उमाशङ्कर द्विवेदी
स्वप्नावस्थामा नै कर्णले सोधे–“भगवन्, तपाईंले मप्रति अत्यन्त स्नेह देखाउँदै मलाई यस प्रकारको उपदेश दिंदै हुनुहुन्छ । यदि तपाईंको इच्छा भए मलाई बताउनुहोस्, यस ब्राह्मण भेषमा तपाईं को हुनुहुन्छ ?” सूर्यले भने– “बाबु, म सूर्य हुँ र तिमीलाई स्नेहवश भएर नै यस्तो सम्मति दिंदैछु । तिमीले मेरो कुरा मानेर यस कवच–कुण्डलको रक्षा गर, यसमा नै तिम्रो विशेष कल्याण हुनेछ ।” कर्णले भने– “जब भगवान् भास्कर स्वयम्ले मलाई मेरो हितको उपदेश गर्दै हुनुहुन्छ भने मेरो परम कल्याण हुने कुरा त निश्चित नै हुने भयो, तर तपाईंले मेरो कुरा सुन्ने कृपा अवश्य गर्नुहोस् । तपाईं वरदायक देव हुनुहुन्छ, तपाईंलाई प्रसन्न राख्दै म प्रेमपूर्वक यो निवेदन गर्न चाहन्छु कि यदि तपाईंले मलाई माया गर्नुहुन्छ भने मलाई मेरो व्रतबाट विचलित नगर्नुहोस् । सूर्यदेव, संसारभरिका जम्मैजनालाई यो कुरा थाहा छ कि म श्रेष्ठ ब्राह्मणहरूले मागेको खण्डमा आफ्नो प्राण पनि अर्पण गर्न सक्छु । यदि देवश्रेष्ठ इन्द्रले पाण्डवहरूको हितका लागि ब्राह्मण भेष धारण गरेर आई मसित भिक्षा माग्न आए भने म उनलाई आफ्नो यो दिव्य कवच र कुण्डल सहर्ष अवश्य नै दिइहाल्नेछु । यसले गर्दा तीनै लोकमा मेरो जुन नाम र कीर्ति फैलिएको छ त्यो साँघुरिने छैन । म जस्ता मानिसहरूले यशको रक्षा गर्नुपर्दछ, ज्यानको होइन । यस नश्वर संसारमा मानिस यशस्वी भएर मर्नु बेस हुन्छ ।”
सूर्यले भने– “बाबु कर्ण, तिमीले देउताहरूको गुप्त रहस्यबारे थाहा पाउन सक्दैनौ । त्यसै कारणले यसभित्र जुन रहस्य रहेको छ, त्यसबारे म तिमीलाई बताउन चाहन्नँ, समय आएपछि तिमीले स्वयम् थाहा पाइहाल्नेछौ, तैपनि म तिमीलाई फेरि पनि भनिरहेको छु– इन्द्रले माग्दा पनि तिमीले तिम्रो जन्मजात कवच र कुण्डल नदिनु बाबै, किनकि यी कुण्डल कवचले युक्त रहँदा तिमीलाई अर्जुन र उसका हित इन्द्रले पनि तिमीलाई युद्धमा परास्त गर्न सक्षम हुन सक्दैनन् । त्यसैले तिमी यदि अर्जुनलाई जित्न चाहन्छौ भने यी दिव्य कवच र कुण्डल इन्द्रलाई कदापि नदिनु ।”
कर्णले भने– “सूर्यदेव, तपाईंप्रति मेरो जुन प्रकारको भक्ति छ, त्यो त तपाईंलाई थाहा छँदैछ तथा तपाईंलाई यो पनि थाहा छ कि मेरो दिनचर्यामा याचकलाई कुनै पनि वस्तु अदेय छैन । भगवन् तपाईंप्रति मेरो जस्तो अनुराग छ, त्यस्तो अनुराग त स्त्री, पुत्र, शरीर तथा सुह्दहरूप्रति पनि छैन । यसमा पनि सन्देह छैन कि महानुभावहरूको आफ्ना भक्तहरूमाथि अनुराग रहने नै गर्दछ । अत: यस साइनोले तपाईं मेरो हितको लागि जुन वचन भनिरहनुभएको छ त्यसको लागि म शिर झुकाउँदै छु र तपाईंलाई प्रसन्न पार्नको लागि बारम्बार यो प्रार्थना गर्दैछु, तपाईं मेरो अपराध क्षमा गर्नुहोस् तथा मेरो यस व्रतको अनुमोदन गर्नुहोस् कि याचना गर्दा म इन्द्रलाई आफ्नो प्राण पनि दान गर्न सकूँ ।”
सूर्यले भने– “बेस, यदि तिमीले आफ्ना दिव्य कवच र कुण्डल इन्द्रलाई दियौ भने आफ्नो विजयको लागि उनीसित यो प्रार्थना गर्नु कि देवराज, तपाईंले मलाई आफ्नो शत्रुहरूको संहार गर्ने अमोघ शक्ति प्रदान गर्नुहोस् । त्यसको साटोमा म आफ्नो दिव्य कवच र कुण्डल दिन तयार हुनेछु । महाबाहो, इन्द्रको त्यो शक्ति बडो प्रबल खालको छ । जबसम्म त्यसले सयकडौं–हजारौं शत्रुहरूको संहार गरिहाल्दैन, तबसम्म हान्ने व्यक्तिको हातमा फर्केर आउँदैन ।” यति भनेर भगवान् सूर्यदेव अन्तध्र्यान भए । अर्को दिन बिहानै जप सिध्याएर कर्णले स्वप्नावस्थामा देखेका घटनाबारे सूर्यदेवसित भने । कर्णको स्वप्न सुनेर भगवान् भास्करले मुसुमुसु हाँस्दै भने–“बाबु कर्ण, त्यो फगत् स्वप्नमात्रै होइन, जम्मै साँचो हुनेछन् । सूर्यदेवको कुरा सुनेर कर्णले कुरा राम्ररी बुझे तथा शक्ति पाउने इच्छाले इन्द्रको प्रतीक्षा गर्न थाले ।
एक दिन देवराज इन्द्र ब्राह्मणको भेषधारण गरेर कर्णको समीपमा आएर भने– भिक्षां देहि
ब्राह्मण भेषधारी इन्द्रको कुरा सुनेर कर्णले भने– “पाल्नुहोस्, तपाईंको स्वागत छ । भन्नुहोस्, म तपाईंलाई सुवर्णविभूषिता कन्याहरू दिऊँ वा धेरै गाइ भएको गाउँ अपर्ण गरूँ ? तपाईंको सेवा कुन प्रकारले गरूँ ? ब्राह्मणले भने– “होइन राजन्, यी वस्तुहरू लिने मेरो इच्छा छैन । यदि तपाईं वास्तवमा सत्यप्रतिज्ञ हुनुहुन्छ भने मलाई तपाईंले आफ्नो जन्मको साथ उत्पन्न भएका यी दिव्य कवच र कुण्डल दिनुहोस् । मेरोलागि यो सबैभन्दा बढी लाभदायक हुनेछ ।” कर्णले ब्राह्मणको कुरा सुनेर भने– “विप्रवर, मेरो साथमा उत्पन्न भएका यी कवच र कुण्डल अमृतमय छ । यिनीहरूको कारणले त्रिलोकीका कुनै पनि शत्रुले मलाई मार्न सक्दैन । त्यस कारणले यिनीहरूलाई म आफूबाट विलग हुन दिन चाहन्नँ । तपाईंले मसित विस्तृत र शत्रुहीन पृथ्वीको राज्य लिनुहोस् । कवच र कुण्डल दिएपछि म शत्रुहरूको सिकार हुन पुग्नेछु । मलाई क्षमा गर्नुहोस् । क्रमश...