प्रस, वीरगंज, १३ चैत/
विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत कथा ज्ञान महायज्ञमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।
विन्ध्यवासिनी मातालाई कुलदेवीको रूपमा मान्ने तथा विन्ध्यवासिनीप्रति आस्था राख्ने भक्तजनहरूको आत्म कल्याण र पितृमुक्तिको लागि महायज्ञ आयोजना गरिएको विन्ध्यवासिनीधामका पुजारी पण्डित पुरुषोत्तमदेव उपाध्ययले बताए ।
चैत ६ गतेदेखि शुरू महायज्ञमा काठमाडौं, पोखरालगायत मुलुकका विभिन्न स्थान र भारतका विभिन्न क्षेत्रबाट समेत श्रद्धालु भक्तजनहरू विन्ध्यवासिनी माताको दर्शन गर्न आएका पं. उपाध्यायले बताएका छन् ।
चैत १४ गते शनिवार पूर्णाहुति हुने कार्यक्रम रहेको महायज्ञमा भारत छत्तीसगढबाट आएका धर्मगुरु कृष्णसुमनजी महाराज मुख्य वाचक र लक्ष्मी प्रपन्न रिजालले उपवाचकको आसनबाट प्रवचन दिएका थिए । शुक्रवार कथा समापन भएको छ ।
विशेषगरी पर्साका ५ वटा गाविस पचगावाँ, बहुअर्वाभाठा, अमरपट्टि, झौवागुठी, बैरियाबिर्ता र विन्ध्यवासिनी गाविसका बासिन्दाहरूले विन्ध्यवासिनी मातालाई कुलदेवताको रूपमा मान्दै आएका छन् ।
ऐतिहासिक तथा धार्मिक महत्त्वको विन्ध्यवासिनीमाईको स्थापना राजा रणबहादुर शाहले गरेका पुजारी उपाध्यायले प्रतीकसँगको कुराकानीमा बताए । राजा रणबहादुर शाहले भारतको विन्ध्याचलबाट विन्ध्यवासिनीमाईको मूर्तिलाई काठमाडौं लान भनी लिएर आएकोमा पर्सास्थित हालको विन्ध्यवासिनी मन्दिरस्थलमा आइपुग्दा उज्यालो भएकोले त्यही स्थापना गरिएको किंवदन्ती छ ।
किंवदन्ती अनुसार एक रातमा रातभरि जति सकिन्छ पैदल हिंड्नुपर्ने र जहाँ उज्यालो हुन्छ, त्यहीं मन्दिर स्थापना गर्नुपर्ने माईको सर्त थियो । माईलाई लिन भगवान् पशुपतिनाथले राजा रणबहादुरलाई आशीर्वाद दिएको र माईको शक्तिका कारण एक रातमा ६ सय किलोमिटरभन्दा बढी पैदल यात्रा सम्भव भएको मन्दिरका पुजारी उपाध्यायले कथा सुनाए ।