सरकार र नागरिकको सम्बन्ध स्वेच्छिक सहयोगमा निर्भर भयो भने समाजमा स्वर्गको वातावरण देखिन्छ, अन्यथा सधैं कलह र दोषरोपणको विषवृक्ष मात्र मौलाइरहन्छ । आजको नागरिकको गुनासो सरकार वा स्थानीय निकायले यसो गरिदिएन, उसो गरिदिएन भन्ने रहेको छ भने सरकारीतन्त्रलाई सधैं नागरिकसँग गुनासो रहन्छ–नागरिकको सहयोग प्राप्त हुने हो भने समाजबाट विकृति–विस·ति हट्न सक्छ, शान्ति सुरक्षा कायम गर्न सघाउ पुग्छ, सरसफाइको अपेक्षित परिणाम निस्कन्छ आदि । तर कुनै एकको समस्यामा अर्कोको ध्यान विवश नपारेसम्म जाँदैन । एउटा नागरिक आफू फोहरमा बसेको कुराको गुनासो गर्दछ, सम्बद्ध निकायले सो काम नगरिदिएकोमा दु:खी हुन्छस हुन सक्दछ फोहर व्यवस्थापन एउटा व्यक्तिको सामथ्र्यभन्दा बाहिर होला, तर प्राय: आफैंले गर्न सक्ने वा गराउन सक्ने यस्तो कामका लागि पनि आश्रित हुनु नागरिकको अकर्मण्यता वा छिद्रान्वेषी चरित्र नै हो । त्यसैगरी सरकारले आँखा अघिल्तिरको नागरिकको समस्याबारे जबसम्म उजुरी पर्दैन, वास्ता गर्दैन र अधिकांश मुद्दामा त उजुरी होइन, कडा दबाब नपरी पाइला चाल्दैन ।
पोखरिया गाविसमा केही मानिसको जग्गा, विभिन्न ठाउँबाट पानी आएर जम्न जाँदा पोखरीमा परिणत भएको छ । पानी निकासीको नाला लामो समयदेखि सफाइ नहुँदा जाम भएको छ । न सरकारी संयन्त्र, न स्थानीय निकायले यसमा चासो देखाएको छ, न सम्बद्ध नागरिक स्वयंले समस्या निराकरणबारे कुनै पहल गरेको छ । हामीले यसै नगर वीरगंजमा देखेका छौं सरकारले निर्माण गरिदिएको धेरै नहरहरू बस्ती घना हुँदै जाँदा अतिक्रमणमा परेका छन् । कहीं त नहरको जग्गा नै खेत बनिसकेको छ भने कहीं नहर भएर पनि सामान्य मरम्मतको अभावमा किसानले पानी पाउन सकेको छैन । धेरै पनि होइन, दसजना मजदुरले दिनभरिमा नहर सफा गर्न सक्ने अवस्था हुँदा पनि बरु पम्पिङ सेट चलाएर बालीको सिंचाइ गर्न किसान तम्सन्छ, नहर सफा गर्न जाँगर चलाउँदैन । कुनै पनि व्यक्ति जाँगर चलाउन चाहँदैन भन्ने पनि होइन– तर सबैको काम हो, म मात्र किन गरूँ भन्ने अहम् बाटो छेकेर उभिएको हुन्छ । सामूहिकरूपमा गर्न कोही अघि बढ्दैन, अरूले साथ नदेला भनेर एउटा व्यक्ति अघि सर्दैन । पोखरियाको मुद्दामा झन्डै दस बिघा जग्गा पोखरीमा परिणत भएको छ । त्यसबाट हुने वर्ष दिनको आयस्ताभन्दा धेरै कम खर्चमा निकासको बाटो खोल्न सकिन्छ तर किन मानिस अघि सर्दैनन् ?
यो बढी अधिकारचेत्ताले भएको हो । देशमा लोकतन्त्र आयो, अब जनताको जति समस्या छ, सबै राज्यले समाधान गरिदिनुपर्छ । राजनीतिक दलका कार्यकर्ताहरू पनि यस्तो मनोवृत्ति उकास्न मददगार भइटोपल्छन् । भोटको राजनीतिले गर्दा म काम गराइदिन्छु भन्छन्, काम भने गराउन सक्दैनन् । यो कसैले पनि सोच्दैन, राज्यले काम गराउन सक्ने अवस्था छ कि छैन ? सरकारको काममा लामो प्रक्रिया लाग्छ । त्यसको साटो आफूले सक्ने काममा आफैं अघि सर्ने हो भने झिनामसिना धेरै समस्याको समाधान जनस्तरबाटै गर्न सकिन्छ । यसका लागि अहम्को चँदुवा पहिले च्यात्नुपर्छ । काम गर्ने व्यक्ति मजदुर हो, मजदुर भनेको समाजको सबैभन्दा असमर्थ व्यक्ति हो भन्ने भावना नहटेसम्म जनतामा जागृति आउँदैन । अत: काम गर्ने व्यक्ति समाजको श्रेष्ठ जीव हो भन्ने धारणा जाग्नु जरुरी छ ।