$type=ticker$count=12$cols=4$cate=0

पञ्चम भर्सेज प्रचण्ड

SHARE:

ओमप्रकाश खनाल
केही दिनयता नेपाली मिडियामा कुनै बेलाका भारतका कुख्यात डाँकू पञ्चमसिंह चौहानको प्रवचनले ठाउँ पाएको छ । करिब एक महिनाको अन्तरमा सञ्चारमाध्यममा पटकपटक पञ्चमसिंहको धाराप्रवाह प्रवचनको विषयवस्तु समेटिएका सामग्री पढेको छु, त्यो पनि शान्ति र मानव जीवनको अन्तर्सम्बन्धका बारेमा । सन् १९६० को दशकताका मध्यभारतको चम्बल घाटीमा आतङ्कको पर्याय बनेका यी पूर्व डाँकूको प्रवचनलाई यतिखेर हाम्रा समाचारमाध्यमले किन यति महत्त्व दिएका होलान् ? उद्देश्य शान्तिको दीर्घकालीन व्यवस्थापनमा यो प्रसङ्ग अनुकरणीय उदाहरण बन्न सकोस् भन्ने नै होला ।
    दलीय दम्भले शान्तिप्रक्रियामा संशयको बादल मडारिइरहँदा पूर्व डाँकूको प्रवचन एउटा संयोग हुन सक्छ । यो संयोगको समकालीन नेपाली राजनीतिक आयाममा कुनै सरोकार पनि सायदै होला । तर भारतका पञ्चमसिंह र हाम्रो राजनीतिमा एमाओवादीका सुप्रिमो प्रचण्डका राजनीतिक आरोह–अवरोहमा धेरै हदसम्म समानता भेटिन्छ । फरक यति हो कि पञ्चमले अब शान्तिको सन्देशलाई मात्र आफ्नो अभीष्ट बनाएका छन् भने प्रचण्डलाई अझै बङ्करले लोभ्याउन छाडेको छैन । अब शान्तिमैं सन्तुष्टि पञ्चमको अन्तिम उद्देश्य  बनेको छ, तर प्रचण्डको बोलीमा युद्धको धङ्धङी सजिलै अनुमान लगाउन सकिन्छ । एमालेका माधव नेपालले प्रचण्डले विप्लव समूहलाई हतियार उचाल्न उकासेको आरोप यसै लगाएका होइनन् होला ।
    २०५२ सालमा हिंसात्मक विद्रोहमा लागेका प्रचण्डले तत्कालीन राजनीतिक, आर्थिक र सामाजिक असमानतालाई हिंसामा तरूप बनाए भने पञ्चम व्यक्तिगत प्रतिशोधका कारण हिंसाको बाटोमा हिंडेका थिए । बाटो हिंसाको हुनुका कारण परिणाम दुवैको सुखद हुने भएन । प्रचण्डहरूको उद्देश्य राजनीतिक भनिए पनि आतङ्कका परिदृश्यहरू कुनै डकैतीभन्दा कम्ती भयावह थिएनन् । सुराकीका नाममा निर्दोष मानिसहरूको हत्या माओवादी युद्धको विशेषताजस्तै थियो । हिंसालाई साथ नदिएकै कारण सुराकीको आरोपमा ज्यान गुमाएका, आक्रमणमा अङ्गभङ्ग भएका, विस्थापित भएका, लुटपाटमा परेकाहरूको यकिन तथ्याड्ढ अहिले पनि छैन ।
    मानव अधिकारका गम्भीर उल्लङ्घनका दोषीलाई आममाफी दिन नमिल्ने सर्वोच्चको फैसलाविरुद्धमा दुई माओवादीबीच देखिएको मतैक्यताले यसलाई सजिलै पुष्टि गरेको छ । किनभने सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगबाट माफीको प्रावधानमा गरिएको हेरफेरले माओवादीकै नेता र कार्यकर्ता सजायमा जेलिनुपर्ने सत्यबाट उनीहरू नै तर्सिएका छन्, बढी भयग्रस्त छन् ।
    टाउकाको मोल तोकिएका पञ्चमहरू १४ वर्षको जङ्गलवासपछि ८ सूत्रीय मागसहित भारत सरकारसमक्ष आत्मसमर्पण गरे । भारतीय सामाजिक अभियन्ता जयप्रकाश नारायणले उनीहरूलाई आमजीवनमा अवतरणको बाटोमा ल्याएका थिए । त्यो भारत सरकारको सुरक्षा चिन्ताभन्दा पनि पञ्चमहरूका लागि जीवनरक्षाको आवश्यकता थियो । उनीहरूले हिंसाको बाटो छाड्ने मौकामात्र पर्खिएका थिए ।
    टाउकाको मूल्य तोकिएका प्रचण्डलाई गिरिजाप्रसाद कोइरालाले पनि आठ बुँदे एकल समझदारीमा राजनीतिको मूलधारमा ल्याए । दरबार र भारतको भरथेगमा हिंसामा होमिएका प्रचण्डहरू हिंसाबाटै गलेको अवस्था थियो । त्यस बेला दरबारलाई झुकाउनमात्र माओवादीसितको सहकार्यको जरूरत परेको थिएन । त्योभन्दा बढी आवश्यकता प्रचण्ड र माओवादीका लागि हिंसाको सुरक्षित अवतरणको लागि थियो । १२ बुँदे समझदारी र बृहत शान्ति सम्झौता त्यसपछिका राजनीतिक घटनाक्रमहरू हुन् ।
