$type=ticker$count=12$cols=4$cate=0

मिथिला समाजमा पौनी–पसारीबारे चर्चा

SHARE:

बासुदेवलाल दास
गताङ्कको बाँकी
हजाम:–
    यसैगरी मिथिला क्षेत्रको समाजमा पौनी–पसारी वर्ग अन्तर्गत सामाजिक सेवा कार्यमा संलग्न रहने हजाम जातिको निवास रहेको पाइन्छ । यिनीहरूको जातीय उपाधि ‘ठाकुर’ तथा ‘शर्मा’ हुने गर्दछ । मिथिला क्षेत्रमा ‘ठाकुर’ तथा ‘शर्मा’ उपाधि ब्राह्मण र भूमिहार जस्ता उच्च जाति मानिने अन्तर्गतसमेत हुने गर्दछन् । हजाम जातिलाई अर्को शब्दमा नौआ पनि भनिन्छ । मैथिली भाषाको ध्वनिशास्त्रमा ‘न’ ध्वनिलाई कतिपय अवस्थामा ‘ल’ ध्वनिबाट समेत उच्चारण गरिने परम्परा रहेको पाइन्छ । यस कारण मैथिली बोलीमा नौआ शब्दको उच्चारण लौआ भनेर पनि गरिएको सुनिन्छ । यस्तै प्रचलनअनुरूप हजामले प्रयोग गर्ने नङ काट्ने उपकरण ‘नहरनी’लाई ‘लहरनी’, नयाँ वस्तुका लागि प्रयोग हुने शब्द ‘नव’ अथवा ‘नवका’लाई ‘लब’ अथवा ‘लबका’ भनेर उच्चारण गर्ने गरिएका पाइन्छन् ।
    समाजमा हजाम वा नौआ जातिको ठूलो महत्त्व रहेको हुन्छ । यिनीहरूका अधिकार क्षेत्र अन्तर्गत गाउँ क्षेत्र रहेको हुन्छ, जसमा निवास गर्ने गृहस्थ परिवारहरू हुने गर्दछन् । ब्राह्मण पुरोहित तथा महापात्रका यजमान हुने गरे जस्तै हजामका पनि गिरहस–यजमान हुने मान्यता रहेको छ । मिथिला क्षेत्रको समाजमा ‘बाभन–हजाम’ भन्ने शब्द प्रचलनमा रहेको देखिन्छ । यसको तात्पर्य हजाम जातिलाई सामाजिकरूपले व्यावहारिक सन्दर्भमा यिनीहरू प्राय: कर्मकाण्डका अवसरहरूमा ब्राह्मण जातिका साथमा रहने गरेकाले समाजमा ब्राह्मणपश्चात्को स्थानमा हजाम जातिको सामाजिक महत्त्वलाई निर्दिष्ट गरिएको हो भन्ने भनिन्छ । वस्तुत: समाजमा हुने प्राय: सबैजसो शुभ र अशुभ कर्मकाण्ड, व्रत–पर्व, पूजा–प्रतिष्ठा, यज्ञ–अनुष्ठान, सांस्कारिक कार्य इत्यादिका समयमा विधि र व्यवहारगतरूपमा हजामको आवश्यकता पर्ने गर्दछ । अर्कोतिर, ब्राह्मण जातिका पुरोहित र हजाम जातिका व्यक्ति समाजका विभिन्न परिवारमा प्राय: भोजन गर्ने हुने भएकाले यिनीहरूले अनेक परिवारमा पाक्ने तरकारीको स्वाद चाख्न पाएका हुन्छन् । यसैले यी दुवै जातिलाई ख्यालठट्टा गर्ने भावका साथ समाजमा ‘तिमनचिखा’ जाति भनेर भन्ने गरिएको पाइन्छ । मैथिली बोलीमा तिमन भनेको तरकारी हुन्छ ।
