चन्द्रकिशोर
जनक, सीता र बुद्धलगायतलाई राष्ट्रिय विभूति मानियो तर उनीहरूको थलोको इतिहासलाई विलोपीकरण गरियो । यहाँनिर दुईथरीका गुनासाहरू देखिन्छन् । एउटाले नेपाली इतिहास केवल विजेताहरूको इतिहास भएको दाबी गर्छन् किनभने इतिहासका नाममा काठमाडौंको सत्तामा उक्लेकाहरू तथा स्वयम् काठमाडौं खाल्डोलाई नै पारम्परिक नेपाल राज्यको मूल थलो मान्दै त्यसैको केन्द्रीय तत्त्वमा इतिहास अल्झिरहेको भन्छ । दोस्रो मतले गोर्खा राज्यको विस्तार भएपश्चात् प्रतिरोधको इतिहासलाई ओझेलमा पारिएको गुनासो पोख्छन् । ती मान्यता राख्नेहरूका दृष्टिमा खासगरी चुरेभन्दा दक्षिणको मैदानी भूभागको इतिहासलाई नेपाली मूलधारको इतिहासलेखनले यथोचित “स्पेस” नदिएको आक्षेप छ । गोर्खा राज्य विस्तार जसलाई नेपालको भौगोलिक एकीकरण भएको मान्यता राख्नेहरूसमेत ठूलो सङ्ख्यामा छन् । त्यो भौगोलिक एकीकरणपश्चात् जोडिन पुगेको भूभागको इतिहासलाई ‘ब्लैक आउट’ गरियो, जसले उनीहरूको संस्कृतिमाथि प्रतिघात गर्न सकियोस् भनेर यतिखेर पुनव्र्याख्या हुन थालेको छ । परिवर्तनलाई संस्थागत गर्न तथा राष्ट्रिय एकताका नयाँ सूत्रहरू खोजी गर्ने क्रममा नेपाली इतिहासलेखनका बारेमा उठेका सवालहरूबारे फराकिलो सुनाइ हुन जरुरी छ।
इतिहास जनताको लागि लेखिएन । इतिहास जनताको लागि जनताको हुनुपथ्र्यो । नेपालको इतिहासका बारेमा निकैपछि मात्रै वस्तुपरक अध्ययन र अनुसन्धानको क्रम आरम्भ भएको देखिन्छ । त्यसमा पनि लामो समयसम्म नेपालबारे विदेशी इतिहासकार र अनुसन्धानकर्ताहरूले मात्रै चासो देखाएका तथ्य फेला पर्दछ । नेपालको बारेमा नेपालीद्वारा समेत जुन इतिहास लेख्ने क्रम शुरू भयो, त्यसमा प्राय: नेपालको इतिहास लेखनलाई एउटा खास भूगोल केन्द्रित आग्रहबाट प्रेरित गर्दै रहे । त्यो मान्यताले नेपालको भौगोलिक अवस्थितिलाई प्रधानतत्त्व मान्दछ । ती अवधारणा अनुसार यसको उत्तर र दक्षिण दुवैतर्फ प्राकृतिक किल्लाहरू छन्, उत्तरमा हिम शिखरहरूले ढालको काम गरिरहेका छन् भने दक्षिणी सिमानातिर पनि चुरे पर्वत शृङ्खलाको अवस्थितिले प्राकृतिक संरक्षक भएर देखा परेको अथ्र्याउँछन् । हुनत उत्तरतिरको किल्लाको अनुपातमा दक्षिणतिरबाट धेरैपटक आक्रमण भएका थिए तर आक्रमण गरे तापनि भौगोलिक अवरोधले गर्दा नेपालको स्वतन्त्र अस्तित्व रहिरहेको बुझाइ छ । सन् १७६७ मा इस्ट इन्डिया कम्पनी सरकारका सेनाले किनलकको नेतृत्वमा सिन्धुलीगढीतिरबाट आक्रमण गरेका थिए तर भौगोलिक कठिनाइले गर्दा उनीहरू भाग्न बाध्य भए । यी तथ्यहरूको आधार प्रस्तुत गर्ने मनसाय नेपालको इतिहासमा भूगोलको प्रभावलाई सिद्ध गर्नुमात्र होइन, नेपाली इतिहासलेखनको सम्पूर्ण दर्शन नै यी प्राकृतिक किल्लाहरू माझ अवस्थित “पहाडी” संस्कृति र सत्ताको महिमा गानमा केन्द्रित हुन पुगेको छ ।
