सञ्जय साह ‘मित्र’
समाजमा सबै किसिमका मानिस छन्, हुनु पनि पर्छ । समाजमा विभिन्नता भएन भने विभिन्न किसिमको विचार पनि आउँदैन । जहाँ विभिन्न किसिमको विचारको अभाव हुन्छ, त्यहाँको मानिस कुनै उत्पादनजस्तो हुन पुग्दछ होला । के देखिएको छ भने विविधताले विकासलाई गति दिएको छ र एकात्मकताले प्रगतिको गतिलाई कमजोर बनाएको छ । संसारका जुनसुकै कुनाको भूगोल हेर्ने हो भने यो स्पष्ट हुन्छ कि जहाँ कुनै एक जाति, एक समुदाय वा धर्मका मानिसको मात्रै बसोवास छ, त्यो समाजले तुलनात्मकरूपमा विकासको गति कमजोर बनाएको छ । आधुनिकतालाई वरण गर्न र आफूमा निरन्तर प्रगतिको अनुभूति गर्न त समाजले आफूमा विविधता ल्याउनै पर्छ । वैचारिक विविधताले गर्दा समाजमा वैचारिक बहस हुन्छ, वैचारिक बहसको खुलापनले जीवनमा गतिशीलता ल्याउँछ तर पोखरीको पानीजस्तो जमेर बस्ने समाजमा नयाँ कुरा आउँदा पहिले नकारात्मक तरङ्ग उत्पन्न हुन्छ र नकारात्मक तरङ्गले सन्तुलन ल्याउँदासम्म अन्य समाज झन् केही अगाडि बढेको हुन्छ । पोखरीको पानीजस्तो जमेको समाजमा केही गरी नयाँ विचारको प्रवेश हुन्छ भने त्यहाँ द्वन्द्वको शुरुआत हुन्छ र कहिलेकाहीं यस किसिमको द्वन्द्वले भौतिक रूप पनि लिन पुगेको देखिन्छ ।
पोखरीको पानीजस्तो जमेको समाजमा नयाँपनको कमी हुने हुँदा जीवनमा तुलनात्मक नीरसता हुन्छ । सामाजिक जीवनमा आउने नीरसताले मानवीय जीवनमा ऊर्जाको कमीलाई अझ फराकिलो बनाउँछ र जीवनलाई झन् साँघुरो बनाउँछ । जीवनको आयाम र आकार (आयु होइन) जति साँघुरो हुन्छ मानिसमा कट्टरता आउँछ । कट्टरपन्थले प्रगतिको कुरालाई सजिलै स्वीकार गर्न सक्दैन । सकेको देखिंदैन पनि । हामीले हाम्रो समाजका कतिपय सदस्यलाई नै उदाहरणका रूपमा लिन सक्छौं । जो कुनै पनि कुरामा कट्टर देखिएको छ, उसलाई मानिसले प्रगतिशील मान्दैनन् । र समाजमा यो पनि मान्यता व्याप्त रहेको हुन्छ कि जो जति कट्टर छ, ऊ त्यत्ति अनुदार हुन्छ, जसले गर्दा ऊ समाजलाई केही दिन सक्दैन । समाजलाई केही दिने कुरामा कोही अगाडि हुन्छ भने उदारमना व्यक्तिहरू नै हुन्छन् । उदारता र उदात्तताले जीवनमा फरक किसिमको आत्मसन्तोष र आनन्द दिन्छ । मानिसको अन्तर्मनमा अनन्त ऊर्जा प्रदान गर्ने तत्त्वको रूपमा उदारता र उदात्ततालाई पनि लिन सकिन्छ । यसै कारण मानिस क्षमाशील पनि हुन्छ । जुन मानिस क्षमाशील हुन्छ, विनयी हुन्छ, समाजले उसबाट धेरै कुरो पाएको हुन्छ र पाउने आशा गरेको पनि हुन्छ । समाजले आशा गर्ने भनेको पनि उसैमाथि हो, जसले केही दिन चाहन्छ ।