    हजाम जातिको जातीय कार्य नङ र कपाल काट्नु हो । यसका साथै यिनीहरूले ग्रामीण क्षेत्रमा घाउ इत्यादिको शल्यक्रिया गरी उपचारसमेत गर्ने गरेका हुन्छन् । यसरी नै समाजमा शिशुको जन्म भएपछि जन्माशौच (अशुद्धि)को अवधिपश्चात् शिशुसहित प्रसूताको नङ काट्ने कार्य हजाम जातिकी महिलाद्वारा गरिन्छ । यस बखत हजाम जातिकी महिला, जसलाई मैथिली बोलीमा ‘हजामिन’ अथवा ‘नौआइन’ भनिन्छ, रातो र·का साथ नहरनी (नङ काट्ने उपकरण) लिएर आँगनमा आउने गर्दछिन् । यस प्रकार शिशु र प्रसूताको नङ काट्ने बेलामा हजामिनले निछाउर तथा सिदहाको रूपमा चामल (अन्न) र रुपैयाँका साथै अन्य प्रकारका दान, बक्सिस आदि लिने र आशीर्वाद दिने गर्दछिन् । यसैगरी बच्चाको मुण्डन र चूडाकरण आदि सांस्कारिक कार्यका अवसरमा कपाल काट्न तथा शुभ वैवाहिक अवसरमा सम्पन्न गरिने अनेक विधिहरूमा हजामको आवश्यकता पर्ने गर्दछ । यसका साथै मरणाशौचको अवसरमा पितृकर्म गर्ने समयमा क्षौरकर्म सम्पादन गर्दै हजामले नङ र कपाल काट्ने गर्दछ । क्षौरकर्मलाई मैथिली बोलीमा ‘नौहकेश’ पनि भनिन्छ । यस्तो क्षौरकर्म वार्षिक श्राद्धको तिथि, जसलाई मैथिलीमा बरखी भनिन्छ, त्यसभन्दा एक दिन पहिले एवं आश्विन कृष्णपक्ष (पितृपक्ष) अन्तर्गत गरिने पार्वण श्राद्धको तिथिभन्दा एक दिन पहिलेसमेत गरिने हुन्छन् । यसका साथै कुटुम्बवर्ग एवं समाजमा दियाद
(सपिण्ड) अन्तर्गत परिवारमा कुनै अशौच पर्दा समेत क्षौरकर्म गराउने परम्परा रहेको पाइन्छ । यसरी नै वार्षिकरूपमा मनाइने मधुश्रावणी, चौठचन्द्र, जितिया, छठी, तिलासङ्क्रान्ति, फागु इत्यादि व्रत–पर्वका अवसरहरूमा एक दिन पहिले ‘नहाएखाए’ गर्ने दिन व्रतार्थीवर्गका नङ काटिने गरिन्छ, जुन कार्य हजामिनद्वारा सम्पन्न गरिने हुन्छ । यस्ता अवसरमा हजामिनले रातो र· घोलिएको बट्टा अथवा खुरचन (सीपी)सहित नहरनी लिएर घरघरमा आएर व्रतार्थीका नङ काटिदिने तथा तिनमा रातो र· लगाइदिने गर्दछिन् । यस्तो बखत खोंचिया, सिदहा आदिको रूपमा अन्न दिइने एवं सम्बन्धित व्रत, पर्व सम्पन्न भएपश्चात् पवनौटा भनेर मिष्टान्न, पक्वान्न आदि दिइने गरिन्छ ।
    यसरी नै समाजमा कुनै प्रकारको शुभ अथवा अशुभ सांस्कारिक कार्य, यज्ञ, अनुष्ठान इत्यादिको अवसरमा भोजको आयोजना हुने सन्दर्भमा समाजमा तथा कुटुम्बवर्गसमक्ष निमन्त्रण दिइने कार्यमा हजामलाई पठाइने परम्परा रहेको पाइन्छ । यस्ता कार्य, उत्सव आदिका अवसरमा हजामद्वारा सामाजिक दायित्वबोधका साथ कार्य सुसम्पन्न गराउने गर्दछन् । यसरी कुटुम्बवर्गसमक्ष निमन्त्रण लिएर जाने हजामलाई यथायोग्य दक्षिणासहित वस्त्रादि दिएर बिदाइ गर्ने प्रथा पनि रहेको देखिन्छ ।
