मायामितु न्यौपाने
शहर भन्नसाथ हामी सुविधासम्पन्न बस्ती बुझ्दछौं । शहरमा केहीको पनि अभाव हुँदैन जस्तो ठान्दछौं । सबैभन्दा सहज, सरल र सुगम मानिन्छ शहर– बाटोघाटो, शिक्षा, स्वास्थ्य, यातायात सबैमा । सबैको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ शहर । तर के साँच्चै हामीले सोचेजस्तो छ त शहर ? के हामी सुरक्षित तरिकाले घुमफिर गर्न सक्छौं शहरमा ? यहाँ मैले महिलाको सन्दर्भमा भन्न खोजिरहेकी छु । के महिलाका लागि सुरक्षित छ शहर ? महिलाहरू निर्धक्क यो शहर मेरो पनि हो भनेर हिड्न सक्छन् ? हुँदो हो भने भक्तपुरदेखि संविधानसभा बैठकमा सहभागी हुन आउने महिला सभासद्ले सार्वजनिक सवारी साधनमा दुव्र्यहार भएको गुनासो गर्ने थिएनन् । कामकाजी महिला रमिता तुलाधरले सवारी साधनका कर्मचारीको अपशब्द सुन्नुपर्ने थिएन । यो त भयो काठमाडौंको उदाहरण ।
काठमाडौं, पोखरा, धरानको कुरै छाडौं । यही वीरगंजमा हेरौं न । महिलाहरूका लागि कति सुरक्षित छ, यो शहर १
अहँ छैन १ यदि हुँदो हो त सहकारीमा काम गर्ने एकजना महिलालाई रकम सड्ढलन गर्न जाने क्रममा अपरिचित युवकले साइकल रोकेर दिउँसै बीच सडकमा म्वाइ खाने हिम्मत गर्ने थिएन । यस घटनाबाट उनले त्यो बाटो हिंड्न मात्र छाडिनन्, हीनताबोध र आत्मग्लानिले सहकारीको जागिरसँगै शहर नै छाडिन् । त्यस्तै दिनदहाडै युवतीको बलात्कार गरी हत्या हुने थिएन । बिहानी क्याम्पसका छात्राहरू आफ्ना अभिभावकलाई चिसोमा क्याम्पस छाडिदिन अनुरोध गर्ने थिएनन् । समूहमा नहिंडेर एक्लै काममा बजार जान्थे होलान् । सार्वजनिक शौचालय नगई पीडा सहेरै बस्ने थिएनन् होला । झम्के साँझमा बसमा यात्रा गर्नुभन्दा पैदल हिंडेर गन्तव्य सम्म पुग्न बाध्य हुने थिएनन् । ढिलै किन नहोस् उनीहरू साँझको समय बसमा यात्रा गर्न कोही साथी बिना मान्दैनन् । साँझ पख उनीहरू बसर्पाक तथा सार्वजनिक स्थान जान रुचाउँदैनन् । साँझ एक्लै बसको यात्रा गर्न असुरक्षित महसुस गर्छन् र पैदल यात्रा रोज्छन् । साग–सब्जी किन्न पनि जान मन पराउँदैनन् । सञ्चारकर्मी महिलाहरू पनि बिहान त्यस्ता खाले हिंसाको शिकार हुने थिएनन् । बिहान साढे ५ बजे समाचार भन्न रेडियो आउने क्रममा कुनै यौन व्यवसायी ठानेर होटल जाने हो, म पुर्याइदिन्छु नि १ भन्दै रिक्सावालाको आग्रहको प्रतिवाद गर्न बाध्य हुने थिएनन् । वीरगंजमा आम महिलाले भोगेका पीडा हुन् यी । यो वीरगंज मात्र होइन, नेपालको समग्र शहरमा महिलाहरूले भोग्ने अवस्था हो भन्दा फरक नपर्ला ।