नेपालको दक्षिणी भूगोलको इतिहासको निरन्तरताबारे कतिपय अवस्थामा जानीजानी मौन बस्ने काम भएको छ । खासगरी पञ्चायतको संरक्षणमा राज्य सम्पोषित इतिहासलेखनको प्रवृत्तिले यस क्षेत्रको संरचनाहरूलाई अस्वीकार गरेको पाइन्छ । यस क्षेत्रमा विद्यमान इतिहासका स्रोतहरूलाई यहाँबाट राजधानी लग्ने तथा त्यसलाई आम पहुँचबाट टाढा राखिएको भनाइ पनि छ । यतिखेर राज्य पुनर्संरचनाबारे निकै बहस चलिराखेको छ तर समग्र र सन्तुलित इतिहासलेखनबारे बहस हुन सकिरहेको छैन । न त गणतान्त्रिक नेपालले यसबारे प्रयत्न नै गर्न सकेको छ । यसले गर्दा विभिन्न समुदायले आआफ्नै तरिकाले काठमाडौंसँगको सम्बन्ध निर्धारण गर्ने नियतले आआफ्नो विगतलाई उजागर गर्न थालेका छन् । यस्ता उजागर गर्ने क्रमको सबल पक्ष भनेको आफ्नोबारे आपैंm खोजतलास गर्ने प्रवृत्ति बढ्नु हो । यसका कमजोर पक्ष भनेको यस्ता प्रयासहरूमा तथ्यभन्दा भावनाको मात्रा बढी, राजनीतिक अभीष्टको चाहना जस्ता पक्ष लुकेका छन् ।
निश्चितरूपमा इतिहास ऐतिहासिक साधन वा सामग्रीहरूका आधारमा तयार हुने एउटा विज्ञान जस्तै विषय हो । नयाँ साधन र स्रोतहरू प्राप्त भएपछि इतिहासको स्वरूप बदलिन्छ । जसरी विगतमा काठमाडौं सम्पोषित इतिहासलेखनको क्रमले विस·ति ल्यायो । त्यसैगरी विभिन्न समुदायले “भावना” पक्षलाई प्रश्रय दिई आफ्नो विगतबारे प्रशस्तिगान गर्दा इतिहासको मर्म खण्डित हुने गरेको छ । तथ्यहीन प्रशंसा र दोषारोपण गर्ने प्रक्रियालाई स्थान दिई निर्माण गरिएको लेखनबाट इतिहासलेखनको विकासक्रमलाई टेवा पुग्न सक्दैन । गणतान्त्रिक सरकाले यस दिशामा पर्याप्त अनुसन्धानलाई प्रश्रय दिन सक्नुपथ्र्यो, जतातिर ध्यान पुग्न सकेको छैन ।
भनिन्छ, इतिहासकारलाई इतिहासको रचना गर्ने बेलामा इतिहासको अवधारणा, इतिहासलेखनको पद्धति, इतिहासका तथ्यको अवधारणा, तथ्य चुनावको पद्धति, तथ्यको समग्र स·ठनको पद्धति एवं त्यसको स्वरूपको ज्ञान र तथ्यको प्रस्तुतीकरणको कलामा सिद्धहस्तता हुनुपर्दछ । वर्तमानमा खासगरी दक्षिणी भूगोलका बारेमा इतिहासलेखनको सबैभन्दा ठूलो व्यावहारिक कठिनाइ “स्रोत”को उपलब्धता हो । यस क्षेत्रमा साहित्यिक स्रोत त छन् तर पुरातात्विक स्रोतको कमी छ । जे जति स्रोतहरू छन्, या त ती स्रोतहरूको खोजी गरिएन या त त्यसलाई प्रयोगमा ल्याइएन । थोरबहुत पुरातात्विक उत्खनन तथा सञ्चयनले जे प्राप्त भएको छ, त्यसले या त पुरानो मान्यतालाई खण्डित गरेको छ वा त्यसलाई अझ बढी फराकिलो बनाउने काम गरिदिएको छ । नेपालीभाषी इतिहासकारलाई तराईका विभिन्न भाषामा उपलब्ध रहेका इतिहासका स्रोतहरूको अध्ययन गर्ने आफ्नै प्रकारका सीमा छन् । यसलाई अनुवाद गर्न सके बरु केही काम लाग्न सक्थ्यो होला । स्रोतहरूको सङ्ग्रह र प्रस्तुतिको पनि समस्या छ ।
