“शिक्षक र चिकित्सकको कुनै जात वा वर्ग हुँदैन । यी दुवै पेशा त धर्म हुन्” राष्ट्रपति डा. रामवरण यादवले रौतहटको एक कार्यक्रममा भने । दुवै पेशासँग सम्बन्धित विषय तथा पदलाई दलीय भागबन्डामा नराखी स्वतन्त्र र निष्पक्ष तथा हस्तक्षेपरहित तरिकाले अगाडि बढ्न दिनुपर्ने राष्ट्रपतिको विचार थियो । यी दुई क्षेत्रलाई मात्र पनि निष्कलड्ढरूपमा राख्न सके समाजले धेरै राहत पाउने उनको तर्क थियो । समाज विकासको मुख्य आधार शिक्षा नै हो । शिक्षित समाज र अल्पशिक्षित एवं अशिक्षित समाजबीच विकासको गति सहजै छुटयाउन सकिन्छ । शिक्षाले कुनै पनि मुलुकको शासन–प्रशासनको लोकतन्त्रीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । शिक्षित जनताको अगाडि तानाशाह पनि झुकेका छन् । यस्तो महत्त्वपूर्ण शिक्षा दिने शिक्षक समाजका गुरु हुन् । यस सब्दको विशिष्ट महत्त्व छ । आफ्ना विद्यार्थी तथा चेलाचेलीको उन्नति, प्रगतिमा गुरु खुशी हुन्छन् । जसरी आफ्नो सन्तानको उन्नति र प्रगतिमा आमा खुशी हुन्छिन् । आमाले आफ्ना सबै सन्तानलाई बराबर माया गर्छिन् । त्यस्तै शिक्षक अर्थात् गुरुले आफ्ना सबै चेलाचेलीहरूको लागि निष्पक्ष र बराबर ज्ञान बाँटिरहेका हुन्छन् ।
चिकित्सकको स्थान पनि शिक्षकको भन्दा कम छैन । जस्तोसुकै रोगीले पनि चिकित्सकलाई भगवान् ठानेर, विश्वास, आशा र भरोसा गरेको हुन्छ । कुनै डर, लाज–सड्ढोच तथा बन्देज नराखी एक शिशुले आमालाई भरोसा गरे सरह रोगीले चिकित्सकप्रति भरोसा गरेको हुन्छ । चिकित्सकको जात वा वर्ग हेरेर रोगी त्यहाँ पुगेको हुँदैन । चिकित्सकले पनि रोगीको जात–वर्ग नहेरी उसको जीवन बचाउनु पहिलो कर्तव्य ठान्दछ । तर आज हाम्रो समाज विकृति उन्मुख हुँदै गइरहेको छ । सबैको आश र भरोसाको केन्द्रबिन्दु चिकित्सक र शिक्षक पेशाको मर्यादा तथा गरिमा धुमिल हुँदै गइरहेको छ । समाजलाई असल बाटोमा डोर्याउनु पर्ने गुरुवर्ग दलको हनुमान र नेताको पुच्छर बनेर हिंडिरहेको छ । शिक्षकद्वारा नै छात्रामाथि दुव्र्यवहारका घटनाहरू दिनहुँ समाचार माध्यममा छाइरहेका छन् । जातीय,क्षेत्रीय, धर्म र वर्णमा विभाजित स·ठन बनाउन तल्लीन आजका शिक्षकहरू मञ्च पाउने बित्तिकै ज्ञान, गुनका कुरा छोडेर, बम–बारुद र लाठी–भाटाको भाषा बोल्दै समाजलाई आतड्ढित बनाइरहेका छन् ।
शिक्षकमा देखिएको विकृतिबाट चिकित्सक पनि अछूतो छैन । रोगीलाई मानव ढाल बनाएर आन्दोलन र हडताल गर्दै आफ्नो स्वार्थ सिद्ध गरिरहेका छन् । स्वास्थ्य सेवालाई ठगी खाने भाँडा बनाउनेहरू क्रान्तिकारी चिकित्सकहरूलाई राजनीतिक दलहरूले महत्त्वपूर्ण जिम्मेवारी दिने गरेको कुरा कसैबाट लुकेको छैन । राजनीति बिग्रे देश बिग्रन्छ । बिग्रन लागेको राजनीतिक अवस्था सुधार्ने भूमिका शिक्षक, प्राध्यापक, चिकित्सक, लेखकहरूको हो । उक्त सेवा तथा पेशा कुनै पनि राजनीतिक पद वा सुविधाभन्दा सम्मानित ओहदा हो । यसर्थ यो जहिले पनि निष्पक्ष, निर्णायक र अभिभावकत्वपूर्ण हुनुपर्छ । जनविरोधी कुनै पनि शासन व्यवस्थाको अन्त्यको उद्घोष शिक्षक, चिकित्सक तथा लेखकबाटै शुरु हुन्छ । यो वर्गको धर्म समाजको लागि सचेत रहनु र निष्पक्ष सेवा प्रदान गर्नु हो । यस तथ्यलाई मुलुकका जिम्मेवार राजनीतिक दलहरूले आत्मसात गर्नुपर्छ अन्यथा देशले यसको चर्को मूल्य चुकाउनुपर्छ ।