शीतल महतो
नेपाली जनसङ्ख्याको हालको उमेरगत संरचनालाई विश्लेषण गर्दा १५ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धाको तुलनामा उत्पादनशील उमेर समूहका जनसङ्ख्याको आकार वृद्धि हुँदै गइरहेको पाइन्छ । अर्थात् नेपालमा अहिले १५ देखि ५९ वर्ष उमेर समूहका सक्रिय जनसङ्ख्या अत्यधिक रहेको देखिन्छ । कुल जनसङ्ख्याको ५७ प्रतिशत सक्रिय अर्थात् कमाउन सक्ने उमेर समूहका छन् । यो मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि सबैभन्दा ठूलो अवसर हो । किनभने अघिल्ला दशकहरूमा १५ वर्षमुनिका अनुपात उच्च हुने गर्दथ्यो तर अहिले श्रमशील उमेर समूहमा पनि १५ वर्षदेखि ३० वर्ष उमेर समूहको बाहुल्यता बढ्दै गएको पाइन्छ । यो उमेर समूहले आफ्नो परिवार, समाज र राष्ट्रसँग क्षमता अभिवृद्धिका लागि शिक्षा, सीप विकास, स्वास्थ्यमा यथेष्ट लगानी र उत्पादनमुखी रोजगारीको उचित वातावरणको अपेक्षा गरेको हुन्छ । यदि यो उमेर समूहले आफ्नो व्यक्तिगत उन्नयनका लागि उचित लगानी र अवसर पाएको खण्डमा मुलुकको आर्थिक तथा सामाजिक अवस्थालाई माथि उकास्न सक्छ । यसतर्फ राज्यले समयमैं संवेदनशील र चनाखो भएन भने उल्टै यो समूह आन्तरिक द्वन्द्व, अस्थिरता र अराजकतामा लागेर मुलुकको विकासमा ठूलो अवरोध सृजना गर्न सक्छ । कुनै पनि देशको सक्रिय युवाशक्ति त्यहाँको दिगो आर्थिक विकासका लागि मेरूदण्ड हुन्छ । तर नेपालको युवाशक्ति राजनीतिक अस्थिरता, रोजगारीका क्षेत्रहरूको सीमितता तथा गुणस्तरीयता, सीपमूलक र आत्मनिर्भरमुखी शिक्षाको कमीका कारण अति पीडित भइराखेको छ । त्यसैले मुलुकको आर्थिक तथा सामाजिक विकास र वातावरण संरक्षणलाई समन्वयात्मक ढ·ले प्रभावकारीरूपमा अगाडि बढाउनका लागि सरकारले सक्रिय जनसङ्ख्याको उपयोग गर्ने लक्षित कार्यक्रम ल्याउनुपर्ने अहिलेको प्रथम आवश्यकता रहेको छ ।
जब मुलुकमा साक्षरता दर र स्वास्थ्य सुविधामा पहुँच बढ्न थाल्छ तथा जन्मदर र मृत्युदर घट्न थाल्छ, तब देशको औसत आयु वृद्धि हुन्छ । यस्तो बेलामा युवा जनसङ्ख्याको आकार पनि बढ्न जान्छ । अहिले देशमा १० देखि २९ वर्ष उमेर समूहको जनसङ्ख्या ४० दशमलव ९ प्रतिशत रहेको छ । यसको अर्थ उत्पादनशील उमेर समूहको ठूलो जनसङ्ख्या हाम्रो नेपालमा छ । स्वास्थ्य सेवाको क्षेत्रमा भएको उल्लेख्य प्रगतिले नेपालको औसत आयु ६८ वर्ष पुगेको तथ्याड्ढले देखाउँछ । घट्दो जन्मदर र मृत्युदरले गर्दा नेपालमा जनसङ्ख्या नियन्त्रणको बिन्दु प्राप्त भइसकेकोले अब त्यसको व्यवस्थापन एउटा समस्याको रूपमा देखा परेको छ । त्यसैले नेपालको जनसाङ्ख्यिक लाभांशहरूलाई कसरी उपयोग गर्ने भनेर योजना बनाउनुपर्दथ्यो । तर त्यस बेला देश हिंसात्मक द्वन्द्वको मारमा थियो, जसले गर्दा सरकारको प्राथमिकता सूचीमा