    राजनीतिमा यति नै खेर स्वर्गीय कोइरालाको सम्झनाको माहोल छ । कोइरालाको व्यक्तित्व र राजनीतिक योगदानको बखानमा जिब्राहरू चलायमान छन् । यसमा पनि प्रचण्डवाणी अरूभन्दा प्रखर छ । प्रचण्डवाणीका आधारमा यो बखत कोइरालाको अभावले सबैभन्दा बढी उनैलाई सताएको भान हुन्छ । उनी आफूलाई कोइरालापछिको उँचाइ प्राप्त नेता ठान्छन् । यो पनि सत्य हो कि जीवनको उत्तरार्धमा कोइरालालाई राजनीतिकरूपमा धोका दिनेमा प्रचण्ड नै अग्रपङ्क्तिमा थिए ।
    प्रचण्डले कोइरालालाई प्रथम राष्ट्रपति बनाउने आश्वासनमा पहिलो संविधानसभामा काङ्ग्रेसलाई हारमात्र चखाएनन्, कोइरालाई धोका दिएर राजनीतिकरूपमा आपैंm पछारिए । सम्भवत: कोइरालालाई राष्ट्रपति बनाउने प्रतिबद्धताबाट पछि नहटेको भए यतिखेर शान्तिप्रक्रिया टुङ्गिइसकेको हुने थियो । कोइरालाको स्मरणमा स्वयम् प्रचण्डले खर्चेको भावनामा यो सम्भावना प्रकट हुने गरेको छ ।
    हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेयताका कुनै पनि प्रचण्ड निर्णय मुलुक र उनको दलगत स्वास्थ्यका लागि लाभदायक भएका प्रमाण जुटाउन कठिन छ । तत्कालीन राजाको विरुद्धमा सात दलसित हात मिलाउनु माओवादीको धरातलीय बाध्यता थियो । कोइरालासितको गोप्य सहमतिको उल्लङ्घनदेखि कटवाल प्रकरण हुँदै दुई तिहाइ ल्याउने लोभमा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको सार दोस्रो संविधानसभाको चुनावको परिणामले देखाइसकेकै हो । पार्टी विभाजन प्रचण्ड दम्भकै परिणति थियो । प्रकारान्तरले यति बेला फुटेका माओवादी जुट्ने कसरतमा छन् । यसको अन्तर्वस्तु बहसको बेग्लै विषय बन्न नसक्ने होइन ।
    यतिले नपुगेर प्रखर गणतन्त्रवादी नै राजतन्त्रका उत्कृष्ट उत्पादनलाई अख्तियार प्रमुखमा विराजमान गराउने योजनाको मुख्य मतियार बनेकै हो । यसपछाडि लडाकूको नाममा भएको अपचलन पचाउने प्रपञ्चमा जेलिएको प्रचण्ड नालीबेली नयाँ नलाग्न सक्छ । यस कारण यसको चर्चामा यतिखेर धेरै शब्द नखर्चिऊ । ल्यारक्यार लामालाई सभासद्मा नियुक्ति र यसमा पोखिएको अन्तरपार्टी असन्तुष्टिले प्रचण्डको असली आचरण आकलनका लागि अब माथापच्ची आवश्यक परेन । सिङ्गो माओवादी पार्टी र प्रचण्डको व्यक्तित्वको स्खलनमा उनका कदम स्वयम् आत्मघाती साबित भएका छन् । माओवादी पार्टी शान्तिप्रक्रियाको एउटा साझेदार हुनुको कारण कमान्डरको रणनीति र निर्णयबाट मुलुकको राजनीतिक धरातल नै धराशयी बन्दैछ ।
    दुई तिहाइको अनुनयविनय बिसाउँदै जनतामा गएको माओवादीलाई जनताले नै ठेगान लगाएपछि सहमतिको आलापमा उत्रिएको नबुझिएको विषय होइन । माओवादीको चुनावी प्रतिबद्धताको भीष्म प्रतिज्ञामा सकभर सहमतिमा नभए प्रक्रियाबाट संविधान ल्याउने स्पष्ट लेखिएको छ । हुनत प्रतिबद्धताबाट पुल्टुङबाजी मार्न माहिर माओवादीले यही सुविधाका निम्ति प्रतिबद्धतापत्र ल्याएको हुन सक्छ । कुनै दिन माओवादी नेतृत्वबाट यो अभिव्यक्ति आए आश्चर्य नमाने हुन्छ ।
