प्रस, वीरगंज, १४ फागुन /
वीरगंज जेसीजको आयोजनामा आजदेखि वीरगंजमा विद्यालयस्तरीय तीन दिने पलिस्था स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । वीरगंजको कभर्ड हलमा आज ब्याडमिन्टन प्रतियोगिताको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले उद्घाटन गरे ।
वीरगंज जेसीजका अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा र स्वर्गीय पलिस्थाका पिता प्रवीण मानन्धर, पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज जेसीजका संस्थापक अध्यक्ष पशुपति विक्रम शाह, पूर्व अध्यक्षहरू विमल अधिकारी, निशान्त लामिछाने, सन्तोष खनाल, अमित श्रेष्ठ, गणेशमान सिंह, मोहन प्रधान, अमित श्रेष्ठ, रेडक्रस पर्साका उपाध्यक्ष मधु राणालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा रोशनी श्रेष्ठले स्वागत र राजेश पटेलले सहजीकरण गरेका थिए । आज उद्घाटन खेलमा केटातर्फ एकलमा कञ्चनजङ्घा, मास्कोट,
चिल्ड्रेन वल्र्ड, कादम्बरी, ज्ञानज्योति, माउन्ट एडमन्ड र विद्यासदनका छात्र विजयी भए । केटीतर्फ एकलमा न्यु वेभ, मास्कोट, कञ्चनजङ्घा, गौत्तम, कादम्बरी, ज्ञानज्योति र पिसजोनका छात्रा विजयी भएका थिए । मिक्स डबलमा कञ्चनजङ्घा, ज्ञानज्योति, विद्यासदन, कादम्बरी, न्यु वेभ र मेरीगोल्डका छात्रछात्रा विजयी भएका थिए । भोलि टिम इभेन्टका खेल हुने वीरगंज जेसीजका पूर्व अध्यक्ष अमित श्रेष्ठले जानकारी गराएका छन् ।