उमाशङ्कर द्विवेदी
यता महाराज युधिष्ठिर भीमसेन गएको धेरै बेर भइसकेको देखेर अत्यन्त चिन्तित भए । उनको चित्त शोकानलले सन्तप्त भयो तथा उनी स्वयम् जानको लागि उद्यत भए । जलाशयको किनारमा गई हेर्दा आफ्ना चारैजना भाइहरूलाई मरेको देखे । उनीहरूलाई भुइँमा निश्चेष्ट भई लडिरहेको देखेर अत्यन्त खिन्न भए । शोकसमुद्रमा डुबेर उनी सोच्न थाले– यी वीर भाइहरूलाई कसले मारेको होला ? यिनीहरूको अ·मा कुनै शस्त्र प्रहारको चिह्न पनि छैन तथा यहाँ कसैको चरणचिह्न पनि देखा परिरहेको छैन । जसले पनि मेरा वीर भाइहरूलाई मारेको होला ऊ निश्चयत: कुनै महान् प्राणी हुनुपर्दछ । पहिला मैले एकाग्रतापूर्वक यसको कारणबारे विचार गर्नुपर्दछ अथवा पहिले मैले जल पिएर सुस्वस्थ्य भएपछि मलाई स्वयम् नै यसको कारणबारे थाहा भइहाल्नेछ । यस्तो पनि हुन सक्दछ– कूटबुद्धि दुर्योधनले यो विषालु सरोवर बनाउन लगाएको होओस्, तर यसको जल विषालु जस्तो पनि लाग्दैन, किनभने मरे पनि मेरा यी भाइहरूको शरीरमा विषजनित कुनै विकार पनि देखिइरहेको छैन । मेरा भाइहरू महाबली हुन्, यिनीहरूको सामुने साक्षात् यमराज पनि टिक्न सक्दैनन् । यति विचार गरेर उनी पानी पिउनको लागि जलाशयमा पस्ने तरखरमा लागे । यसै बेला उनले आकाशवाणी सुने– “म बक्कुला चरा हुँ, मैले नै तिम्रा भाइहरूलाई मारेको हुँ । यदि जल पिउनुभन्दा पहिले तिमीले पनि मेरो प्रश्नको जवाफ दिएनौ भने मर्ने पाँचौं मानिस तिमी नै हुनेछौ । तिमी यस जलाशयमा पस्ने साहस नगर, पहिला तिमीले मेरा प्रश्नहरूको जवाफ देऊ अनिमात्र जल पिउनु तथा लग्नु ।” युधिष्ठिरले आवाज आएको दिशातिर हेर्दा एउटा विकट नेत्र भएको विशालकाय यक्ष वृक्षको हा·ामा बसिरहेको देखा पर्यो । ऊ बडो दुर्धर्ष, अग्लो, अग्निको समान तेजस्वी र पर्वतको समान विशाल थियो । उसैले आफ्नो गम्भी नादमयी आवाजले उनलाई हाँक दिंदै थियो । फेरि उसले युधिष्ठिरसित भन्न थाल्यो– “राजन्, तिम्रा यी भाइहरूलाई मैले बारम्बार रोकेको थिएँ, तर यिनीहरूले मेरो कुराको वास्ता नगरेर जल पिए तथा लग्न खोजे, त्यसै कारणले मैले यिनीहरूलाई मारिदिएँ । यदि तिमीलाई पनि आफ्नो प्राण जोगाउनु छ भने यो जल तिमीले पिउनुहुँदैन । यो स्थान मेरो अधीनमा छ । मेरो यो नियम छ कि पहिला मेरा प्रश्नहरूको जवाफ देऊ अनिमात्र यस सरोवरको जल पिऊ वा साथमा लग ।”
युधिष्ठिरले भने– “म तपाईंको अधिकारको वस्तु लग्न चाहन्नँ । तपाईं मसित आफ्नो प्रश्न भन्नुहोस् । आफूले नै आफ्नो प्रशंसा गर्नु राम्रो कुरा होइन, मैले आफ्नो बुद्धि अनुसार त्यसको जवाफ दिनेछु ।”
यक्षले प्रश्न गरे– “सूर्यलाई कसले उदित गर्दछ ? त्यसको वरिपरि को हिंड्दछ ? त्यसलाई कसले अस्त गर्दछ ? र त्यो केमा प्रतिष्ठित छ ?”