इतिहासको सरल अर्थ अतीतका घटनाहरूको एक बोधगम्य वृतान्त हो । चिरकालसम्म इतिहासको अर्थ तथ्यको विवरणमात्र मानियो । तथ्य स्वयम् आपैंmले बोल्न त सक्दैन, त्यसलाई वाणी दिने काम इतिहासकारहरूले गर्दथे । इतिहासकार क्रोसेको शब्दमा– “इतिहास मूलत: आधुनिक समस्याको पृष्ठभूमिमा अतीतका घटनाहरूलाई नियाल्नु हो तथा इतिहासकारको मुख्य काम घटनाहरूको अभिलेख गर्नुको अपेक्षा त्यसको मूल्याड्ढन गर्नु हो ।” त्यसैगरी अर्का इतिहासकार ई.एच.कारले भनेका छन्– “इतिहास अतीत र वर्तमानबीच एउटा अनन्त संवाद हो तथा इतिहासकारको मुख्य काम वर्तमानको सन्दर्भमा अतीतको अध्ययन गर्नु हो ।” हो पनि इतिहासलाई वर्तमानको चौखटमा उभिएर अतीतलाई चियाउने तथा आगतलाई वर्तमानसँग जोड्ने निरन्तरताको उपक्रमको रूपमा लिनुपर्ने मान्यता पनि पर्याप्त देखिन्छ ।
छिमेकी भारतकै कतिपय पुस्तकालय, पुरातात्विक केन्द्र तथा अध्ययन केन्द्रहरूसँग समन्वयको खाँचो छ । इतिहासको पठनपाठनमा रुचि र जिज्ञासाको अभाव छ । इतिहास लेखकहरूमा प्रशिक्षणको सर्वथा कमी छ । त्यसैगरी शैक्षणिक स्तरभन्दा माथि इतिहासमा जनसामान्यको रुचि भेटिंदैन । नेपालका विश्वविद्यालयहरूमा शिक्षकको अनुपातमा विद्यार्थी सङ्ख्यामा कमी तथा जनसामान्यमा यसलाई केवल राजनीति गर्नेहरूका लागि मात्र काम लाग्ने विषय भनेर ठान्नु अहिलेको मुख्य चुनौती हो । आज आवश्यकता छ, यसलाई कसरी प्रोत्साहित गर्ने । अहिले इतिहासको उपयोगितालाई बुझ्ने र स्वीकार गर्ने खाँचो छ, अनिमात्र यस समस्याको समाधान हुन सक्छ । विश्वविद्यालयहरूले स्वीकृत गरेको पाठ्यक्रम र उपलब्ध पाठ्यपुस्तकहरू र बाहिर चलेको बहस र मान्यताहरूमा ठूलो रिक्तता भेटिन्छ । एक त उच्च शिक्षामा इतिहास अध्ययन गर्नेहरू प्राय: एउटा प्रमाणपत्र हात पारौं भन्ने ध्येयका हुन्छन् । इतिहास विषयमा प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा कैरियर बनाउने सोचले भित्रिएकाहरू विरलै छन् । त्यसैगरी वर्गीय दृष्टिकोण र दलीय मान्यताहरूले पनि इतिहास अभिलेखीकरणको प्रयत्नलाई प्रदूषित गर्दै आएको छ । दल वा सरकारमा रहेका प्रभावशाली पक्षले आफ्नो अनुकूलको पक्षलाई मात्र बढी मुखर गर्ने सङ्कीर्ण कामहरू पनि विगतमा नभएका
होइनन्, त्यस अर्थमा जनताको लडाइँका प्रत्येक घुम्तीका बारेमा खुला इतिहासलेखन गर्न सक्नु अहिलेको चुनौती हो । समुदायविशेषमा रहेको स्थानीय ज्ञान, सूचना, साहित्य र सम्पदाहरूको खोजी तथा त्यसको सत्यताको जाँच गर्नु प्रारम्भिक काम हो । त्यसपछि त्यसको उचित अर्थमा प्रयोग हुनुपर्दछ । सामग्रीहरूको विश्वसनीयता महत्त्वपूर्ण पक्ष हो ।
इतिहास विषयमा उच्च शिक्षा अध्ययन गर्नेलाई प्रोत्साहन तथा लेखनको विकासक्रमलाई टेवा दिन परियोजनाहरूको थालनी राज्यबाट हुनुपर्छ । यस कार्यमा स्वतन्त्र र स·ठित प्रयत्नहरूले पनि जन इतिहासलेखनलाई सघाउ पुर्याउन सक्छन् । समग्रमा गणतन्त्र नेपालमा जनताको् इतिहासलेखनका लागि अहिलेसम्मको इतिहासको प्रस्तुति गर्ने अवधारणा र प्रस्तुतिको तरिकाबारे पुनव्र्याख्या गर्नु जरुरी छ, तर यसका बारेमा पर्याप्त बहस हुनैपर्छ ।