$type=ticker$count=12$cols=4$cate=0

सडक आन्दोलन स्थगनसँगै सिमराको जनजीवन सामान्य, अबको आन्दोलन बालुवाटारमा हुन्छ

SHARE:

प्रस पथलैया, १२ फागुन/
    मालपोत र नापी कार्यालयको थप सेवा केन्द्र खारेज गर्ने निर्णय सच्याउन माग गर्दै आन्दोलनरत सिमरा क्षेत्रका स्थानीयले आम हडताल र राजमार्ग चक्काजाम स्थगन गरेका छन् ।
    मालपोत कार्यालय सिमरामा स्थापना सरोकार समिति गठन गरेर सेवा केन्द्र खारेज गर्ने निर्णय सच्याउन माग गर्दै नौ दिनदेखि आन्दोलनमा उत्रेका स्थानीयले सडक सङ्घर्ष छाड्ने निर्णय गरेका हुन् ।
    दुई दिनसम्म लगातार भएको झडपले आन्दोलन हिंसात्मक बन्दै गएपछि जनधनको क्षति देखेर समितिले सडक सङ्घर्ष छाडेर अन्य प्रक्रियाबाट माग पूरा गराउन राज्यलाई दबाब दिने समितिको भनाइ छ । समितिले म·लवार सिमरामा पत्रकार सम्मेलन गरी आम हडताल र राजमार्ग चक्काजाम स्थगन गरेको जानकारी दिएको छ ।
    सरकारले वार्ताका लागि आग्रह गरिरहेको अवस्थामा आन्दोलन लम्ब्याएर थप हिंसात्मक बनाउन नहुने समितिको संयोजक भोला अधिकारीले बताए । शान्तिपूर्ण आन्दोलनमा राज्यबाट भएको दमनको भत्र्सना गर्दै अधिकारीले अब डेलिगेशन गएर राज्यलाई दबाब दिने बताए । उनले आन्दोलन स्थगित भएको नभई स्वरूप मात्र परिवर्तन गरिएको बताए ।
    नौ दिनदेखि जारी आन्दोलन पछिल्लो दुई दिनमा हिंसात्मक बन्दै गएको थियो । बन्दकर्ता र प्रहरीबीच पटकपटक भएको झडपले स्थिति तनावपूर्ण बनेको थियो भने दुई दर्जनभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका थिए । प्रहरी र बन्दकर्ता दुवैतर्फ घाइते हुनेको सङ्ख्या बढ्दै गएपछि समितिले संयम अपनाएर सडक सङ्घर्ष तत्कालका लागि स्थगन गर्ने निर्णयमा पुगेको हो । समितिले अबको आन्दोलन बालुवाटारमा हुने बताएको छ ।             सरोकार समितिका सदस्य कृष्ण पौडेलले माग पूरा गराउनकै लागि लगातार सडक सङ्घर्ष जारी राख्नु उचित नभएको बताए । आम नागरिकले भोगिरहेको प्रत्यक्ष असर र झडपका क्रममा भएको क्षति दृष्टिगत गरी आम हडताल र राजमार्ग चक्काजाम स्थगन गर्नुपरेको बताए ।
    सडक सङ्घर्ष स्थगन गर्ने निर्णयमा संयोजक अधिकारीसहित नेकपा एमालेका कृष्ण खनाल, नेपाली काङ्ग्रेसका छविलाल शर्मा, राष्ट्रिय जनमोर्चाका कर्ण थापा, मधेसी जन अधिकार फोरम लोकतान्त्रिककी राधादेवी साह र राप्रपा नेपालका सुरज लम्सालले हस्ताक्षर गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
    सडक सङ्घर्ष छाड्ने निर्णयप्रति एकीकृत नेकपा माओवादी र नेकपा– माओवादीले आपत्ति जनाएका छन् । सरकारलाई दबाब दिन भइरहेको आन्दोलन बीचमैं छाड्न नहुने दुवै पार्टीको भनाइ थियो ।
    सरोकार समितिका सदस्य तथा एकीकृत नेकपा माओवादीका नेता मीनप्रसाद आपागाईले आफैंले निर्णय
गरेको सेवा विस्तारबाट पछि हट्ने सरकारविरोधी आन्दोलनबाट अचानक पछि हट्न नहुने बताए । आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना भएकोमा भने उनले पनि समर्थन जनाए । सडक सङ्घर्ष स्थगन भए पनि राज्यले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्नुपर्ने बताए । माग पूरा गराउन एकीकृत माओवादीले शान्तिपूर्ण आन्दोलन जारी राख्ने आपागाईंको भनाइ थियो ।
    सरोकार समितिकै सदस्य तथा नेकपा–माओवादी बारा क्षेत्र नं. ६ का सेक्रेटरी अर्जुन चिमरियाले कुनै छलफल नगरी सडक सङ्घर्ष छाड्ने निर्णयप्रति असन्तुष्टि प्रकट गरेका थिए ।
    सडक सङ्घर्ष स्थगन गर्ने निर्णयबाट असन्तुष्ट बनेका दुवै माओवादी पार्टीले प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमको पुतला जलाएका छन् । आन्दोलनमा भएको प्रहरी दमनको विरोध गर्दै उनीहरूले पुतला जलाएका हुन् । उनीहरूले जनताको जायज माग सम्बोधन गर्न माग राखेका छन् ।