एक्सन एड नेपालको सहयोगमा सक्षम परियोजना अन्तर्गत दिव्य युवा क्लबले महिला हिंसा न्यूनीकरणको सन्र्दभमा चलाएको सुरक्षित शहर अभियानको सिलसिलामा भएको सर्वेक्षणको क्रममा पाइएका घटना हुन् यी । यसको मतलब यो होइन कि यो अभियान शहर केन्द्रित हो । अभियान गाउँगाउँसम्म सञ्चालित छ र हरेक ठाउँमा महिलाले यस खाले पीडा भोगेका छन् । तर अहिलेको सन्दर्भ भने सुरक्षित शहर अभियान अन्तर्गत सार्वजनिक स्थल– बसपार्क, सवारी साधन, अस्पताल, कार्यालय, धार्मिकस्थल, हाटबजार क्षेत्रमा गरिएको सर्वेक्षणको प्रस· हो यो । यी सार्वजनिक स्थलहरूमा जहाँसुकै पनि महिलामाथि हिंसा भएको सर्वेक्षणले देखाएको छ । विशेषगरी बिहानी काम गर्न जाने, साँझ फर्कने, लोडसेडिङको समय, सडकका भित्री गल्ली तथा शहर नजिकै हुने कुलेसोलगायत स्थानमा बढी हिंसा हुने गरेको पाइएको छ भने कतिपय अवस्थामा आफ्नै सहकर्मी साथीहरूले पनि हिंसा गरिरहेको देखिन्छ ।
नेपाली समाजमा महिलालाई गर्ने व्यवहार कस्तो हुन्छ ? यो प्रश्नको उत्तर व्यक्तिपिच्छे फरक हुन सक्छ । तर किशोरीहरू के सोच्छन् नेपाली समाजबारे ? के उनीहरू शहर बजारमा एक्लै हिंड्दा सुरक्षित अनुभव गर्छन्, गर्दैनन् । त्यसैले उनीहरू साथी लिएर हिंड्छ । फेरि प्रश्न किनमैं अड्किन्छ । मैले केही किशोरीहरूको राय पनि लिएकी थिएँ र समग्रमा उनीहरूको जवाफ थियो– “एक्लै हिंड्यो भने जे पनि हुन सक्छ, साथीभाइ र आमाबुवासँग हिड्यो भने अलिकति सुरक्षित अनुभव हुन्छ । किनभने हामीलाई अलिकति गार्हो पर्यो भने साथी वा आमाबुबाले सहयोग गर्छन् । ‘साथीहरूसँग हिंड्दा केटाहरू जिस्काउँदैन, एक्लै भयो भने जिस्काउँछन् ।’ ‘एक्लै हिँड्यो भने केटाहरू गेस्ट हाउस हिंड, मेरो कोठामा जाउँ भन्छन् ।’ ‘एक्लै हिंड्न हिम्मत आउँदैन ।’ ‘कसैलाई पनि नहेरी हिड्छु ।’ केटाहरूले जिस्काउँछन् भनेर डर लाग्छ त्यही भएर म एक्लै हिंड्न मन पराउन्नँ ।”
आखिर किन हुन्छ यस्ता स्थानमा महिलामाथि हिंसा ? यी स्थानमा भीडभाड हुन्छ । कतिपय अवस्थामा अन्जानमा र कतिपय अवस्थामा जानीजानी पनि यस्ता स्थानमा पुरुषहरू महिलामाथि हिंसा गर्छन् । अस्पताल, बसपार्कजस्ता स्थानमा लाइनमा बस्नुपर्दा जानीजानी भीडमा धकेल्ने, ढेपिने गर्छन् भने सवारी साधनमा गाडीले ब्रेक लगाउँदा जानीजानी महिलातर्फ हुत्तिन्छन्े, बसमा भीड हुँदा जानीजानी धकेल्ने, संवेदनशील अ· छुने कोशिश गर्ने आदि हुन्छ । बसपार्क क्षेत्रको सार्वजनिक शौचालय यस्तो स्थानमा छ जहाँ दिउँसै एक्लै जान डर लाग्छ । त्यस माथि फोहोरको डङ्गुर यति छ कि त्यहाँ यौनजन्य हिंसा भयो भने वरपरकाले समेत देख्दैनन् भने साँझबिहानको अवस्था कस्तो होला ? लोडसेडिङको समयमा गल्लीको बाटोमा युवकहरूको झुन्ड नै बसेर जिस्काउने, पछ्याउने, कहिलेकाही त समाउने, तान्नेसम्म गर्ने गरेको कारण नर्सिङ पढ्दै गरेका छात्रावासका विद्यार्थीहरू बाटो नै परिवर्तन गरेर लामो बाटो छात्रावास जाने गरेको सुनाउँछन् ।