    सहमति सुन्दा सुन्दर लागे पनि यसका मर्यादा र सीमाहरू हुन्छन् । सङ्घीयताको नापनक्सा, शासकीय स्वरूप, निर्वाचन र न्यायिक प्रणालीका बखेडामा आफ्नो सर्तमा मात्र सहमति खोज्ने मानसिकताले कसरी सहमति सम्भव हुन्छ ? सहमतिका लागि त लचकता र राष्ट्रिय स्वार्थका लागि दलगत र वैयक्तिक स्वार्थ त्याग्न सक्नुपर्दछ । अभाव यही तत्परताको छ ।
    माओवादी अडानको राजनीतिमा अब्बल कित्तामा देखिन्छ । यो पहिलो संविधानसभामा प्राप्त अकल्पनीय परिणामले ल्याएको उन्माद र दोस्रोपटक खाएको हारको पीडाको परिणाम हो । जनमत जेसुकै होस, सहमति हाम्रै अडानमा मात्र हुनुपर्छ भन्ने सोच अराजकताको उपजबाहेक अन्यथा होइन । अडान पेस गर्दा माओवादीलगायत उसको मोर्चाका सहयात्रीले जनमतको हैसियत ख्याल गर्नुपर्दछ ।
    अहिले न सहमति, न बहुमतीय छिनोफानोको अवस्था छ । जेठ १४ गते संविधान जारी गर्ने अमूर्त कुरा आएका छन् । यथास्थितिको निरन्तरताले संविधानसभाको बाँकी मोटामोटी ३ वर्षमा पनि संविधान सम्भव छैन भन्नु वैचारिक पुनरावृत्तिमात्र हो । सहमतिको बखेडामा प्रक्रिया अवरुद्ध भइराख्दा काङ्ग्रेस र एमालेले बहुमतीय प्रक्रियाबाट संविधान जारी गरौं भन्नु स्वाभाविकमात्र होइन, आवश्यकता हो । यो जनमतको उपयोग हो । यसैका लागि संविधानमा बहुमतीय प्रक्रियाको प्रबन्ध गरिएको हो । जनमत मान्दिनँ भन्ने सुविधा लोकतन्त्रमा हुँदैन ।
    अहिले प्रचण्ड अरू दलमा इच्छाशक्तिको अभावले सहमति हुन नसकेको बताउन थालेका छन् । उनकै शब्दमा– संविधान भनेको धर्मशास्त्र बनाउने होइन । आवश्यकता अनुसार परिमार्जन गर्ने कुरा हो । यसो हो भने बहुमतीय प्रक्रियाबाट संविधान बनाएर पछि जनताले पत्याए छन् भने संशोधन गर्ने सुविधा माओवादीलाई नहुने होइन । आफूलाई गिरिजाप्रसादपछिको नेता भन्ने प्रचण्ड यतिखेर जनताले बगरमा हुत्याइदिएका केही दलहरू बटुलेर सडक तताउने तानाबानामा छन् । प्रचण्डले आफूलाई गिरिजाप्रसादको दर्जामा उभ्याउने हो भने त राष्ट्रिय आवश्यकताका लागि सम्झौता पो गर्नुपथ्र्यो । जसरी गिरिजाप्रसादले उत्तरार्धमा आफ्नो राजनीति दाउमा लगाएका थिए ।
    संयोग, आफूलाई एक नम्बरी नेता ठान्ने प्रचण्ड आन्दोलनको आलापमा मग्न रहँदा करिब उनकैजस्तो परिस्थितिजन्य अवस्थामा आमजीवनमा ओर्लिएका पञ्चमसिंह चौहान बुद्धभूमिमा शान्तिको सन्देश प्रवाह गरिरहेका भेटिन्छन् । तर प्रचण्ड मुलुकलाई मुठभेडको भड्खालोमा जाक्ने योजनाको मुख्य मतियार बन्दैछन् । यतिखेर मौजुदा प्रचण्ड आचरणमाथि पञ्चम प्रवाहको जीत नै मुलुकको जीत साबित हुनेछ । यmपजबलब२िनmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पञ्चम भर्सेज प्रचण्ड
पञ्चम भर्सेज प्रचण्ड
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhikpm5EBvtdn1U9ZOcgyHELe94Qdf7C_tqSo3mDTKxXbu822Tq8W-WLRQ8eBG609L82Gr9CrVjJ_dpQRRhb7Xfl6j7geixlNnMUv101AkWAFI53CDnA9WX3-W45QbOUh8-e6r1UndWmXE/s1600/omprakash+khanal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhikpm5EBvtdn1U9ZOcgyHELe94Qdf7C_tqSo3mDTKxXbu822Tq8W-WLRQ8eBG609L82Gr9CrVjJ_dpQRRhb7Xfl6j7geixlNnMUv101AkWAFI53CDnA9WX3-W45QbOUh8-e6r1UndWmXE/s72-c/omprakash+khanal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/03/blog-post_120.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/03/blog-post_120.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy