प्रस, जीतपुर, १२ फागुन/
१२ वर्षको प्रयास तथा ५ वर्षको प्रतीक्षापश्चात्, नेपाली भूमिमा पहिलोपटक जहाज अवतरण भएको सिमरामा रात्रि उडान शुरु गर्ने तयारी पूरा भएको सिमरा विमानस्थल कार्यालय सिमराका प्रमुख परवेज आलम सिद्दीकीले आज प्रतीकलाई बताए ।
नेपाली भूमिमा पहिलोपटक ‘पुष्मथ’ नामक जहाज रक्सौल (भारत) बाट ई.स १९४२ अगस्त २५ तारिखको दिन सिमराको काम चलाउ विमानस्थलमा ओर्लेको थियो । त्यो व्यावसायिक सेवा नभएर ‘भारत छोडो’ आन्दोलन ताका नेपालको विश्वसँग सम्पर्क टुटेपछि जुद्ध शम्शेरको आग्रहमा ब्रिटिश भारत सरकारले अवतरण गराएको भारतीय विद्यार्थी सङ्घ रक्सौलका छात्र तथा सिमराका संस्थापक सदस्य देवनाथ उपाध्यायले बताएका छन् ।
यही मार्च १ तारिखदेखि काठमाडौं–सिमरा रात्रि उडानतालिका बुद्ध एयरले सार्वजनिक गरेको छ । अहिले काठमाडौंबाट बेलुका ६ बजे सिमराको लागि उडान गर्ने र सोही दिन ६:२० बजे सिमराबाट काठमाडौं फिर्ता हुने कार्यक्रम छ । यो कार्यतालिका दैनिक कायम रहन्छ र यात्रीहरूको वृद्धि तथा माग बमोजिम उडान सेवा थप गर्दै जाने बुद्ध एयर टिकट काउन्टर सिमराका प्रमुख कौशल भण्डारीले प्रतीकलाई बताएका छन् ।
काडमाडौ–सिमरा र सिमरा–काठमाडौं रात्रि उडानका लागि विमान टिकट सिमरा र काठमाडौंमा बिक्री खुला गरिएको सिमरा टिकट काउन्टरका प्रमुख भण्डारीले बताए ।
अहिले बुद्ध एयरले मात्र परीक्षण उडान सम्पन्न गरेकोले रात्रि उडान तालिका सार्वजनिक गरेको छ तर अरू एयर बसले समेत परीक्षण उडान गरी सो सेवा तत्काल सञ्चालन गर्न सकिने सिमरा विमानस्थल कार्यालयका प्रमुख परवेज आलम सिद्दीकीले बताए ।
मुलुककै ४७ वटा विमान स्थलमध्ये राजधानी काठमाडौं जोड्ने सबैभन्दा कम दूरी र कम समयको हवाईमार्ग काठमाडौं–सिमरा हो र यस मार्गमा एयर बसले ११ देखि १३ मिनेटमा यात्रा पूरा गर्छ । त्यसैले बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर, चितवन तथा भारतीय पर्यटक तथा व्यवसायीहरू दिनभरि काम गरेर गन्तव्यस्थल पुग्न रात्रि विमानसेवाले प्रभावकारी भूमिका निर्वाह गर्ने सिमरा विमानस्थलका वरिष्ठ एयर ट्राफिक कन्ट्रोल अधिकृत सुरज बिशंखेले बताए ।
अहिले बुद्ध एयरले काठमाडौं–सिमरा दिवा सेवा दैनिक सातपटक गर्छ र सो सेवाले वार्षिक ५० हजार यात्रु आवागमन गर्छन् । अब रात्रि उडानले गर्दा यात्रु सङ्ख्या वृद्धि हुनुको साथै करिब रु १ करोड राजस्व सड्ढलन हुने सिमरा विमानस्थल कार्यालयका लेखा अधिकृत दिनेश कोइराला बताउँछन् ।
रात्रि विमानसेवाबाट यात्रुहरू जति लाभान्वित हुन्छन्, त्योभन्दा बढी यस भेगमा आकस्मिक उडानसेवाले काम गरेको मानव अधिकार तथा नागरिक सरोकार प्रतिष्ठानका अध्यक्ष शिवकुमार शर्मा बताउँछन् ।