    बन्दका कारण प्रभावित बनेको सिमराको जनजीवन म·लवार बिहानदेखि सामान्य बनेको छ । बन्दकर्ताले सडक सङ्घर्ष स्थगन गरेपछि पथलैया–वीरगंज सडकखण्डमा यातायात पूर्णरूपमा सुचारु भएको छ । शैक्षिक संस्था र कलकारखाना पनि खुलेका छन् ।
    लगातारको बन्दका कारण बजारमा थुप्रिएको फोहोर नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सफा गरेको छ । प्रहरीले बजार क्षेत्रको नालासमेत सफा गरेको थियो ।
    यसैगरी सडक आन्दोलन स्थगनसँगै शान्ति सुरक्षामा सुधार आएको भन्दै जिल्ला प्रशासन कार्यालय, बाराले राजमार्गमा सोमवार जारी गरेको निषेधाज्ञा हटाएको छ । सडक अवरोध हटाउन घोषणा गरिएको निषधित क्षेत्र प्रशासनले विज्ञप्ति जारी गर्दै म·लवार साँझ ५ बजेदेखि हटाएको हो । प्रशासनले पूर्वपश्चिम राजमार्गको चुरिया माईदेखि निजगढको धन्सार पुल र त्रिभुवन राजपथको पथलैयादेखि परवानीपुरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।
जनताको मार्ग पुरा गराइछाड्ने सडक आन्दोलन स्थगन गर्ने सरोकार समितिको निर्णयबाट असन्तुष्ट बनेका एकीकृत नेकपा माओवादी र नेकपा माओवादीका स्थानीय नेताले जनताको माग पूरा गराइछाड्ने बताएका छन्।
    सरोकार समितिका सदस्यसमेत रहेका दुवै पार्टीका नेताहरूले म·लवार सिमरास्थित होटल सम्यकमा पत्रकार सम्मेलनको आयोजना गर्दै सडक सङ्घर्ष रोकिए पनि जायज माग पुरा गराउन लागिपर्ने बताए ।
    सरोकार समितिमा रहेका काङ्ग्रेस र एमालेलगायत केही दलले एकलौटी ढ·ले सडक सङ्घर्ष फिर्ता गर्ने निर्णय लिएको भन्दै असन्तुष्ट देखिएका दुवै पार्टीले जनतासम्म पुगेर आन्दोलनलाई नयँ उचाइ दिने बताए । माग पूरा नभई सङ्घर्ष नरोकिने उनीहरूको भनाइ थियो । शान्तिपूर्ण आन्दोलन गरेर राज्यलाई दबाब दिने नेकपा माओवादीका नेता ग·ा बस्नेतले पत्रकार सम्मेलनमा बताए ।
    जायज माग राखेर गरिएको आन्दोलनमा राज्यबाट भएको दमनको दुवै पार्टीका नेताहरूले भत्र्सना गरेका छन् ।
    दुवै दलका नेताले प्रेस विज्ञप्ति जारी गरी सेवा केन्द्र स्थापना गर्नुपर्ने, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने, आन्दोलनमा भएको प्रहरी दमनको छानबिन गर्नुपर्नेलगायत माग राखेका छन् । सेवा विस्तार गर्ने माग पूरा नभए सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने एमाओवादी नेता धनबहादुर श्रेष्ठले बताए । आन्दोलनको कार्यक्रम छलफल गरेर तय गरिने श्रेष्ठको भनाइ थियो ।
    आन्दोलनको दमन गर्न सक्रिय प्रशासनले एमाओवादी र नेकपा– माओवादीका नेतालाई निशानामा पारेको उनीहरूको आरोप थियो । सडक सङ्घर्ष रोकिए पनि दुवै पार्टीका स्थानीय नेतालाई प्रहरीले खोजी गर्नुले पनि आफूहरू निशानामा परेको उनीहरूले बताएका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सडक आन्दोलन स्थगनसँगै सिमराको जनजीवन सामान्य, अबको आन्दोलन बालुवाटारमा हुन्छ
सडक आन्दोलन स्थगनसँगै सिमराको जनजीवन सामान्य, अबको आन्दोलन बालुवाटारमा हुन्छ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh0jE9DUJ4HS0h5SXfVQKgZagT7XRKPNDOK2P19yczLn2ks2oXgqI1MB9duFr4Yv4oW_0gKugwrC6qwvIS_D-FYLXdrlVR6cy5Iq9sq1wYj94Z9Hbbx4Q8ZbnrFIEpwzLPsWmCmNb3YX0A/s1600/maowadi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh0jE9DUJ4HS0h5SXfVQKgZagT7XRKPNDOK2P19yczLn2ks2oXgqI1MB9duFr4Yv4oW_0gKugwrC6qwvIS_D-FYLXdrlVR6cy5Iq9sq1wYj94Z9Hbbx4Q8ZbnrFIEpwzLPsWmCmNb3YX0A/s72-c/maowadi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/02/blog-post_471.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/02/blog-post_471.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy