सञ्जय साह ‘मित्र’
वर्तमान समाजले फोटो र मूर्तिलाई जसरी पूजा गरेको देखिन्छ, त्यसरी समाधिस्थल सम्मानयोग्य बन्न सकेको छैन । केही सीमित र सक्नेले मात्र कतै कतै आफ्ना पितापुर्खाको समाधिस्थल बनाएको देखिन्छ । कसैको मूर्ति अर्थात् सालिक अर्थात् प्रतिमा स्थापना गरिएको छ, उनको योगदानको कदर गरिन्छ, उनको बारेमा सबैले जान्न खोज्छन्, उनको विषयमा जानेबुझेपछि श्रद्धा व्यक्त गर्दछन्, उनीबाट प्रेरणा लिनुपर्ने विषय र क्षेत्रमा प्रेरणा लिएर अनुकरण गर्दछन् । तर कतिपय असल मानिसको शरीरको देहावसानपश्चात् पनि उनीप्रति मानिसको श्रद्धा र सम्मान हुँदाहुँदै पनि कुनै ठाउँमा गएर श्रद्धा व्यक्त गर्ने ठाउँ बन्न सकेको देखिंदैन । अरू धर्ममा भन्दा हिन्दू समाजमा यो अवस्था बढी देखिन्छ ।
हामी मूर्तिपूजक छौं । हामीले अहिले पूजा गरिरहेका कैयौं देवीदेवता पहिलेका हामीजस्तै मानिस नै हुन् । कतिपय राक्षसलाई समेत हामीले पूजा गरिरहेका छौं, जसले राम्रो गरेका थिए । तर विचार गरी हेरौं त, बौद्ध, ईसाइ तथा क्रिस्चियन धर्मावलम्बीहरूको शारीरिक देहावसानपछि निजको भौतिक शरीरको अन्त्येष्टि गरिएको ठाउँलाई कुन रूपमा लिइन्छ र हामी कुन रूपमा लिइरहेका छौं ?
बौद्धमार्गीहरूले शरीरको अन्त्येष्टि गरिएको ठाउँमा विशेष किसिमको स्तम्भ बनाउँछन् र पितापुर्खाको अन्त्येष्टिस्थलप्रति लामो समयसम्म सम्मान व्यक्त गरिरहन्छन् । जति बेला त्यो ठाउँमा पुग्छन्, श्रद्धा व्यक्त गर्दछन् । त्यस ठाउँलाई पवित्र मान्दछन् । अरूलाई समेत यो मेरो फलानोको समाधिस्थल हो भनी चिनाउँछन् । यसैगरी मुस्लिमहरूको समाधिस्थल पनि विशेष किसिमको हुन्छ । तोकिएको ठाउँमा भौतिक शरीरको अन्तिम संस्कार गरेर लामो समयसम्म यही ठाउँमा मेरो फलानोको अन्त्येष्टि गरिएको हो भनी चिनाउन सजिलो हुन्छ । आफू त्यहाँ पुग्दा मनभित्र श्रद्धाको भाव स्वत: आउँछ । क्रिस्चियन समुदायमा पनि यस्तै देखिन्छ । समाधिस्ल छुट्टै र विशेष हुन्छ । अन्तिम संस्कार गरिएको ठाउँमा सन्तान वा आफन्त वा नजिकका कोही पुगेर श्रद्धा व्यक्त गर्न पाउँछन् ।
हो, संस्कृतिलाई तोड्नुहुँदैन, संस्कृतिलाई अपमानित गर्नुहुँदैन, अपहेलना गर्नुहुँदैन तर संस्कृतिलाई अझ उन्नत र सम्मानित बनाउन सकिन्छ । हाम्रो हिन्दू समाजका मानिसहरूमा दुवै किसिमको व्यवहार गरिएको देखिन्छ । हामीले के पाइरहेका छौं भने मठमन्दिरका साधु–महात्माहरूको देहावसान हुँदा अन्त्येष्टि गरिएको ठाउँ अर्थात् समाधिस्थललाई छुट्टै सम्मानजनक स्थलको रूपमा मानिन्छ । यसैगरी कतिपय ठूला मानिसले आफ्ना पितापुर्खाको समाधिस्थलमा स्मारक वा मन्दिर बनाएको पनि पाइन्छ । त्यसैगरी राज्यका लागि अति विशेष योगदान दिने महानुभावको समाधिस्थललाई पवित्रस्थलको रूपमा राज्यले नै विकास गरेको वा स्मारकहरू बनाएको देखिन्छ । अर्कोतिर सर्वसाधारणको देहावसान भएपछि वा आफ्नो समाजलाई अगाडि बढाउन विशेष योगदान दिएका मानिसहरूसमेतको अन्तिम संस्कार गरिएको ठाउँ त्यस्तै सुनसान, नदी किनारको बगर वा यस्तो ठाउँ हुन्छ, जहाँ मानिस सितिमिति जान चाहँदैन ।
यस किसिमका असल मानिसका कामहरूको चर्चा गरिन्छ, योगदानको कदर गरिन्छ तर समाधिस्थलको भने कुनै मतलब हुँदैन, कुनै वास्ता गरिंदैन । समाधिस्थलप्रति कुनै सम्मान पनि हुँदैन । यहाँ अपहेलना गरिएको अर्थ नलगाइयोस् । कसैले मेरा पितापुर्खाको समाधिस्थल यही हो भनेर देखाउन पनि चाहँदैनन् र कसैले तपाईंका यस्ता महान् र पुज्य पितापुर्खाको समाधिस्थल कहाँ हो भनेर सोध्दैनन् । यसै संस्कारमा केही परिमार्जन गर्नु जरुरी छ । आफ्नो समाजलाई उठाउन विशेष योगदान दिनेहरूको चर्चा गोष्ठी, समारोह, प्रवचन र अन्तक्र्रिया गरेर गरिन्छन् । निकै सकारात्मक कुराहरू हुन्छन् तर साथमा समाधिस्थललाई पनि यसै कडीको रूपमा विकास गरिनुपर्ने आवश्यकता महसुस गरिन थालिएको छ । नयाँ
युगमा यस कुराले पनि महत्त्व पाउनुपर्दछ कि हिन्दूहरूको अन्तिम संस्कार
गरिने मुर्दाघाट वा श्मशानघाटलाई सम्मानको नजरले हेर्ने स्थानको विकास होओस् ।
कोही पुगेर श्रद्धाका दुई पुष्प
चढाऊन् वा श्रद्धाले शिर निहुराऊन्
वा सम्मानको हृदयले हेरून् वा अरूलाई समेत श्रद्धा गर्ने संस्कारको अनुकरण गरून् । यससम्बन्धी नौलो अभियानको आवश्यकता रहेको छ । विशिष्ट बौद्धिक मानिसहरूको यसतर्फ ध्यान तानियोस् ।