$type=ticker$count=12$cols=4$cate=0

गीतादेवीको मृत्यु

SHARE:

    बर्थिङ सेन्टरमा पुगेर पनि प्रसूति सेवा नपाई ज्यान गुमाएकी गीतादेवी रौनियारको सम्बन्धमा छानबिन तथा अनुसन्धानका लागि मध्यमाञ्चल क्षेत्रीय जनस्वास्थ्य कार्यालयले चासो देखाएको छ । छानबिन टोलीका सदस्यहरूले मृतकको घरपरिवारसँग सत्यतथ्य बुझ्नुका साथै दोषीमाथि कारबाई गर्ने प्रतिबद्धता जनाएका छन् । विपन्न परिवार तथा ग्रामीण बासिन्दा गीतादेवीका परिवारजनले घटना सम्बन्धमा कुनै आन्दोलन, हडताल वा बाधा विरोध गरेका छैनन् । अरू केही नभए पनि गाउँमा रहेको स्वास्थ्य केन्द्र घेराउ वा आरोपित स्वास्थ्यकर्मीविरुद्ध प्रदर्शन गर्न सकिन्थ्यो, तर रौनियार परिवारले सञ्चारकर्मीसँग आफ्नो व्यथा पोख्नुबाहेक केही गरेन । सोझा, निर्धा र दूरदराजका बासिन्दाका लागि पीडा पोख्न पनि गार्‍हो छ । पीडक पक्ष सञ्जाल बलियो बनाएर बसेका हुन्छन् । उपस्वास्थ्य चौकीमा काम गर्नेहरू गाउँमा डाक्टर साहेब कहलाइने हुँदा उनीहरू समाजका प्रतिष्ठित कोटीमा पर्छन् । गाउँबाट सदरमुकाममा आएर हल्लीखल्ली गर्ने पीडितको हैसियत हुँदैन ।  अधिकारवादी सङ्घसंस्थाहरू त झन् अपवादबाहेक शहरकेन्द्रित प्रतिवेदन र प्रचारमा मात्र सीमित छन् । यो अवस्थामा आवाजविहीनहरूको आवाजलाई सञ्चारले उचित स्थान दिन सकेन भने पीडित झन् पीडित हुने र पीडकको मनोबल बढ्दै जान्छ ।
    महुवन उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको लापर्बाही र गीतादेवीको मृत्युको घटनाबारे थोरै मात्रै भए पनि सञ्चारमाध्यमले उठाएको थियो । सोही कारण उक्त घटनबारे जिल्ला र मध्यमाञ्चल क्षेत्रीय जनस्वास्थ कार्यालयले  चासो देखाएको हो । यसले पीडित परिवारको मनमा ‘ए हाम्रो पीडाबारे पनि चासो दिने कुनै निकाय रहेछ’ भन्ने भावनाको विकास गरेको छ । यसबाट पीडित पक्षले मानसिकरूपमा केही राहत प्राप्त गर्नेछ । गाउँको उपस्वास्थ्य चौकीमा नियमित चेकजाँच गराउँदै आएकी गीतादेवीको स्वास्थ्य अवस्था र प्रसूति मिति स्वास्थ्यकर्मीलाई थाहा नभएको होइन । सामान्य रहेको भन्ने जानकारी पाएकै कारण उनी बर्थिङ सेन्टरको भर परेर बसिन् । गाउँमा  बर्थिङ सेन्टर नभइदिएको भए उनी प्रसूति सेवाका लागि अन्यत्र नै जाने थिइन् । सामान्य अवस्था बताइएका गर्भवती महिलाहरू सुत्केरी व्यथाले च्यापेपछि मात्रै बर्थिङ सेन्टरमा पुग्छन् । त्यहाँ प्रसूति व्यथा शुरू भएदेखि शिशु जन्मेको २ घण्टापछिसम्म स्वास्थ्यकर्मीको रेखदेख हुन्छ । जसले जोखिम टर्छ ।
    कार्यालय समयको बेला बर्थिङ सेन्टर पुगेकी गीतादेवीले उपस्वास्थ्य चौकीमा उपचार पाउन सकिनन् । पूर्व सूचनाबिना नै उपस्वास्थ्य चौकी बन्द थियो, स्वास्थ्यकर्मीहरू उक्त गाउँमा समेत थिएनन् । बर्थिङ सेन्टरबाट फर्कंदै गर्दा बाटोमा सकुशल शिशु जन्माएकी गीतादेवीको अत्यधिक रक्तस्रावको कारण केही समयपछि मृत्यु भयो । जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय कार्यालय तथा छानबिन समितिमा इमानदारिता छ भने उपस्वास्थ्य चौकीका गैरजिम्मेवार स्वास्थ्यकर्मीहरूलाई कारबाई गर्न पर्याप्त प्रमाणहरू छन् । दोषीलाई कडा कारबाई र पीडित परिवारलाई न्यायोचित राहतको व्यवस्थाका साथै नवजात शिशुको संरक्षणको दायित्व सरकारले लिनुपर्छ । होइन भने घटनालाई ढाकछोप गर्नका लागि मात्र नाटक मञ्चन गरिएको हो भने गैरजिम्मेवारहरूका कारण गीतादेवी जस्तै धेरै देवीहरूको जीवन जोखिममा पर्नेछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : गीतादेवीको मृत्यु
गीतादेवीको मृत्यु
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/01/blog-post_408.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/01/blog-post_408.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy