डा. रमेश मिश्र
हाम्रो खानपान, रहनसहन तथा मौसममा हुने परिवर्तनले हामीलाई धेरै रोग लाग्छ । तीमध्ये प्रतिश्याय पनि एक हो । प्रतिश्यायलाई आम बोलीचालीको भाषामा रुघाखोकी भनिन्छ । आधुनिक व्याख्या अनुसार राइनाइटिस त्यस अवस्थालाई भनिन्छ, जसमा नासागत श्लेष्मकलामा तीव्र उपसर्ग पुगेर कला पूर्णरूपले रक्ताधिक्ययुक्त एवं रातो हुन्छ र ग्रन्थि उद्देचनको क्रिया बढ्छ । परिणामस्वरूप अत्यधिक स्राव नाकबाट हुन थाल्छ ।
प्रतिश्याय रोग हुनुको दुईवटा कारण छन्– प्रथम, सद्योजनक र दोस्रो, कालाज्वरजनक वा चयादिक्रमजनित निदान ।
ऋतुमा विषमता, धुलो, धुवाँ, मलमूत्रको वेगलाई रोक्नु, अजीर्ण अत्यधिक भाषण गर्नु, क्रोध, शिरोमिताप, रात्रि जागरण, दिवा शयन, जलको अधिक प्रयोग, शीत लाग्नु, ओस, तुसार वा बरफको चिसासे लाग्नु, अश्रुपात यी कारणहरूले गर्दा प्रतिश्याय हुन्छ ।
जब शरीरमा भएका वात, पित, कफ दोषहरू एक–एक गरेर वा सबै मिलेर शिरमा सञ्चित भएर साथै शिरमा रक्त सञ्चित भएर क्रोधादि कारणबाट प्रकोप भएर प्रतिश्याय रोग उत्पन्न हुन्छ ।
प्रतिश्याय रोग लाग्न शुरू हुँदा नाकबाट सुरसुराहट (त्ष्अपष्लिन), हाछ्यूँ आउनु (क्ष्चचष्तबतष्यल, कलभभशष्लन यच मचथलभकक), शिरमा भारीपन (त्जभ कभलकबतष्यल mबथ लयत बmयगलत तय बअतगब िउबष्ल), शरीरमा जकडाहट, अ· मर्दन, शरीरमा सिहरन पनि अनुभव हुन्छ र यसको तीव्र अवस्थामा नाकबाट स्रावाधिक्य, नासानाह अनुभव हुनु, आँखाबाट आँसु आउनु, शरीरको तापक्रम बढ्नु, शरीरमा सुस्ती अनुभव हुनु, शिर शूल हुनु जस्ता लक्षणहरू देखा पर्न थाल्छन् ।
३–४ दिनपछि आपैंm उपशम अवस्थामा (क्तबनभ या च्भअयखभचथ) नासास्राव बढी गाढा र चिपचिपे हुन्छ र नासामा बढी अवरोधको अनुभव हुन थाल्छ र केही घण्टा वा दिनपछि नासा स्रोत खुल्छ र प्रकृतभावबाट श्वसन कार्य स्थापित हुन्छ तर जीवाणु वा विषाणुबाट आक्रान्त भइसकेका रोगीहरूमा यो अवस्था चाँडै आउँदैन ।
अत: प्रतिश्याय अर्थात् रुघा लागेमा २–३ दिनभित्र आपैंm ठीक भएन भने चिकित्सकको सल्लाह लिनुपर्छ । हाल देखा परिरहेको तथा छिमेकी मुलुकमा व्यापकरूपमा देखा परेको स्वाइनफ्लु पनि हुन सक्छ । अत: बेलैमा सचेत हुनुपर्छ ।
आयुर्वेद अनुसार प्रतिश्यायको चिकित्सामा निम्नलिखित उपायहरू गरिएका छन् । घृतपान– नवप्रतिश्याय वा आमावस्थालाई छाडेर प्राय: घृतपान गराइन्छ । यसबाट शरीरमा रोग निवारण क्षमता बढ्छ । स्वेदन– विभिन्न प्रकारले स्वेदन गरिन्छ । वमन– औषधि प्रयोग गरी वमन गराइ शरीरबाट कफ बाहिर निकालिन्छ । अवपीडन वा शिरोविरेचन– यसको लागि तीव्र नष्यहरूको प्रयोग गरिन्छ । साथै आहार एवं विहारमा उष्ण द्रव्यहरूको प्रयोग गरिन्छ, जसले नवप्रतिश्याय चाँडै पक्क भएर ठीक भइहाल्छ । यसको लागि उष्णजल, उष्ण पेयपदार्थ, दूधमा सोठ मिसाएर सेवन गरिन्छ । रोगीलाई निवात स्थानमा सुत्ने, बस्ने व्यवस्था मिलाउनुपर्छ ।
शिरमा मोटो गरम वस्त्र, टोपी लगाएर राख्नुपर्छ । नाकमा मास्क लगाउनुपर्छ । रुक्ष अन्न सेवन गराउनुपर्छ । हरितकीबाट बनेको पाकजस्तै चित्रक हरितकी, अगस्तय हरितकी, च्यवनप्राश सेवन गराउनुपर्छ ।
शीतल जलसेवन, धूलो, धुवाँ, मद्यपान, मलमूत्रको वेगलाई रोक्नु, चिसोमा घुम्नु, बढी भीडभाड भएको ठाउँमा जानु, अरूसँग हात मिलाउँदा वा हातबाट अन्य काम गर्दा हात धोएर नखानु यी सबै अपथ्य हुन् । अत: प्रतिश्यायबाट बच्नको लागि आफू पनि सचेत हुनुपर्छ र अरूलाई पनि सचेत गराउनुपर्छ । प्रतिश्याय अर्थात् रुघा लागेमा स्वाइनफ्लु हो भनी आत्तिनुहुँदैन । किनकि अहिलेको बसन्त ऋतुमा थोरबहुत रुघा सबैलाई लाग्छ तर सचेत हुुनपर्छ र २–३ दिनमा प्रतिश्याय अर्थात् रुघा ठीक भएन भने चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
जि.आ.स्वा.केन्द्र, कलैया, बारा