सञ्जय साह ‘मित्र’
अहिलेका अधिकांश युवालाई सामान्य प्रश्न गर्दा उत्तर स्पष्ट आउँदैन । युवाहरू विस्तारै परिचयहीन बन्दैछन् । जहाँ सपना देखिन्छ, त्यहाँबाट केही गर्ने चाहना उम्रिन्छ भनेर पहिले भनिन्थ्यो तर विस्तारै अहिले सपनाको अर्थ नै बुझ्न छाडेको हो कि भन्ने भान ग्रामीण युवाहरूबाट पर्न थालेको छ । अझै पनि युवाहरूले आफूले ठूलो सपना देखेको कुरा गर्छन् तर काम भने त्यसको विपरीतलाई समेत नसुहाउने गर्छन् । अहिलेकै उदाहरण लिन सकिन्छ । सरस्वती पूजामा विद्यार्थीहरू उच्छृङ्खल बनेका छन् । कतिसम्म देखियो भने सरस्वतीको मूर्ति खोलामा सेलाउन गएका विद्यार्थीहरू बियरको बोतल लिएर नाचिरहेका छन् । चुरोटको धूवाँ बुङ्बुङ्ती उडाइरहेका छन् । अश्लील गीतमा अश्लील नृत्य गरिरहेका छन् । कतिपय ठाउँमा सरस्वती पूजाको लागि उठाइएको चन्दामा विद्यार्थीहरूले हिनामिना गरेर विवाद भएको पनि सुनियो । यथार्थमा विद्यार्थीको चरित्रसित अलिकति पनि नसुहाउने यस किसिमका कार्यहरूले उनीहरूको बाटो कता गइरहेको छ भन्नेतर्फ सोच्न हामीलाई बाध्य पारेको छ ।
पूरा समाज नै बिग्रिसक्यो भन्न खोजेको होइन । तर समाजका धेरै मान्यताहरू यसरी विघटन भइरहेका छन् । आजभन्दा दुई दशक पहिले अहिले माथि भनिएका कृत्यहरू विद्यार्थीको कल्पनाभन्दा निकै टाढा थियो । कसैले दुई दशकमा यतिको होला भनेर अनुमानसम्म गर्न सक्दैनथ्यो । पूजाको रकममा विद्यार्थीको भष्टाचारले विद्यार्थी र सदाचारिताका अनेकन मान्यताहरूलाई विघटन गरिदिएको छ । यसले सरस्वती पूजाको औचित्यमाथि नै प्रश्न उठाएको भन्न त मिल्दैन तर आस्थाको विघटनलाई भने अवश्य पनि प्रतिनिधित्व गरेको छ । आस्था कसैको निजी होला, विचारसित सम्बन्धित पक्ष हो तर परम्परागत आस्थामा भने विद्यार्थीले मूर्ति सेलाउन जाँदा बियरको बोतल लिएर नाचेको भन्ने कुरालाई यथार्थको अकल्पनीय विघटन नै मान्नुपर्छ । यसले विद्यार्थीको सपनालाई कसरी विम्बित गर्दछ वा विद्यार्थीको वर्तमानलाई कसरी प्रस्ट्याएको छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन जान्छ ।
यस अर्थमा भविष्यमा केही गर्नुपर्छ वा जीवनमा केही लक्ष्य लिनुपर्छ भन्ने मान्यतामाथि प्रश्न उठाएको हो कि ? एकथरी के भन्दछन् भने जीवन कसरी बाँच्नुपर्छ भन्ने कल्पनासमेत जीवन हो किनभने मानिस आशावादी प्राणी हो र हरेक क्षण उसले आउने समयमा राम्रो गर्ने आशामा केही गरेको हुन्छ । अर्कोथरी के मान्दछन् भने कल्पनामा हराएर होइन, यथार्थमा जे भोगिन्छ, जे बाँचिन्छ त्यही जीवन हो । जीवनलाई असत्य साबित गर्न काल्पनिक जीवनको कल्पना गरिन्छ । देवकोटाको भाषामा सत्य बीचमैं रहन्छ र कहिलेकाहीं सत्यलाई खोज्नेहरू नदीको दुई किनारामा कुदिरहेका हुन्छन् । दुवैले कहिले बालुवाको चमकलाई पानी भन्ठान्छन् त कहिले पानीसमेतलाई पानी देखिरहेका हुँदैनन् । जीवनमा केही गर्ने सोच राख्ने कि केही गर्ने भन्ने कुरो एकापसमा भिन्नजस्तो नलागे पनि मान्यतामा भने विशाल अन्तर रहेको देखिन्छ ।
