प्रस, वीरगंज, १३ फागुन/
जिल्ला जनस्वास्थ्य कार्यालयको अगुवाइमा शुक्रवारदेखि नेपाल–भारत सीमा क्षेत्रमा स्वाइनफ्लु हेल्पडेस्क राखिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा हिजो अबेर बसेको सुरक्षा समितिको बैठकले सो निर्णय गरेको निमित्त प्रजिअ योगराज पाण्डेले बताए । छिमेकी मुलुक भारतमा स्वाइन फ्लु देखिएपछि नेपालमा पनि त्यसको केही बिरामीहरू निगरानीमा उपचार भइरहेको कारण देशभरि खतरा बढेको कारण सीमामा हेल्पडेस्क राखिने निमित्त प्रजिअ पाण्डेले बताए ।
होलीको अवसरमा भारतबाट काम गरेर नेपाल फर्किनेहरूको सङ्ख्या बढ्दै गइरहेको तथा देशको मुख्यद्वार वीरगंज रहेको कारण हेल्पडेस्कको आवश्यकता रहेको पाण्डेले बताए । स्वाइनफ्लु लागेका बिरामीको परीक्षण वीरगंजमा हुन नसक्ने भएकोले प्रारम्भिक अनुसन्धानको आधारमा रोगीलाई आफ्नो निगरानीमा राखी उपचार गर्ने तथा शड्ढास्पद रोगीको र्याल परीक्षणको लागि काठमाडौं पठाउन इक्युमेन्टसमेत उपलब्ध भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका प्रमुख अरुण महतोले बताए ।
भारतबाट नेपाल आउने सबै व्यक्तिलाई सीमामा रोकी प्रारम्भिक अनुसन्धान गर्ने क्रममा शड्ढास्पद बिरामी फेला परेमा नाउक्षे अस्पतालमा छुट्टै ६ वटा बेडको कोठासमेत खाली गराइएको महतोले बताए । बैठकमा बरख गणका गणपति सुरेश हमाल, प्रहरी उपरीक्षक दिवेश लोहनी, सशस्त्र प्रहरी उपरीक्षक भीम थापा, नाउक्षे अस्पतालका मेसु डा. रामशड्ढर ठाकुरलगायत अन्य सुरक्षा निकायको उपस्थिति थियो ।
स्वाइनफ्लु रोग नियन्त्रणको लागि जनचेतना जगाउन आजदेखि भन्सारमा कार्यरत सशस्त्र प्रहरीले जनचेतनाको लागि माइकिङ शुरु गरेको छ ।
भारतबाट आउने यात्रुहरूसँग हात नमिलाउने, मुख छोप्ने, शड्ढा देखिएमा तत्काल नजिकको स्वास्थ्यचौकीमा जाने बताइरहेका छन् । सोही क्रममा सशस्त्र प्रहरी भन्सार गुल्मले नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय बलिरामपुर, बाराका ५ सय छात्रछात्रालाई स्वाइनफ्लुको लक्षण तथा बच्ने उपायबारे प्रशिक्षित गरेको भन्सार गुल्मका गुल्मपति अशोककुमार बमले बताए ।