत्रानुसार जिल्ला शिक्षा कार्यालय पर्साले त्यस्ता शिक्षकहरूको तथ्याड्ढ सड्ढलन गर्न आदेश दिएको समाचार प्राप्त भएको छ ।
शिक्षा विभागको स्वीकृतिबिना कुनै पनि शिक्षकले सरकारी वा गैरसरकारी सङ्घसंस्थाको सञ्चालक, संस्थापक वा कर्मचारी, उपभोक्ता समिति, सामुदायिक वन, बचत तथा ऋण सहकारी संस्था, पत्रकारिता, व्यवसाय, निर्माणलगायतको काम गर्न नपाउने प्रावधान रहे पनि सोविपरीत पर्साका सयौं शिक्षकले विभिन्न सङ्घसंस्थाको मुख्य जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
त्यस्ता शिक्षकलाई तत्काल कारबाई गर्ने विभागीय आदेश छ । शिक्षकहरू विभिन्न सङ्घसंस्थामा आबद्ध भई विद्यालय नजाने, विद्यालय समयमा जिल्लाभरि हुने सार्वजनिक कार्यक्रमहरूमा भाषण गर्ने, गफ गर्ने जनगुनासो प्राप्त भएपछि विभागले कारबाई प्रक्रिया अगाडि बढाएको छ । यस विषयमा जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकसँग बुझ्दा विभागको पत्र अनुसार पर्सा जिल्लाका शिक्षकहरू अन्य कुन–कुन पेशामा संलग्न छन् विद्यालय निरीक्षक, स्रोत व्यक्तिको माध्यमबाट तथ्याड्ढ सड्ढलन गर्ने कार्य शुरु गरिएको बताए ।
तथ्याड्ढ सड्ढलन गरी पहिलो चरणमा त्यस्ता शिक्षकसँग स्पष्टीकरण सोधिने, जवाफ नदिएमा कारबाई प्रक्रिया अगाडि बढाउँदै शिक्षा विभाग २०७०/२/२८ को नियम अनुसार कारबाई गरिने जिशिअ रजकले बताए ।
प्रतीकलाई प्राप्त जानकारी अनुसार पर्सा जिल्लामा १२६ जना शिक्षक विभिन्न सङ्घसंस्थाको जिम्मेवार पदमा आबद्ध छन् ।
शिक्षक रामनरेश यादव सामाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष, रेडक्रसका प्रतिनिधि, पिपुल डेभलपमेन्टमा आबद्ध छन् । त्यस्तै शिक्षक फुलमहम्मद मियाँ नेपाल रेडक्रस सोसाइटीका सभापति र विकास नेपालका अध्यक्ष छन् ।