केही दिन चाहना राख्दैमा सकारात्मकता मात्रै नपर्न सक्छ । सकारात्मक हुनेहरूले सकारात्मक योगदान दिन सक्छन् तर जो नकारात्मक कुरो दिन मात्र जानेको हुन्छ उसले समाजलाई नकारात्मकता नै दिने हो । यद्यपि हाम्रो वर्तमान समाजको प्रकृति यस किसिमको रहेको छ कि मानिस सकारात्मक र नकारात्मक दुवै बन्दै गएको देखिन्छ । जो सकारात्मक बाटोमा हिंड्न चाहन्छ, उसलाई सकारात्मक बाटो देखाउनेहरूको कमी छैन र जो नकारात्मक बाटो हिंड्न खोज्छ उसले नकारात्मक बाटोमा एकसे एक अनगिन्ती धुरन्धर गुरूहरू पाउँछ । विविधतापूर्ण समाजमा सकारात्मक र नकारात्मक दुवै प्रवृत्तिलाई अप्रत्यक्ष तथा प्रत्यक्ष सहयोग गर्ने जति सबै एकै किसिमका मानिस हुँदैनन् । विविधताले केही बाध्यता र स्वार्थसमेत जन्माउने हुनाले विरोधीलाई सहयोग गरेर कालान्तरमा फाइदा लिने सोचाइसमेत हुने हुनाले कतिपय अवस्थामा सकारात्मकले नकारात्मकलाई र नकारात्मकले सकारात्मकलाई सहयोग गरेको देखिन्छ । यसै कारण कतिपयले समाजलाई सोचेजस्तो नहुने र यसको गति आफ्नै किसिमको हुने बताउँदै आएका छन् ।
हुनत हरेकले आफ्नो महत्त्व खोज्दछ । आफ्नो अस्तित्व र महत्त्व जता देख्दछ मानिस उतै आफ्नो पाइला बढाउँछ । यसले पनि एकातिर पहिचान खोजेको देखिन्छ भने अर्कोतिर आफ्नो क्षमताको प्रदर्शन पनि यसमा लुकेको भित्री रहस्य हुन्छ । हो, क्षमताको प्रदर्शनले पनि उसले समाजलाई केही दिन खोजेको स्पष्ट हुन्छ । मानिसले समाजलाई सकारात्मक कुरो मात्रै दिन्छ भन्ने होइन । उसले त नकारात्मकता पनि दिन सक्छ भन्ने कुरो माथि नै आइसकेको छ । उसले दिने कुरो प्रत्यक्ष पनि हुन सक्छ र अप्रत्यक्ष पनि । कहिलेकाही मानिसले तत्काल कसैको योगदानलाई राम्रो वा नराम्रो रूपमा लिए पनि धेरै कालपछि त्यसप्रतिको धारणा बदलिन पनि सक्छ । पृथ्वीनारायण शाहप्रति वर्तमान नेपालमा पनि दुई किसिमको धारणा रहेको देखिन्छ । उनको एकीकरण अभियानलाई कसैले आज पनि सकारात्मक र कसैले नकारात्मक भनी विश्लेषण गरिरहेको छ । विश्वमा रामलाई मान्नेको सङ्ख्या निकै ठूलो रहेको तर रावणलाई पनि मान्नेहरूसमेत यही धरतीमा रहेका देखिन्छन् । हरेक वर्ष महात्मा गाँधीको दिवसको अवसरमा गाँधीको योगदानको विश्वव्यापी चर्चा हुने गर्दछ भने नाथुराम गोडसेको विषयको पनि थोरबहुत चर्चा भइरहेकै छ । यथार्थमा के कुरो बुझ्नु जरुरी छ भने विविधतापूर्ण समाजले विविधतापूर्ण विचार बोक्ने र विचारको मन्थनले वैचारिकरूपमा समाज सम्पन्न बनिरहेको उदाहरण दिन सकिन्छ । यसले समाजमा मानिसले के दिने वा कसरी दिने अर्थात् योगदानको विषयमा केही भए पनि स्पष्ट पारेको देखिन्छ ।
