प्रस, वीरगंज, १३ फागुनर
६५ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा सगरमाथा युवा क्लब बगहीद्वारा आयोजित नकआउट फूटबल प्रतियोगिता अन्तर्गत बुधवारदेखि सेमिफाइनल खेल शुरु भयो ।
पहिलो सेमिफाइनल खेलमा जनकल्याणकारी क्लब बकुलिया बारा, विजयी भएको छ ।
एएफसी पोतला क्लब हेटौंडा र जनकल्याणकारी क्लब बकुलियाबीच भएको खेलमा १ को विरुद्ध २ गोल गरी बकुलिया विजयी भएको हो । खेलको १५ औं मिनेटमा पोतलाका जर्सी नं। ७ का अमीर श्रेष्ठले १ गोल गरेका थिए।
सोको प्रतिउत्तरमा बकुलियाका जर्सी नं। १० का खेलाडी कुमार दोङले खेलको २६ औं मिनेटमा पोतलाविरुद्ध गोल प्रहार गरे ।
त्यसैगरी दोस्रो हाफको ४२ औं मिनेटमा बकुलियाकै जर्सी नं। ९ का रामकुमार कुम्हालले १ गोल गरी आफ्नो टिमलाई जिताएको आयोजक समितिका संयोजक जयनारायण सिंहले बताएका छन् । बिहीवार हुने अन्तिम सेमिफाइनल खेल निजगढ युवा क्लब बारा र सशस्त्र रुद्रवाहिनी बाराबीच भीडन्त हुने पर्सा एथलेटिक्स स्वयंसेवक प्रशिक्षक विश्वेश्वर पटेलले जानकारी गराएका छन् ।
आजको खेलको निर्णायक अर्जुन गुप्ता साथै सहनिर्णायक ग्रीष्म शाक्य र सदाशड्ढर पटेल रहेका थिए ।