प्रस, वीरगंज, १५ माघ/
नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रले नारायणी उपक्षेत्रीय अस्पतालको विद्युत् सप्लाइ काटेपछि आजदेखि अस्पतालका चिकित्सकहरू आन्दोलित भएका छन् ।
९२ लाख ६५ हजार रुपैयाँ विद्युत् महसुल बक्यौता देखिएपछि प्राधिकरणले अस्पतालको विद्युत् सप्लाइ काटेको हो । “प्राधिकरणले बक्यौतामध्ये ४० प्रतिशत भुक्तानी गरेको खण्डमा विद्युत् सप्लाइ सुचारु गर्ने बताएको छ, तर अस्पतालसँग १० लाख रुपैयाँ मात्रै भएकोले विद्युत् सप्लाइ सुचारु हुन सकेको छैन”, मेडिकल सुपरिटेन्डेन्ट डा. रामशड्ढर ठाकुरले भने । मेसु ठाकुरले सो रकम प्राधिकरणलाई भुक्तानी गर्न खोज्दा प्राधिकरणले सो प्रावधान देखाएको र मन्त्रालयबाट लिखितपत्र ल्याउन सुझाएकोले विद्युत् सुचारु हुन नसकेको बताए ।
प्राधिकरणले विद्युत् सप्लाइ काटेपछि माघ १३ गतेदेखि अस्पतालको आकस्मिक, प्रसूति गृहमा रहेको सर्जिकल, बाल बहिर· शाखा, आईसीयु, अपरेसन थिएटरबाहेकका सबै स्थानका विद्युत् सप्लाइ अवरुद्ध भएको छ । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी विद्युत् अभावमा समस्याग्रस्त भएकाले बिहीवारदेखि आकस्मिक सेवाबाहेकका सबै सेवाहरू ठप्प पारिएको छ ।
यसैबीच नाउक्षे अस्पतालमा आवास सुविधा लिएका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरूले आफूहरूसँग
अस्पतालले अन्याय गरेको बताएका छन् । उनीहरूले विगत लामो वर्षदेखि अस्पताल प्रशासनले सबमिटर भएकाहरूसँग सोही अनुसार र सबमिटर नभएका चिकित्सकसँग रु. ५५० र कर्मचारीसँग रु. ३५० तलबबाटै कट्टा गर्दै आएको बताएका छन् । उनीहरूले सो रकम अस्पतालको खातामा नदेखिनु र प्राधिकरणलाई भुक्तानी पनि नभएकोले अनियमितता भएको आरोप लगाएका छन् ।
अस्पतालको लेखा शाखाले विद्युत् महसुलबापतको रकम आवास सुविधा लिएका चिकित्सक एवं कर्मचारीसँग असुलउपर गरेको स्वीकार गरेको छ । लेखा शाखाले अस्पतालको आन्तरिक आयस्रोत कमजोर भएकोले चिकित्सक एवं कर्मचारीहरूलाई तलब र २० प्रतिशत सेवासुविधा उपलब्ध गराउन समस्या भएकोले सोही रकमबाट भुक्तान गर्दै आएको प्रस्टीकरण दिएको छ ।
विद्युत् महसुलबापतको रकम भुक्तानी दिंदै आएका चिकित्सक एवं कर्मचारीहरूले भने जुन शीर्षकमा रकम असुलउपर गरिएको हो सोही शीर्षकमा खर्च नहुनु अनियमितता भएको आरोप लगाए ।