समाजलाई केही दिन चाहने भन्ने कुरा अन्तर्हृदयदेखिको प्रस्फुटन हो । कसैले भौतिक सम्पत्ति दिएर अरूको कल्याण गर्न खोज्दछ । कहिलेकाहीं त अरूको विनाशको लागि पनि मानिसले आफ्नो भौतिक सम्पत्ति दिएर आनन्दको अनुभूति गरेको देखिन्छ । पुराण अनुसार लड्ढाको राजधानीलाई हनुमानले आगो लगाई ध्वस्त पारेको घटनाप्रति आजको मानसिकतामा पनि नकारात्मकता पाइन्न । द्वन्द्वमा फसेका देशहरूमा द्वन्द्वकर्ता पक्षलाई आर्थिक तथा भौतिक र नैतिक सहयोग प्राप्त भइरहेको हामीले देखेका र भोगेका छौं । तर यस किसिमको सहयोगले समग्र मानवताको कल्याण गर्ने उद्देश्य राखेको देखिन्न । यस कारण समाजलाई केही दिन चाहनेले आफ्नो भौतिक वा अभौतिक कुरो दिनुपर्दा मानव समाजलाई दीर्घकालसम्म सकारात्मक सहयोग गर्नेतर्फ बढी ध्यान दिनु आवश्यक छ । केही कुरा कसैले कसैलाई नदिए पनि उसको बानी, व्यवहार, बोली र आचरणबाट मानिसले केही न केही अवश्य प्राप्त गरिरहेको हुन्छ वा नदिनेले दिन खोजे पनि दिइरहेको हुन्छ । यसैले सबै ठाउँमा जीवनलाई सतर्कता र इमानदारी चाहिएको हुन्छ भनेर विद्वान्हरूले भन्ने गरेका छन् । जस्तो आमाबाबु उस्तै सन्तान भनेर समाजले त्यसै मानेको पनि होइन । यति भनेर पन्छिन पनि मिल्दैन । केही दिन नचाहनेले पनि सन्तानलाई धेरै दिन खोजेको हुन्छ । उदाहरणको लागि एउटा अत्यन्त निर्दयी डाँकाले आफूले निकै दु:ख गरेर आर्जन गरेको सम्पूर्ण सम्पत्ति आफ्नो सन्तानलाई दिन चाहन्छ तर आफ्नो चरित्र भने कुनै पनि मूल्यमा दिन चाहँदैन अर्थात् कुनै पनि मूल्यमा आफ्नो सन्तानलाई आफूजस्तै डाँका बनाउन चाहँदैन ।
समाजलाई के दिने भन्ने कुरा व्यक्तिमा निर्भर रहन्छ तर जसले आफूमा केही दिन सक्ने क्षमता रहेको ठान्दछ, उसले समाजलाई त्यही कुरा दिनु आवश्यक हुन्छ जसले समाजलाई आगामी धेरै कालसम्म फाइदा दिन सकोस् । कम्तीमा समयको क्रममा धेरै दिनसम्म महत्त्वपूर्ण साबित होओस् । तत्काल केही अँध्यारोजस्तो भए पनि कालान्तरमा त्यसले महत्त्व पाउँदै जाओस् । कि त अहिले महत्त्व होओस् कि त त्यसको महत्त्व कालान्तरमा होओस् । कुनै पनि दृष्टिले महत्त्वपूर्ण हुनु अनिवार्य छ । खाली आफ्नो स्वार्थ पूरा गर्ने वा आफूलाई राम्रो हुने काममा लगानी गरेको समयलाई कतिपयले चाहिं बेकार नै मान्ने गरेका छन् ।