वैद्यनाथ ठाकुर
हिन्दू धर्ममा ज्ञानकी देवी भनेर सरस्वतीलाई मानिन्छ । सरस्वतीपूजाको दिन बालबालिकाहरूको नामाकरण गर्ने, अक्षर चिनाउने तथा कलम समात्न लगाउने प्रचलन पनि चल्दै आएको छ । बसन्त पञ्चमीको दिन नेपालीहरूले श्रीपञ्चमी अर्थात् सरस्वतीपूजा मनाउने गर्दछन् । सरस्वतीपूजाको दिनदेखि बसन्त ऋतुको आगमन हुन्छ भन्ने विश्वासको आधारमा यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ । झन् नेपाली समाजमा विगतमा राजा महाराजाहरू र यति बेला राष्ट्रपति, प्रधानमन्त्रीले बसन्त श्रवण गर्ने पनि प्रचलन रहिआएको छ । सरस्वती मातालाई खुशी पार्न विद्यार्थीहरूले शैक्षिक प्रतिष्ठानमा माटाका मूर्ति बनाएर पूजा गर्ने, भजन कीर्तन गर्ने, रातभर जाग्राम बस्ने र भोलिपल्ट नदी, तलाउ वा पोखरीमा सेलाउने प्रचलन पनि निकै पुरानो छ । पहिले पहिले सरस्वतीपूजा विद्यालय, महाविद्यालयहरूमा मात्र हुने गरेको भएपनि यति बेला पूजासँगै थुप्रै विकृतिसमेत सरस्वती पूजाको नाममा संस्थागत भइसकेको छ । गैरशैक्षिक प्रतिष्ठानहरू वा गाउँटोलमा केही केटाहरू मिलेर चन्दा उठाउने र पूजा गर्ने परिपाटी पनि बढेको छ । आजभोलि सरस्वती माताको माटोको मूर्तिको भाउ पनि पहिलेको तुलनामा निकै बढिसकेको छ भने पूजा सामग्री, प्रसाद तथा पण्डितको दक्षिणासमेत महँगो भइसकेको छ ।
रु. एक सयदेखि पाँच सयसम्ममा पाइने सरस्वतीका मूर्तिहरू यति बेला तीन हजारदेखि बीस हजारसम्ममा पाउने गरेको छ । वीरगंजमा मात्रै शैक्षिक प्रतिष्ठान र गैरशैक्षिक प्रतिष्ठान गरी झन्डै तीन सयको हाराहारीमा सरस्वतीको मूर्ति बेचिने गरिएको छ । यस्ता मूर्तिहरू प्राय: भारतबाट आएका कलाकारहरूले बनाउने गर्दछन्।
आजभोलि पूजाको दिनदेखि भोलिपल्ट सेलाउने बेलासम्म अश्लील हिन्दी तथा भोजपुरी गीतहरू चौबीस घण्टा बजाउने गरिन्छ । पूजाको लागि उठाइएको चन्दा रकमबाट साँझ केटाहरूले रक्सी तथा सेकुवा पनि खाने गर्दछन् । वीरगंजका एकजना नाम बताउन नचाहने सामुदायिक विद्यालयका प्रधानाध्यापक भन्छन्– “सरस्वतीपूजा हाम्रै लागि पनि घाँडो भइसकेको छ । प्रत्येक वर्ष पूजाको नाममा विभिन्न समूहहरूबीच मारपिट हुने, केटा–केटीप्रति आकर्षण बढ्ने र अमर्यादित कार्यहरू गर्नका लागि बढीभन्दा बढी यो दिनको उपयोग भइरहेको छ । हामी पनि बाध्य छौं, परम्पराको नाममा दुई दिन विद्यालय बन्द गरी कानमा औंला राखेर चर्को स्वरमा अनावश्यक गीत सुन्न ।”
त्यसैगरी प्रगतिशील लेखक सङ्घ, पर्साका जिल्ला सदस्य एवं ठाकुर राम बहुमुखी क्याम्पसका प्राध्यापक सुदीप श्रेष्ठ भन्छन्– “सरस्वती पूजाको नाममा वीरगंजमा जति पैसा प्रत्येक वर्ष खर्च गरिन्छ, त्यतिले एउटा राम्रो सार्वजनिक पुस्तकालय खोल्न भ्याउँछ । वीरगंजमा सार्वजनिक पुस्तकालयको अभाव छ । यसतर्फ बौद्धिक व्यक्तित्वहरूले सोच्ने हो कि ?”
वास्तवमा सरस्वतीपूजा एउटा फेसन ता विकृतिको संवाहकको रूपमा यति बेला हाम्रोअगाडि उभिएको छ । गाउँशहरको गल्लीगल्लीमा डोरी लगाएर आवतजावत गर्नेहरूसँग जबरजस्ती चन्दा असुल गर्ने, पसलपसलमा गएर चन्दा असुल्ने तथा घरघरमा समेत गएर चन्दा लिने कार्यलाई कुनै पनि अर्थमा राम्रो मान्न सकिन्न ।
सरस्वतीपूजा गरेर ज्ञान बढ्ने भए कसैले पनि पढ्दैन थिए होला । प्रत्येक वर्ष नेपालमा पूजास्थलको निकै उत्साहित ढ·ले वृद्धि भइरहेको छ तर शिक्षाको गुणस्तर विद्यार्थीहरूमा ‘शिक्षामा लगानी बालुवामा पानी’को तहमा पुगिसकेको शिक्षाविद्हरूको अध्ययन अनुसन्धानको प्रतिवेदनले बताइरहेको छ । यस्तोमा प्रश्न उठ्छ, सरस्वतीपूजा केवल परम्पराको लागि विद्यालयहरूमा विद्यार्थीहरूले पठनपाठन अवरोध गरेर कहिलेसम्म गरिराख्ने ?
सरस्वतीपूजाको दुई हप्ताअगावैदेखि विद्यालयहरूमा पठनपाठन प्रभावित हुन थाल्छ । प्राय:जसो विद्यालयमा जेनतेन चार घण्टीसम्म पढाइ हुन्छ । विद्यार्थीहरूको अति न्यून उपस्थितिको कारण अध्ययन अध्यापन कार्य प्रभावित भइरहेको हुन्छ । पूजा भनेर एक दिन हाजिरी रजिस्टरमा छुट्टी लेखिए तापनि यसको प्रभाव कम्तीमा अढाई हप्तासम्म रहन्छ । पूजाको तयारीका लागि चन्दा कार्यमा खट्नुपर्ने, झन्डापताखा बनाउनुपर्ने, झुन्ड्याउनुपर्ने, सरसफाइ गर्नुपर्ने, मूर्तिको बैनाबट्टा गर्ने, ल्याउने र भसाउने (सेलाउने), त्यसको दुई दिनसम्म विद्यालयमा विद्यार्थी उपस्थिति कम हुने आदिले गर्दा पढाइलेखाइको अवस्था चौपट्ट नै हुन्छ । त्यसमाथि सबैभन्दा नराम्रो पक्ष मूर्ति भसाउन नदी तलाउमा लैजाँदा प्रत्येक वर्ष मूर्तिसँगै विद्यार्थी पनि पानीमा डुबेर मरिरहेका छन् ।
यसै वर्ष रौतहट जिल्लामा दुईजना छात्र, उनीहरू संस्थागत विद्यालयमा होस्टलमा बसेर कक्षा ८ मा अध्ययनरत थिए, मूर्ति भसाउने क्रममा पानीमा डुबेर मरेछन् । त्यसैगरी जनकपुरमा पनि एकजना छात्र नदीमैं डुबेर मरेका छन् । फेरि यस्तो घटना यसै वर्षमात्र भएछ भन्ने पनि होइन । हाम्रो समाजमा प्रत्येक वर्ष सरस्वतीको मूर्ति सेलाउने दिनमा यस्ता दु:खद घटनाहरू घटि नै रहेका छन् तर यसतर्फ कुनै पनि निकाय गम्भीर भएको देखिंदैन ।
एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि आत्महत्या गर्ने विद्यार्थीहरूको बढ्दो सङ्ख्यालाई विचार गरेर नेपाल सरकारले परीक्षा प्रणालीमा ग्रेडिङ लागू गरेर कसैलाई पनि अनुत्तीर्ण नै नगर्ने, परीक्षार्थी सबै उत्तीर्ण हुने व्यवस्था गर्न लागेभैंm सरस्वतीपूजामा पनि निकासको बाटो खोज्नुपर्ने आवश्यकता भइसकेको छ । यसतर्फ बेलैमा शिक्षक, विद्यालय प्रशासन, विद्यार्थी, अभिभावक र शिक्षा मन्त्रालयले एउटा ठोस निर्णय गर्न जरुरी छ । ज्ञानविज्ञानको युगमा अन्धविश्वासी परम्परालाई छोड्न नसक्दा बित्थामा प्रत्येक वर्ष विद्यार्थीहरूले ज्यान गुमाउनुपरिरहेको छ । साथै पठनपाठनमा समेत नकारात्मक प्रभाव परिरहेको छ ।
विद्यार्थीहरूमा पूजापाठ गरेपछि विद्या बढ्छ भन्ने अवधारणा हुनु नै बेठीक हो । पूजा गरेर कहिले पनि ज्ञानमा वृद्धि हुन सक्दैन । ज्ञानमा बढोत्तरीको लागि पढ्नुपर्छ । पहिले पहिले मङ्सिर महिनामा कक्षागत अन्तिम परीक्षा हुने गथ्र्यो । त्यति बेला माघमा सरस्वतीपूजामा १५/२० दिन पढाइलेखाइ प्रभावित भएपनि त्यति धेरै असर परिरहेको थिएन तर यति बेला फागुन महिनामा अन्तिम परीक्षा हुने र माघमा दुई/अढाई हप्ता पठनपाठन प्रभावित भएपछि यसको प्रत्यक्ष असर विद्यार्थीहरूमा देखिने भएकोले यसतर्फ सबैले सचेततापूर्वक सोच्न जरुरी छ ।
हाम्रो समाजमा गढीमाईको पाँच वर्षे मेलामा हजारौं पशुको बलि दिइन्छ, केवल धर्मको परम्परा निर्वाह गर्नका लागि । यसबाट कुनै प्रकारको भौतिक र मानसिक फाइदा छैन । दशैं र फागुमा पनि प्रत्येक वर्ष हजारौं पशुहरू काटिन्छन्, शक्तिपीठहरूमा केवल धार्मिक प्रचलनलाई कायम राख्न । दीपावली अर्थात् लक्ष्मीपूजामा प्रत्येक वर्ष माटोले घरआँगन लिप्नका लागि माटो खनेर ल्याउने क्रममा दुई/चारजना माटोको ढिस्कोमा पुरेर मर्ने गरेका सबैलाई थाहा छ । जब यी घटनाहरू घट्छन्, अनि हामी निकै उत्तेजित हुन्छौं । चर्चा परिचर्चा गर्छौ तर बिस्तारै कुरो सेलाउँदै जान्छ र फेरि उही दुर्घटनाहरू अर्को वर्ष घटित हुन्छन् ।
प्रत्येक वर्ष अन्धविश्वासी परम्पराको बिडो थाम्ने क्रममा मानिसहरूको जीवनलीला समाप्त हुने गर्छ, यसको लागि जिम्मेवार को ? हामीबीचमा व्याप्त अन्धविश्वास र विकृत सांस्कृतिक परम्परा जिम्मेवार हो । यस्ता विकृतिहरू रोक्न नेपाल सरकारले पहल गर्न ढिलो भइसकेको छ । यो विषय अब बहसमा आउनुपर्छ र छिटो यसबारे फैसला हुनुपर्छ ताकि फेरि मूर्ति सेलाउँदा वा माटो खन्न जाँदा नागरिकले ज्यान गुमाउनु नपरोस् ।