जीवनको सपना एकथोक राखेर अर्थात् जीवनमा ठूलो मान्छे बन्छु भनेर हिंड्नेमध्ये अधिकांशले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन । थोरै मात्र सफल हुन्छन् । सफल हुनेले जीवनको आनन्द लिन पाए तर अधिकांश जो असफल भए, ती जीवनको आनन्दबाट वञ्चित भएर आफ्नो जीवनलाई निराशामा परिणत गरे । उनले सपना देखेकोजस्तो मानिसलाई आफ्नो अगाडि देख्दा वा आफूसँगै सपना देखेका कोही सपनाजस्तो बनेर कुनै बेला आफ्नो अगाडि उभिंदा जीवनमा निकै कष्ट हुँदोरहेछ । पहिलेको सपना यथार्थमा परिणत हुन नसक्दा सपनाले विपनालाई पनि लखेट्दो रहेछ कहिलेकाहीं । यसरी सपनाको छायाले पछ्याएको बखत आफ्नै जीवन विद्रूप लाग्न थाल्छ । कहिलेकाहीं निराशाको छारो यति धेरै परिदिन्छ वार्तमानिक भोगाइको यथार्थ जीवनमाथि कि धमिलो हुन जान्छ जीवन । अर्काको निम्ति पनि जीवनको परिभाषा नै बदलिन सक्छ । यस कारण सपना देखेर सपनामा बाँच्नुभन्दा सपना नदेख्नु नै जाती भन्ने मतावलम्बीहरू पनि रहेका छन् धेरै । यद्यपि देवकोटाले एक ठाउँमा भनेका छन् कि उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । अर्थात् जीवनमा ठूलो बन्ने वा कुनै राम्रो काम गर्ने सपना बोक्नुपर्दछ ।
बरालिएका सपनाहरूको खोजी गर्न कोही लाग्दैन, लाग्नुहुँदैन पनि । भारतीय प्रधानमन्त्री मोदी त झन् के भन्दछन् भने सपना देख्नै हुँदैन । सपना देख्नुभन्दा केही गर्ने चाहना राख्नुपर्दछ, केही गर्नुपर्दछ । अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि यही भनेका छन् कि आफूले ह्वाइट हाउसमा पुग्ने कल्पना पनि गरेको थिइनँ । मोदीको सपना त झन् प्रधानमन्त्री बन्ने भन्ने त छँदै थिएन । अगाडि जस्तो काम आए पनि गर्नुपर्छ, कामलाई मन लगाएर गर्नुपर्छ, जिम्मेवारी पूरा गर्नुपर्छ । केही गर्ने चाहनालाई मर्न दिनुहुन्न । आफूमा सधैं ताजा र सधैं कर्मशील बनेको अनुभूति रहँदा जुन क्षेत्रमा आफूले केही गर्न चाहेको हो, अवश्य पनि प्रतिफलले साथ दिनेछ । सफलताको पाइला चुम्नेछ । वास्तवमा मोदीको भनाइ यथार्थसित यति निकट छ कि आफूले केही गर्ने चाहना राख्दा चाहनालाई कसैले मार्न सक्दैन । चाहना अनुसार मानिस चल्ने हुनाले उसका हरेक पल र हरेक दिनका कुराहरू उसले आफ्नो वातावरण अनुसार तय गर्दै जाने हुन्छ ।