युधिष्ठिरले जवाफमा भने– “ब्रह्मले सूर्यलाई उदित गर्दछ, देउताहरू उनको वरिपरि हिंड्दछन्, धर्मले उनलाई अस्त गर्दछ तथा उनी सत्यमा प्रतिष्ठित छन् ।”
यक्षले सोधे– “मानिस श्रोत्रिय कसबाट हुन्छ ? महत् पद कसबाट प्राप्त गर्दछ ? कसबाट ऊ द्वितीयवान् हुन्छ र कसबाट बुद्धिमान हुन्छ ?”
युधिष्ठिरले भने– “श्रुतिद्वारा मानिस श्रोत्रिय हुन्छ, तपबाट महत् पद प्राप्त गर्दछ । धृतिबाट द्वितीयवान् (ब्रह्मरूप) हुन्छ र वृद्ध पुरुषको सेवाबाट बुद्धिमान हुन्छ ।”
यक्षले सोधे– “ब्राह्मणहरूमा देवत्व के हो ? उनीहरूमा सत्पुरुषहरूभैंm धर्म के हो ? मनुष्यता के हो ? र, असत्पुरुषहरूभैंm आचरण के हो ?”
युधिष्ठिरले भने– “वेदहरूको स्वाध्याय नै ब्राह्मणहरूमा देवत्व हो, तप सत्पुरुषहरूभैंmको धर्म हो, मर्नु मानुषी भाव हो र अर्काको निन्दा गर्नु असत्पुरुषहरूभैंmको आचरण हो ।”
यक्षले सोधे– “क्षत्रीयहरूमा देवत्व के हो ? उनीहरूमा सत्पुरुषहरूभैंm धर्म के हो ? मनुष्यता के हो ? र उनीहरूमा असत्पुरुषहरूभैंm आचरण के हो ?”
युधिष्ठिरले भने– “वाणविद्या क्षत्रीयहरूको देवत्व हो, यज्ञ उनीहरूको सत्पुरुषहरूभैंmको धर्म हो, भय मानुषी भाव हो तथा गरीब (दीन)हरूको रक्षा नगर्नु असत्पुरुषहरूभैंmको आचरण हो ।”
यक्षले सोधे– “कुन एउटा वस्तु यज्ञीय साम हो ? कुन एउटा यज्ञीय यजु: हो ? कुन एउटा वस्तुले यज्ञको वरण गर्दछ ? र, कुन एउटाको यज्ञले अतिक्रमण गर्दैन ?”
युधिष्ठिरले भने– “प्राण नै यज्ञीय साम हो, मन नै यज्ञीय यजु: हो, एकमात्र ऋकले नै यज्ञको वरण गर्दछ तथा एकमात्र ऋकले नै यज्ञको अतिक्रमण गर्दैन ।”
यक्षले सोधे– “आवपन (देवतर्पण) गर्ने मानिसको लागि कुन वस्तु श्रेष्ठ हुन्छ ? निवपन (पितृतर्पण) गर्ने मानिसको लागि के कुरा श्रेष्ठ हो ? प्रतिष्ठा चाहने मानिसको लागि कुन वस्तु श्रेष्ठ हो ? तथा सन्तान चाहने मानिसको लागि कुन कुरा श्रेष्ठ हो ?”
युधिष्ठिरले भने– “आवपन गर्ने मानिसको लागि वर्षा श्रेष्ठ फल हो, निवपन गर्ने मानिसको लागि बीज (धन–धन्यादि सम्पत्ति) श्रेष्ठ हो, प्रतिष्ठा चाहने मानिसको लागि गाई श्रेष्ठ हो तथा सन्तान चाहने मानिसको लागि पुत्र श्रेष्ठ हो ।”
यक्षले सोधे– “यस्तो कुन मानिस हो, जसले इन्द्रियहरूको विषयसुख अनुभव गरिरहँदा पनि, श्वासप्रश्वास गरिरहँदा पनि तथा लोकमा सम्मानित र जम्मै प्राणीहरूमा माननीय भएर पनि वास्तवमा जीवित छैन ?”
युधिष्ठिरले भने– “जसले देउता, अतिथि, सेवक, माता–पिता तथा आत्मा यी पाँचैको पोषण गर्दैन, उसले श्वास लिइरहेको भएपनि वास्तवमा ऊ जीवित हुँदैन । क्रमश:...