जनसाङ्ख्यिक लाभांशलाई उपयोग गर्ने नगर्ने भन्ने बहस विशेष प्राथमिकतामा परेन । मुलुकको आर्थिक तथा सामाजिक विकाससँग प्रत्यक्षरूपमा गाँसिएको सक्रिय जनसङ्ख्याको उपयोगका लागि अब राज्य संवेदनशील हुनै पर्दछ । १५ वर्षदेखि ३० वर्ष उमेर समूहको बाहुल्यता हुन थालेपछि पूर्वी एसियाका ताइवान, थाइल्यान्ड, सि·ापुर, मलेसिया र दक्षिण कोरियालगायतका कयौं मुलुकले समग्र आर्थिक–सामाजिक विकासमा फड्को मार्न शुरू गरेको एक अध्ययनले देखाएको छ भने यही उमेर समूहको बाहुल्यता रहेको हाम्रोजस्तो विकासोन्मुख देशका सक्रिय जनसङ्ख्या राजनीतिक अस्थिरता, आतड्ढवाद, विद्रोह, हिंसा र अराजकताको चपेटामा फसेको छ । त्यसैले समृद्ध राष्ट्र निर्माणका लागि सक्रिय जनसङ्ख्याको उपयोग गर्ने रणनीति तय गर्नु नै अहिलेको महत्त्वपूर्ण सवाल हो र यसतर्फ राज्य संवेदनशील हुनै पर्दछ ।
वास्तवमा भन्ने हो भने जब युवाजमात बढ्दै जान्छ, तब मुलुकको दिगो आर्थिक विकासको अवधारणाले पनि मूर्तरूप लिंदै जान्छ । यही मान्यता र अवधारणालाई समाजको तल्लो वर्गसम्म पुर्याई यससम्बन्धी जनचेतना फैलाउने कार्यमा युवा वर्ग एउटा सशक्त र प्रभावशाली हतियार हुन सक्छ र यो उनीहरूको दायित्व पनि हो । मुलुकको आर्थिक विकास र समृद्धि आजका युवाको भविष्य सुनिश्चित गर्ने आधार हो । यसका लागि राज्यले युवावर्ग लक्षित वा युवामुखी कार्यक्रमलाई विशेष प्राथमिकतासाथ अगाडि बढाउन सक्नुपर्दछ । तर नेपालमा बढ्दो राजनीतिक सङ्क्रमणले युवाशक्तिलाई राष्ट्रको आर्थिक विकासको लागि परिचालन वा व्यवस्थापन गर्न नसक्दा यसले मुलुकमा थुप्रै विकृतिहरू निम्त्याइरहेको छ । प्राप्त एक तथ्याड्ढ अनुसार रोजगार र शिक्षाको खोजीमा करिब ३० लाख युवा विदेश पलायन भएका छन् । यसरी गरिबी र बेरोजगारीको चर्को मारमा पिल्सिएका लाखौं नेपाली सक्रिय युवाका लागि यतिखेर विदेशी मुलुकहरू दरिलो गन्तव्य बन्न पुगेका छन् । खाडी मुलुकको ५५ डिग्री सेन्टिग्रेड तापक्रममा पनि उनीहरू कठोर श्रम गर्न बाध्य छन् । कतिपयले त तापक्रममा अनुकूलता नमिलेर ज्यानै गुमाएका पनि छन् । घरपरिवार र आफन्तलाई छोडेर अर्काको मुलुकको भूमिमा आफ्नो अमूल्य श्रम र पसिना पोख्न उनीहरू बाध्य छन् । हुनत विदेशमा पसिना बगाएका युवाले नै अहिले नेपालको अर्थतन्त्र धानेका छन् । नेपाली अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादनको झन्डै २३ प्रतिशत हिस्सा रेमिन्ट्यान्सले ओगट्नु नै यसको सबल प्रमाण हो । गरिब युवाका लागि बाँच्ने आधार नै रोजगारी हो । त्यतिमात्र होइन, उत्पादनको महत्त्वपूर्ण साधन श्रम हो । बेरोजगार रहनु भनेको अर्थशास्त्रीय दृष्टिकोणले उत्पादनको साधन खेर जानु र व्यक्तिले आय गुमाउनु पनि हो । यसबाहेक रोजगारीको आर्थिक र सामाजिक