यति हुँदाहुँदै पनि यी सब सहन किन बाध्य छन् महिला ? किन भन्दैनन् ममाथि हिंसा भयो भनेर ? कि थाहै छैन उनीहरूलाई यो पनि हिंसा हो भनेर । यसको पनि सुनवाइ हुन्छ, सम्बन्धित निकाय छ भनेर । कतिले अझै बुझेका छैनन् भने कति महिलाहरू यसलाई आफ्नो नियति ठान्छन् । कतिलाई घरमा भन्यो भने भोलिदेखि हिंड्डुल गर्न पाइँदैन भन्ने डर छ भने कतिपय कामकाजी महिला परिवारले थाहा पायो भने जागिर खान बन्देज लागउने डरले पनि चुप बस्छन् । कतिपय चाहिं घरपरिवारको इज्जत, समाजको डर र भोलि आफ्नै चरित्रमाथि प्रश्न उठ्ने डरले पनि यो सब सहन बाध्य छन् ।
के भयो भने महिला सुरक्षित होलान् र महिलाले पनि यो शहर मेरो पनि हो भनेर निर्धक्क हिड्न पाउलान् ?
लाइन बस्ने ठाउँहरूमा महिला र पुरुषको छुट्टाछुट्टै पङ्क्ति बनाउने । महिलाका लागि छुट्टै बसको व्यवस्था गर्दा महिला हिंसा रोकिने बुझाइ पनि गलत हो । सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, राखेमा कारबाई गर्ने, लोडसेडिङको विकल्पमा सौर्य बत्ती राख्ने वा त्यस्तो क्षेत्र पहिचान गरी अन्य विकल्प खोज्ने । त्यस्ता क्षेत्रमा सुरक्षाकर्मी नियमित परिचालन गर्ने । यो क्षेत्रसँग सम्बन्धित निकायले पनि यसलाई गम्भीरतापूर्वक लिने र कार्यान्वयन भए नभएको अनुगमन गर्ने तथा नभएको भए कारबाई गर्ने वातावरण निर्माण भयो भने सुरक्षित होला कि ?
हामी आफ्ना दिदीबहिनी सुरक्षित छन् र होऊन् भन्ने ठान्छौं । मानौं रामेले श्यामेको बहिनीसँग दुव्र्यवहार गर्छ श्यामेले रामेको बहिनीसँग । दुवैले आआफ्नी बहिनीलाई सुरक्षित देख्न खोज्छन् तर दुवैका बहिनी सुरक्षित छैनन् । त्यसैले के बुझिन्छ भने यो सामाजिक कुरीतिभन्दा पनि व्यक्तिगत नैतिकताको कुरा हो र विकृत मानसिकताबाट यसको जन्म भएको हो । त्यसैले तपाईं हामी आफै जागरुक भए, गल्तीको कानुनी उपचार पाए राम्रो हुने थियो । कानुनी उपचारभन्दा पनि मानसिकतामा परिवर्तन नभएसम्म समस्या ज्यूँका त्यूँ रहन्छ । समाधान तत्काल सम्भव पनि देखिदैन । यहाँनेर पुरुषले पनि के बुझ्न जरुरी छ भने यदि तिमीले महिलामाथि हिंसा गर्न बन्द गरेनौ भने तिम्री आमा, दिदीबहिनी पनि सुरक्षित हुने छैनन् १