    हजाम जातिको अधिकार अन्तर्गत गाउँ क्षेत्रमा निवास गर्ने सबै जातिका गृहस्थ परिवार रहेका मानिन्छन् । समाजमा सेवा, योगदान गरेबापत यिनीहरूलाई प्रत्येक गृहस्थ परिवारबाट वार्षिकरूपमा ‘मनी’ अथवा ‘धरी’ दिइने गरिन्छ । हजामलाई दिइने मनी अथवा धरीको परिमाणात्मक गणना एवं निर्धारणको आधार गृहस्थ परिवारमा रहने पुरुष पात्रको सङ्ख्या हुने गर्दछ । अर्थात् एक व्यक्तिलाई एक ‘मुरी’
(टाउको) भनेर गणना गरी परिवारमा आबालवृद्ध गरी जति पुरुष व्यक्ति हुन्छन्, त्यति भाग मनी भनेर अन्न हजामलाई प्रदान गर्ने प्रचलन रहेको पाइन्छ । हजामको परिवारमा पैतृक सम्पत्तिको अंशबण्डा हुँदा गाउँका गृहस्थलाई समेत भाग लगाइने गरिन्छ ।
माली :–
    पौनी–पसारी वर्ग अन्तर्गत मिथिला क्षेत्रको समाजमा माली जातिलाई पनि गणना गरिने देखिन्छ । यसको जातीय कार्य भनेको फूल वस्तुको उत्पादन र त्यसको समाजमा आपूर्ति गर्नु हो । यसका साथै यिनीहरूले कोंढिला नामक झारविशेषको गुदीबाट मौर, मौरी, गेरुली, चौरा आदि बनाउने गर्दछन् । यसमा मौर भनेको शुभ विवाहको अवसरमा दुलहाले टाउकोमा लगाउने टोपी विशेष हुन्छ भने मौरी भनेको सिरागू (कुलदेवता)समक्ष झुन्ड्याएर राखिने टोपी आकारका सामग्री विशेष हुन्छन् । यसरी नै गेरुली भनेको गोलाकार स्वरूपमा फूलको आकृतिमा विशेष प्रकारले बनाइएको हुन्छ भने चौरा भनेको चारकुने आकारको विशेष प्रकारले बनाइएको वस्तु हुन्छ, जसको उपयोग मिथिला क्षेत्रमा मनाइने भतराशि, पचाकि जस्ता पावनि (पर्व) आदिको निस्तार
(समापन) विधि गर्ने बेलामा पूजन कार्यमा गरिएको हुन्छ । यी सबै वस्तुहरूको निर्माण कोंढिला नामक झारको गुदी, बाँसको कम्ची, केराको बोटको सुकेको बोक्रा, कागज तथा विविध प्रकारका र·हरूको प्रयोग गरी गरिएको हुन्छ ।
    समाजमा कसैको घरमा पूजा, अनुष्ठान तथा शुभाशुभ सांस्कारिक कार्य विशेष इत्यादि हुने भएमा गाउँ क्षेत्रका सम्बन्धित मालीलाई सूचना गर्ने गरिन्छ । यसरी माली उपस्थित भएर सम्पर्क गर्दा सम्बन्धित अनुष्ठान कार्यमा मालीद्वारा आपूर्ति गरिनुपर्ने आवश्यक सामग्रीहरू आपूर्ति गर्ने आदेश दिइने गरिन्छ । यस प्रकार आदेश दिइने बेलामा सामग्रीको मोल तोकिनेसमेत गरिन्छ । यसरी तोकिएको मोलको भुक्तानी भने सामानको आपूर्ति भइसकेपछि गरिन्छ, परन्तु आपूर्ति विषयक आदेश दिने बेलामा भने केही रकम (थोरै) उसको हातमा राखिदिने गरिन्छ । यसरी उसलाई दिइने द्रव्यमूल्यलाई ‘साइ’ भनिन्छ । यस्तो साइ भनेर दिइएको रकमलाई पछि सामानको