रामेश्वर मेहता, सिम्रौनगढ, १५ फागुन/
सिम्रौनगढ क्षेत्र अन्तर्गतका तीनवटा विद्यालयका छात्रछात्राहरू जोखिमपूर्ण अवस्थामा विद्यालय गइरहेका गाउँलेहरूले बताएका छन् । विद्यालयसँगै पोखरी र सडक रहेकाले जोखिम देखिएको हो ।
यस सम्बन्धमा सिम्रौनगढ–९ सतुवाईस्थित नेराप्रावि, वडा नं. ६ स्थित नेराप्रावि सानो इटवाल, सोही वडाको कनकपुरस्थित नेराप्रावि गरी तीनवटा विद्यालय पोखरीको डिलमा रहेको र उक्त विद्यालयहरूको वरिपरि पखोलसमेत नभएको कारण त्यहाँका बालबालिकाहरू जोखिपूर्ण अवस्थामा रहेका अभिभावकहरूले बताएका छन् ।
विद्यालयसँगै जोडिएर रहेका पोखरीहरूमध्ये सानो इटवालको पोखरी सार्वजनिक हो भने अन्य दुई स्थानको पोखरी निजी हो ।
उक्त पोखरीहरूमा माछापालन भइरहेकाले बाह्रै महिना पानी रहने गरेको कनकपुर प्राविका प्रधानाध्यापक जिक्रुलाहा अन्सारीले बताए । कतिपय विद्यालयको एकातर्फ पोखरी र अर्कोतर्फ सडक रहेको कारण स्थानाभावले गर्दा पर्खाल निर्माणको कुनै योजना नभएको शिक्षकहरूले बताएका छन् ।
बालबालिकाको लागि अनुपयुक्त स्थानमा विद्यालय निर्माण किन भयो ? खोजको विषय रहेको अभिभावकहरूको भनाइ छ ।