सञ्जय साह ‘मित्र’
अहिले मुलुकमाथि देशी–विदेशीहरूले निकै चाखलाग्दो हाँसो हाँसेको अवस्था छ । ऐतिहासिक भनिएको दोस्रो जनआन्दोलनपश्चात्को सबैभन्दा ठूलो प्रतीक्षाको दिनको रूपमा रहेको माघ ८ को अत्यन्त सहज अवसान भनूँ कि व्यङ्ग्यात्मकरूपमा होला भनेर कसैले कल्पना पनि गरेका थिएनन् । अहिले नेपाली हाँसोको पात्र बनेका छन् भन्ने लागेको छ ।
केही दिनअघि एक ठाउँमा रमाइलो भेटघाटको वातावरण थियो । रौतहटको नुनथरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न थालिएको छ । त्यहाँ मधेसका विभिन्न जिल्ला र भारतबाट समेत पिकनिक खान मानिसहरूको ओइरो लाग्न थालेको छ । अलिअलि पानी परेको दिन थियो । दिनरात एकै किसिमको जाडो हुने मौसममा पानी परेपछि जाडोको जवानीमा होली त हुने नै भयो । त्यसै पनि पिउनेहरूलाई हरेक मौसमले चुनौती दिइरहेको हुन्छ । पिउँदै नपिउने, कहिलेकाहीं पिउने, कसैले बलजफ्ती गरेपछि अलिअलि पिउने र जतिसुकै धेरै पाए पनि पिउन चाहिं नछोड्ने गरी हामी सबै किसिमका व्यक्ति थियौं, त्यस भेटघाटको दिन । भएको के थियो भने एक दिन गफैगफमा जाडोलाई चुनौती दिन नुनथर पहाड जान एकजना मित्रले आफ्नो बसलाई निश्शुल्क उपलब्ध गराइदिए । बसमा बस्नेजति सबैले आफ्नो सम्पूर्ण खर्च दामासाहीले आपैंm बेहोर्नुपर्ने बताइयो । वास्तवमा कतै जानलाई बहाना चाहिन्छ हामीलाई । बहानामा बहकियौं र पुग्यौं नुनथर । त्यो दिन जुन दिन धरतीलाई अनुहार देखाउन पनि सायद लाज लागिरहेको थियो सूर्यलाई ।
बागमती नदीको चिसो बतास, सिमसिमे पानी र कैयौं दिनदेखि घाम नलागेको अवस्थाले पिउनेहरूलाई उक्सायो । कसैले बलजफ्ती पिउन कर गरेपछि पिउने र सित्तैमा पाएपछि मात्र पिउनेहरूको समूहले जहिले पनि लेखनाथको कविताले भनेभैंm खहरेले थोरै पानी पाउँदा पनि बढी गडगडाउँछ । राग न तालका गीतहरू गुञ्जिन थाले, सुर न तालका नृत्यहरूले झरीलाई बिर्साइदिए । वातावरणमा कस्तो देखिएको थियो भने कहिल्यै नपिउनेहरू पागल बन्न सक्छन् हाँस्दाहाँस्दै । कहिलेकाहीं जति खोज्दा पनि नपाइने हाँसो त्यहाँ बागमतीको जलराशिभन्दा करोडौं गुणा बढीले खेर गइरहेको देखिन्थ्यो ।
यसैबीचमा एकजनाले मैथिलीमा गीत गाए । मैथिली गीतको टुटेफुटेको स्वरलाई कसैले पछाडिबाट अङ्ग्रेजीमा गाउनलाई जिस्क्यादिए ।
अरू त के चाहियो, नसकिने होइन क्यारे भनी मैथिलीमा भनिएको अगिको गीतलाई अङ्ग्रेजीमा भट्याउन थाले– इन बिन्जल बारी............. । यो कुनै गीत थिएन । मनोरञ्जनको उद्देश्यले गरिएको कुनै पनि गीत, लय, सुर र गायनको मर्ममाथि सबैभन्दा ठूलो प्रहार थियो । यसको परिणति के देखियो भने हाँसोको सीमाहीन विस्तार भयो । फाटफुट हिंडेका अरूहरू पनि मर्ने गरी हाँस्दै गए । हामी पेट मिचिमिची मूर्छा पर्ने गरी हाँस्यौं । सबैको मतमा दशकको ऐतिहासिक हाँसो रह्यो । सन्दर्भ होइन यो ।
अब फेरि सन्दर्भतिर । हो, हामीले लिएर गएका पकाउनेबाहेक घटीमा सबैजना स्नातकोत्तर थियौं । अहिलेको समयमा स्नातकोत्तरको सामान्य पदलाई भन्दा राज्यले कम्तीमा चार दोब्बर तलब र भत्ता गरी सभासद्लाई उपलब्ध गराएको छ । गत करिब एक दशकमा नेपालीले चार वर्षमा संविधान बनाएन । जग हँसाइ भयो । पहिलेको निर्वाचनमा नेपाली काङ्ग्रेसको हारले जग हँसाइ भएको थियो भने पछिल्लो चुनावमा एमाओवादीको हारले दोस्रो जग हँसाइ भयो । कसैले लज्जाबोध गरे, कसैले गर्वको अनुभूति गरे । अनुभूति त नितान्त व्यक्तिगत हुन्छ । संविधानसभाको विघटन हुँदा पनि नेपालीको शिर निहुरिएकै थियो । साराले नेपालीमाथि केही गर्न नसकेको भनी टिप्पणी गरेकै हो । तर सबैले सामूहिकरूपमा हातमा हात मिलाएर, एउटै मञ्चबाट, साराका अगाडि एउटै स्वरमा दुवै हात उचालेर अब हामी एक वर्षमा संविधान बनाउँछौं भनी गरेका प्रतिबद्धता यसरी विघटन हुन्छ भनी कसैले कल्पनासमेत गरेका थिएनन् ।
देशले यसरी आपैंmबाट आपैंm लज्जित हुनुपर्ने अवस्था आउँला भनेर कसैले कल्पनासम्म पनि गरेका थिएनन् । व्यङ्ग्यात्मकरूपमा भन्ने हो भने योभन्दा ठूलो हाँसो अर्थात् जग हँसाइको दिन दशकको कुनै होला र १