महत्त्व पनि त्यत्तिकै छ । रोजगारीबाट एउटा व्यक्तिले सहज ढ·ले जीविका चलाएर समाजमा मर्यादापूर्वक बस्न सक्दछ । तर विदेशमा श्रम र सीप खर्चिरहेका नेपाली युवाको पसिना स्वदेशमैं बगाउने परिवेशको निर्माण गर्ने प्रभावकारी नीति र योजना राज्यले ल्याउन सकेको छैन । राजनीतिक अस्थिरताको नाममा यतिखेर युवाशक्ति ‘गोरुको जुधाइमा बाछो मिचाइ’ जस्तो भएको छ । सक्रिय युवा जनशक्तिको व्यवस्थापन गर्न नसक्दा आज सि·ो नेपाल गरिबी, अभाव, हिंसा र द्वन्द्वको भुमरीबाट अलग हुन सकेको छैन ।
त्यसैले सक्रिय युवा जनसङ्ख्यालाई स्वदेशमैं गुणस्तरीय शिक्षा र रोजगारी उपलब्ध गराउन सरकारले अरू धेरैवटा प्राथमिकतालाई पछाडि पारेर भएपनि शिक्षा, स्वास्थ्य र उद्योगमा लगानी बढाउनुपर्दछ । जनसाङ्ख्यिक लाभांशको अवस्थालाई उपयोग गर्ने नीति हालसम्म बन्न नसक्नुका पछाडि केही कारणहरू जिम्मेवार छन् । एउटा, नीति निर्माण तहमा बसेका कतिपयलाई जनसङ्ख्याको यो संरचना ख्यालै नभए जस्तो देखिन्छ भने अर्को, देश निरन्तररूपमा राजनीतिक सङ्क्रमणको भुमरीमा नै रुमल्लिरहेकोले उद्योग व्यवसायको विकास र विस्तारका बहसहरू ओझेलमा परेका छन् । हुनत जनसाङ्ख्यिक लाभ सधैंभरि भइरहन्छ भन्ने गलत बुझाइले पनि सरकारले यतातिर चासो नदिएको हुन सक्छ । तर सधैंभरि यो भइरहन्छ भने पनि होइन । यो बढीमा चार दशकसम्म कायम रहन्छ भनिन्छ । त्यसपछि आजको युवा जनसङ्ख्या वृद्धावस्थामा प्रवेश गर्छ, जो उसका परिवार वा राज्यप्रति आश्रित हुन्छ । अनि हिजो बालबालिकामाथि गरिएको लगानी वृद्धवृद्धामा गर्नुपर्ने भएकोले राज्यको ढुकुटी त्यतातिर खर्च हुन्छ र जनसाङ्ख्यिक लाभको अवस्था स्वत: गुम्न सक्छ । त्यस कारण जनसाङ्ख्यिक लाभलाई सदुपयोग गर्ने युवामैत्री रोजगार नीति, सुलभ ब्याजमा ऋण सुविधा, कृषिमा अनुदान, वैदेशिक रोजगारी गएर आएकाहरूलाई स्वदेशमैं रोजगारी गर्ने वातावरणको सृजना गर्नेलगायतका कार्यक्रम ल्याउन सरकारले अब ढिलाई गर्नुहुँदैन ।
युवाको श्रम, सीप, जोस र जाँगरको सही एवं उचित सदुपयोग भयो भने कुनै पनि देशको विकास हुनमा समय लाग्दैन । तर नेपाली युवाको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो । ऊर्जाशील युवालाई विदेशमा श्रम बेच्न पठाएर देशको अर्थतन्त्र जसोतसो धान्न सकिएला तर यसले देशको उँभो भने पटक्कै लाग्दैन । विश्वमा कुनै पनि देशले वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले धनी बनेको उदाहरण छैन । त्यसैले अहिलेको सक्रिय युवा जनसङ्ख्यालाई स्वदेशमैं उपयोग गर्ने हो भने देश चाँडै समृद्धिको बाटोमा लम्किन्छ । नत्रभने हाम्रो देश भविष्यमा वैदेशिक रोजगारीबाट फर्किएका वृद्धवृद्धाहरूको अनुत्पादक थलोको रूपमा मात्र रहन सक्छ ।
कजष्तबmिबजबतय२नmबष्।िअयm