आजका हाम्रा ग्रामीण युवाहरूले सपना देख्न छाडेका छन् र आफ्नो देशमा आफ्नो भविष्य खोज्न पनि छाड्दै गएको अवस्था छ । हरेक दिन हजारौं युवा विदेशिएको यथार्थिक धरातलमा युवाले विदेशमा सानोतिनो काम गरेर नेपालमा बढी पढेकोभन्दा अझ बढी पैसा कमाउने सोच राख्न थालेको देखिन्छ । ग्रामीण युवाले स्वदेशमा रोजगारको अवस्था साँघुरिंदै गएको र अबको दिनमा एसएलसीमा कोही पनि फेल नहुने अवस्था आउन लागेकोलाई आकलन गरेर नै सरस्वती पूजामा बियरको बोतलबाट घुटको निल्दै नाच गरेको, अगरबत्तीको ठाउँमा चुरोटको धूवाँ बुङ्बुङ्ती उडाएको, सरस्वती वन्दनाको ठाउँमा यौनोत्तेजक गीत बजाएको, सांस्कृतिक कार्यक्रमको ठाउँमा अश्लील नृत्य गरेको र सदाचारिताको दृष्टान्त प्रस्तुत गर्नुपर्नेमा पूजाको प्रसाद र रकममा मनोमानी गरेको हुन सक्ला । यसले संस्कृतिको अन्तर्लयमा आएको विकृतिलाई पक्कै प्रस्तुत गर्दैन । किनभने यसले गर्दा संंस्कृतिमा विश्वव्यापीरूपमा विकृति आउनुपर्ने हो, मान्यतामा समेत विकृति आउनुपर्ने हो । औपचारिकतामा सीमित बनेर कतिपयले आफ्नो सीमित क्षेत्रमा ल्याएको विकृतिलाई समग्रमा मूल्याङ्न गरिहाल्न निकै हतार हुन्छ ।
जसले सपना देखिरहेका छन्, उनीहरू विघटित भइरहेका छन् । सपनाहरू पनि निराधार आइदिइरहेका हुन्छन् । मैले निकै नजिकबाट चिनेको एकजना निकै गरिबका छोरा निकै जान्ने हुँदाहुँदै पनि बिग्रिएर गएका छन् । साँच्चिकै आफ्नो पढाइको क्षमताको आधारमा देखेको सपना वर्तमान संसारको चलनमा आएपछि चकनाचूर भएको छ । यस कारण मानसिक सन्तुलन नै गुमाउन पुगेका छन् । भारतका प्रधानमन्त्री मोदीको भाषालाई फेरि यहाँ सापटी लिएर भन्नुपर्दा उनले सपना नदेखेर गर्न सक्ने आफ्नो सम्पूर्ण हैसियत अनुसार काम गरेको भए सम्भवत: आफूलाई यति छिटै यस रूपमा पाउने थिएनन् होला । यसले के देखाउँछ भने सपना देख्ने हैसियत चाहिन्छ तर मानिसको हातमा आफ्नो कर्म हुन्छ । उसले हरेक पल र हरेक क्षण आफ्नो कर्म गर्दै जानुपर्छ । आफ्नो कर्मले मानिसले काम गर्ने क्षेत्रमा सफलताका नयाँ सम्भवानाहरू ल्याउँछ । सम्भावनाको नयाँनयाँ खोजी उत्पन्न हुन्छ । केही गर्ने चाहनाका क्षेत्रहरू विस्तार हुँदै जान्छ । क्षेत्र विस्तार हुन नसके आफ्नो क्षेत्रमा गहिराइ बढाउँदै जान्छ । आखिर मानिसले खोज्ने त यही नै हो नि १
प्रत्येक मानिसले आफूले केही गरेको देख्न र अरूबाट सुन्न चाहन्छ । बिना कुनै कीर्ति र बिना कुनै यश यो त्यति बेला मात्र सम्भव छ, जति बेला गीताको निस्स्वार्थ कर्मलाई अँगाल्न सकिन्छ । आखिर यहाँ पनि उही सपनालाई त्यागेर कर्ममा विश्वासको कुरा आउँछ । जबसम्म हाम्रा युवामा केही गरूँ भन्ने चाहना उम्रँदैन, कसैले उनीहरूलाई सही बाटोमा ल्याउन प्रयास गर्नु जरुरी छ । देशमा निरन्तर बढिरहेको अन्योलको कुहिरोले समाजको हरेक वर्गलाई प्रत्यक्ष र परोक्ष प्रभावित गर्दै लगेको छ । समाजलाई विकृतिबाट बचाउने दायित्व लिनुपर्ने वर्गमा अनन्त विकृति भरिंदैछ । यस कुरामा समाज सचेत हुनु जरुरी छ ।