मोल भुक्तानी गरिने बेलामा मिनहा गर्ने गरिंदैन । अर्कोतिर, मालीले समाजका प्रत्येक परिवारमा आयोजना गरिने पूजा, प्रतिष्ठान इत्यादिका अवसरहरूमा फूल, माला, तुलसीदल, दूर्बादल, बेलपत्र आदिको आपूर्ति गर्दछन् । यस्ता अनुष्ठान इत्यादिको समय मालीलाई भोजन गराइने, सिदहा दिइने एवं सामथ्र्य अनुसार वस्त्रादिसमेत दिइने परम्परा रहेको पाइन्छ । यसरी नै मासिकरूपमा गरिने श्रीसत्यनारायण भगवान्को पूजाका साथै वार्षिकरूपमा हुने व्रत, पर्व इत्यादि यथा श्रावणमा मधुश्रावणी पर्व, भाद्रमा चौठचन्द्र पर्व, आश्विन कृष्ण
(पितृ) पक्षमा जितिया तथा पार्वण श्राद्धादि कर्म, आश्विन शुक्ल (दुर्गा) पक्षमा प्रतिपदादेखि दशमीसम्म, कार्तिकमा लक्ष्मीपूजा तथा छठी पर्व, माघमा श्रीपञ्चमी पर्व तथा ग्रामदेवताको पूजा सदृश अवसरहरूमा मालीद्वारा फूल पुर्‍याइने गरिन्छ । यस्तै कतिपय परिवारमा सप्ताहका खास दिनहरूमा कुलदेवताको पूजा गरिने प्रचलन रहेको पाइन्छ । यस्ता दिनलाई ‘वैरागन’ भनिन्छ । यसरी वैरागन हुने दिनमा सम्बन्धित परिवारमा मालीले फूल पुर्‍याउने गर्दछन् ।
    मिथिला क्षेत्रमा बालबालिकालाई खोप लगाउने कार्यलाई ‘पचब’ एवं यसरी लगाइने खोपलाई ‘पाच’ भनिन्छ । यस कार्यमा माली जातिका मानिसहरूको संलग्नता रहेको देखिन्छ । यस प्रकार पचब कार्य गर्ने व्यक्तिलाई ‘पचनियाँ’ भन्ने चलन रहेको छ । यिनीहरूले एउटा किल्ला सदृश विशेष प्रकारको काँडादार उपकरणद्वारा बालक शिशुको दायाँ एवं कन्या शिशुको देब्रे पाखुरा अथवा बाहुलामा घाउ लगाउने गर्दछन् । यस्ता घाउ कतिपय क्षेत्रमा तीन ठाउँमा एवं कतिपय क्षेत्रमा एक ठाउँमा मात्र लगाउने गरिएका देखिन्छन् । यसरी पाच अथवा घाउ लगाउने बेलामा औषधीय गुणयुक्त विशेष प्रकारको लेप लगाउने गरिन्छ, जुन यिनीहरू आपैंmले तयार गर्ने गर्दछन् । पचनियाँले शिशुलाई पाच दिने बेलामा झ्याली बजाएर देवीदेवताका विभिन्न प्रकारका स्तुति, भजन गाउने र सिदहा लिने गर्दछन् । यसरी पाच दिएको भोलिपल्ट शिशुलाई ज्वर चढाउने तथा त्यसको तीन दिनपछि ज्वर ओराल्ने गरिन्छ । यस प्रकार ज्वर दिने र लिने कार्य पचनियाँले विशेष तान्त्रिक विधिद्वारा मन्त्र विशेषको प्रयोग गरी सम्पादन गर्ने गर्दछन् । पाच दिएको सातौं दिनमा पचनियाँद्वारा तेल चढाउने विधि गरिन्छ । यस अवसरमा पचनियाँलाई अन्न, द्रव्यमूल्य, वस्त्र इत्यादि दिइने परम्परा रहेको पाइन्छ । अर्कोतिर, मिथिला क्षेत्रमा पचनियाँको कार्यमा माली जातिका अतिरिक्त अन्य जातिको संलग्नता रहेको समेत पाइन्छ ।
    मिथिला क्षेत्रको समाजमा माली जातिका मानिसहरू तन्त्र, मन्त्र विषयक ज्ञान राख्ने गरेका समेत मानिन्छन् । यस्तै यिनीहरूमध्ये कतिपयले झारफुक जस्ता मन्त्रोपचार विधिद्वारा समाजमा कल्याणकारी कार्यहरू पनि गर्ने गरेका हुन्छन् । यसका साथै यिनीहरू मिथिला क्षेत्रमा प्रचलित लोक एवं शास्त्रीय देवीदेवताहरू विषयक लोकगीत, लोकभजन, लोकगाथा आदि गाउने गरेका समेत पाइन्छन् । देवीदेवता विषयक यस्ता भजनगीतलाई मिथिलाको लोकबोलीमा ‘भगति’ अथवा ‘भगतई’ भनिन्छ । यस्ता भजन गाउने बेलामा ‘करताल’ र मजीरा नामक विशेष वाद्ययन्त्रहरू बजाइने गरिन्छन् । करताल वाद्यको निर्माण काठका साना फल्याकमा विशेष प्रकारले प्वाल बनाइ तिनमा साना आकारका पित्तलका पातला टुक्राहरू गाँसेर गरिएको हुन्छ भने मजीरा भनेको साना आकारका पित्तलका झ्याली विशेष हुन्छ । माली जातिकी कन्या अथवा महिलालाई ‘मालिनी’ भन्ने गरिन्छ । मिथिला क्षेत्रमा प्रचलित अनेक लोकगीतमा मालिनी विषयक वर्णन आएका पाइन्छन्, जसबाट यस क्षेत्रको लोक परम्परामा मालिनीलाई तान्त्रिक कृत्यमा महत्त्वपूर्ण सहयोगी मानिने गरिएको देखिन्छ ।  
    मालीको अधिकार क्षेत्र अन्तर्गत एक अथवा एकाधिक गाउँ क्षेत्र हुने गर्दछ । यसरी गाउँ क्षेत्रका सबै निवासीहरू मालीका यजमान–गिरहस (गृहस्थ) मानिएका हुन्छन् । मालीलाई प्रत्येक परिवारबाट वार्षिकरूपमा मनी (धरी) प्रदान गरिने गरिन्छ । पैतृक सम्पत्ति विषयक अंशबण्डामा गाउँ क्षेत्रका गृहस्थलाई समेत भागमा लगाइने गरिएको हुन्छ ।
क्रमश:
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मिथिला समाजमा पौनी–पसारीबारे चर्चा
मिथिला समाजमा पौनी–पसारीबारे चर्चा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjqXu0wEVrZFYemS5keK05acBzrCQOvAKFzQKESR07hQ-fa1BqW1TQAMROphl3qd4eJ1dQEf18jn1f0LapCm2CqmATKBV0GhRy4JpOrcO32PIBVWwjMI60AvMZAEnD4GMuUucPwL1HCJ8s/s1600/basudev+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjqXu0wEVrZFYemS5keK05acBzrCQOvAKFzQKESR07hQ-fa1BqW1TQAMROphl3qd4eJ1dQEf18jn1f0LapCm2CqmATKBV0GhRy4JpOrcO32PIBVWwjMI60AvMZAEnD4GMuUucPwL1HCJ8s/s72-c/basudev+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/01/blog-post_888.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/01/blog-post_888.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy