बासुदेवलाल दास
द्विरागमनको चौथो दिनमा ‘भरफोरी’ नामक विशेष विधि सम्पन्न गरेपछि नववधूलाई भान्सामा प्रवेश गराइन्छ । यसै दिन वधूद्वारा माछा काटिने र पकाइने गरिन्छ । यस प्रकार नववधूद्वारा सर्वप्रथम भान्सामा प्रवेश गर्दाको अवसरमा माछाको व्यवहारलाई अनिवार्य बनाइएको देखिन्छ । माछालाई सुख र समृद्धिको प्रतीक मानेर नववधूलाई माछाको परिकारका साथ भान्सा कार्यमा प्रवेश गराएर पारिवारिक सुख र समृद्धिमा अभिवृद्धिको कामना गरिएको मान्यता मिथिला क्षेत्रमा रहेको पाइन्छ । यसरी नै यस क्षेत्रमा नवगृहको निर्माण गरी गृहप्रवेशको विधि सम्पन्न गरेपछि घरमा पाककार्यमा सामिष वस्तुको प्रथमत: समावेश गराइने बखतमा सर्वप्रथम माछा पकाइने परम्परा रहेको छ । यसरी माछाको पाक भइसकेपछि मात्र मासुको पाककार्य गर्ने प्रचलन रहेको देखिन्छ ।
मिथिला क्षेत्रमा श्रावण महिनाको कृष्णपक्षको पञ्चमी तिथिदेखि शुक्लपक्षको तृतीया तिथिसम्म विशेष विधिपूर्वक मधुश्रावणी पर्व मनाइने गरिन्छ । यो नवविवाहिताले मनाउने पर्व हो । यस पर्वको मिथिलामा ठूलो सांस्कृतिक महत्त्व रहेको छ । यस पर्व अन्तर्गत प्रत्येक दिन कथा भन्ने गरिन्छ, जस अन्तर्गतको एउटा कथामा भगवान् महादेवलाई माछा खान मन लागेको तथा गौरीले केही असजिलो अवस्थामा परेर पनि माछा ल्याएर खुवाएको प्रस· वर्णित रहेको छ । यसरी नै आश्विन महिनाको कृष्णपक्ष (पितृपक्ष) अन्तर्गतको अष्टमी तिथिका दिन जितिया पर्व मनाइने गरिन्छ । यस अन्तर्गत सप्तमी तिथिका दिन नहाएखाए भनेर माछा र मरुआ (कोदो)को रोटी खाने गरिन्छ । भगवान् महादेवका छोरा कुमार कार्तिकेयलाई मिथिलाको बोलीमा ‘कतिकाकुमर’ भनिन्छ । यिनीलाई कार्तिक महिनाका देवताको रूपमा मानिन्छ । मिथिला क्षेत्रका कतिपय गाउँमा यी देवतालाई कार्तिक महिनामा मरुआ (कोदो)को लिट्टी र माछाको सुकुटी चढाइने गरिन्छ । यस्तो नेवैद्य आँगनभन्दा बाहिरी क्षेत्र यथा बारी जस्ता स्थानमा चढाइने गरिन्छ । यसका साथै यस क्षेत्रका कतिपय गाउँमा कार्तिक महिनाको शुक्लपक्षको सप्तमी तिथिका दिन अर्थात् छठी पर्वको पारणका दिन माछा खाने गरिएको देखिन्छ ।
मिथिलाको कला र संस्कृतिमा माछाको उपयोग विविध प्रकारले गरिएको पाइन्छ । विश्वप्रसिद्ध मिथिलाको चित्रकलामा माछाको चित्राड्ढन अनेक प्रकारबाट गरिएको देखिन्छ । यसका साथै यस क्षेत्रमा कलात्मक वस्तुको निर्माणको क्षेत्रमा समेत माछाको आकार र आकृतिलाई अत्यन्त लोकप्रियता प्राप्त रहेको देख्न सकिन्छ । यसमा आकार भनेको माछाको चित्रलाई अड्ढित गरिनु एवं आकृति भनेको कुनै पनि वस्तुलाई माछाको स्वरूपमा निर्मित गर्नु हो । यस सन्दर्भमा कर (खढ विशेष) र सीकी
(झार विशेष)द्वारा अति कलात्मक ढ·ले र·ीच·ी पारेर बनाइने भाँडाहरूमा माछाको आकार बनाइने गरिन्छ । यस्ता भाँडाहरूमा चंगेरी, डाली, धामा, पथिया, पनपथिया, भौकी, मौनी इत्यादि हुने गर्दछन् । यसरी नै गहुँको सुकेको डाँठबाट बनाइने पङ्खा विशेषमा पनि माछाको चित्राड्ढन गरिएको देखिन्छ । यस्तो पङ्खालाई मैथिली भाषामा ‘बीऐन’ भनिन्छ । यसमा गहुँका डाँठहरूलाई विविध र·का धागोद्वारा बाँधेर कलात्मक ढ·मा पङ्खा बनाइन्छ । यस्तो पङ्खामा धागोद्वारा माछाको आकार बनाइने गरिन्छ ।
यस्तै प्रकारले काठबाट बनाइने घरेलु उपयोगका वस्तुहरू यथा तेल राख्ने ‘माली’ तथा ‘टारी’ वा ‘टारा’, दीपदानीको आधार तथा स्तम्भमा प्रयुक्त काठ, चुलेसीको आधारमा राखिने काठ इत्यादिका साथै घरका झ्याल र ढोकामा समेत माछाका आकार र आकृति विषयक कलात्मकता देख्न सकिन्छन् । अर्कोतिर सुन र चाँदीबाट बनाइने गरगहनाहरू पनि माछाको आकार र आकृतिमा बनाइने गरिएका देखिन्छन् ।
यस अन्तर्गत कपालमा लगाइने चाँप, नाकमा फुली, कानमा कर्णफूल, गलामा हार, हातमा हथसंकर, कमरमा डरकस आदिका साथै औलामा लगाइने औठीमा समेत माछाका आकार र आकृति बनाइने गरिएका पाइन्छन् । यस्तै धातुबाट बनाइने पान राख्ने पनबट्टा, पान–सुपारी पस्किने पानदान, सिन्दूर राख्ने बट्टा, जसलाई मैथिली भाषामा ‘सपरी’ भनिन्छ, इत्यादि उपयोगी वस्तुहरू पनि माछाको आकार र आकृतिमा बनाइने गरिन्छन् । यस्ता वस्तुको निर्माणमा चाँदी, पित्तल, तामा, काँस जस्ता धातुहरूको समेत प्रयोग गरिने गरिएको पाइन्छ । त्यस्तै फलामबाट बनाइने अनेक प्रकारका घरेलु उपयोगका वस्तुहरू यथा तरकारी काट्ने चुलेसी, गाँजल राख्ने भाँडो ‘करछुल्ली’ आदि पनि माछाको आकृतिमा बनाइने गरिएका पाइन्छन् । करछुल्लीको निर्माणमा फलामको अतिरिक्त अन्य धातुको समेत उपयोग गरिएको हुन्छ । यसरी नै साना बालबालिकाका लागि बनाइने विविध प्रकारका खेलौनाहरू, जसको निर्माण बाँस, काठ इत्यादिबाट गरिएका हुन्छन्, तिनीहरू पनि माछाको आकार र आकृतिका बनाइने गरिएका देखिन्छन् ।
माछा प्रत्यक्षत: खाने जीववस्तु नै हो । मिथिला क्षेत्रमा माछाको खाना अत्यन्त लोकप्रिय रहेको छ । यो यति लोकप्रिय रहेको छ कि यसलाई साक्षात् रूपमा पकाएर खानुका साथै अन्य खाद्यवस्तुलाई समेत माछाको आकार र आकृतिमा बनाएर खाने गरिन्छ । उदाहरणार्थ, दैनिकजसो रोटी पकाइने बखतमा घरमा रहेका साना बालबालिकाका लागि साना आकारका रोटी पकाइदिने गरिन्छ । यस्ता साना आकारका रोटीलाई मैथिली भाषामा ‘टिकरी’ भनिन्छ । यसरी टिकरी पकाउँदा विभिन्न वस्तुका आकार र आकृति बनाइदिने गरिन्छन्, जसले गर्दा बालबालिकाहरू रमाएर खाने गर्दछन् । यस्ता आकार र आकृतिहरूमा सुगा, मैना, तितिर, परेवा, डमरु, त्रिशूल, गदा, चक्र इत्यादिका साथै माछाको आकृति पनि हुने गर्दछ । यसरी नै मिथिला क्षेत्रमा पौष महिनामा ‘बगिया’ खाने प्रचलन रहेको पाइन्छ, जसलाई, पौष
(पुस) महिनामा खाइने हुनाले अर्को शब्दमा ‘पुसोंठ’ पनि भनिन्छ । बगिया भनेको अरबा चामलको पीठोबाट बनाइने विशेष प्रकारको खाद्यवस्तु हो । यस परिकारका ‘बगिया’ र ‘गोझा’ गरी दुई प्रकार हुने गर्दछन् । यसमा बगिया भनेको सादा पीठोबाट बनाइन्छ भने गोझा भनेको नुनिलो र गुलियो गरी दुई प्रकारको हुने गर्दछ । यसमा नुनिलो गोझामा कुर्थी
(गहत)को दाल, लसुन, नुन आदिको प्रयोग गरिन्छ भने गुलियो गोझामा मीठा
(गुड)को प्रयोग गरिन्छ । यसरी बनाइने बगिया र गोझा अन्तर्गत अनेक आकार र आकृति बनाइने गरिन्छ, जसमध्ये माछाको आकृति पनि एउटा हुने गर्दछ । त्यस्तै मिथिला क्षेत्रको भोजनमा ‘लिखुआ’ नामक विशेष परिकारको प्रचलन रहेको छ । यसमा मासको दालको पीठोद्वारा, जसलाई मैथिली भाषामा ‘घाठि’ भनिन्छ, विशेष प्रविधिबाट विभिन्न प्रकारका आकार र आकृति बनाइने गरिन्छन् । यो लिखुआ परिकार नुनिलो वस्तु हुने गर्दछ तथा यसलाई तेल वा घ्यूमा पकाएर कुरुमकुरुम गरी दाँतले चपाएर खाने गरिन्छ । यस लिखुआ परिकार अन्तर्गत खासगरी माछाको आकृति पनि बनाइने गरिन्छ । यस खाद्य परिकारलाई विशेषरूपमा जन्ती तथा मान्य कुटुम्बवर्गको भोजनमा पस्किने गरिन्छ । यसका साथै छोरीको बिदाइको बखत उसलाई दिइने खाद्यवस्तुहरू, जसलाई मैथिली भाषामा ‘साँठ’ भनिन्छ, त्यस अन्तर्गत पनि लिखुआ परिकार दिइने गरिन्छ ।
मिथिला क्षेत्रमा भोजनका वस्तुहरूमा सामिष पदार्थहरूमध्ये माछाको महत्त्वपूर्ण स्थान रहने गर्दछ । माछा यस क्षेत्रमा अति लोकप्रिय रहेको छ । मिथिला क्षेत्रमा नदी र पोखरीको बाहुल्य रहेको देखिन्छ । यस्ता नदी र पोखरीहरूमा विविध प्रकारका माछा पाइने गर्दछन् । मिथिला क्षेत्रमा पाइने माछाका प्रकारहरूमा अन्हई (बामी), इचना (झि·ा), कबइ, काँटी, कोतरा (कोतरी), गरइ, गरचुन्नी, गैंचा, चेंगा, चेल्हबा, टेंगरा, नैनी, पोठिया
(पोठा), बुआरी, भाकुर (भकुरा), भुन्ना, भुल्ला (बुल्ला), माँगुर, मारा, रेवा, रोहु, लेटबा, सिंही, सौरा, हिलसा इत्यादि हुन् । मिथिला क्षेत्रमा कुटुम्बवर्ग भनेर ज्वाइँ, भानिज, साढु, समधी, साला र भिनाजु गरी छवटा नाता पर्ने व्यक्तिलाई मानिने गरिन्छ । कुटुम्बवर्गको भोजनमा माछाको परिकार पस्किनु प्रशंसनीय मानिन्छ । माछाका खाने परिकार अनेक प्रकारले तयार गरिन्छन् । यस अन्तर्गत माछालाई सुकाएर पनि खाने गरिन्छ, जसलाई ‘सिधरी’ भनिन्छ । सिधरीलाई आलु तथा लौकासित मिसाएर तरकारीको रूपमा समेत पकाइने प्रचलन पाइन्छ । मिथिलामा माछाका साथ ज्यामिरको रस खाने प्रचलन पनि रहेको छ ।
यसका साथै कतिपय भोजको अवसरमा माछाको परिकार पस्किने गरिन्छ । मिथिला क्षेत्रमा शिशुको जन्मको छैटौं दिनमा गरिने ‘छठियार’ विधिको अवसरमा आयोजना गरिने भोजमा माछाको अनिवार्यता रहने परम्परा देखिन्छ । अर्कोतिर श्राद्धकर्मको समाप्तिको भोलिपल्ट कर्ता (क्रियापुत्र) तथा पाचक (क्रियामा सहायक)सहित पारिवारिक व्यक्तिहरूद्वारा माछा खाने एवं भोज गर्ने प्रचलन रहेको छ, जसलाई अर्को शब्दमा ‘कर्ता माछ–मासु’ भनिन्छ । यस दिन कतिपय स्थानमा मासु खानेसमेत गरिएको देखिन्छ, परन्तु मिथिलाको परम्परामा यस दिन माछा नै खाने प्रचलन रहेको पाइन्छ । यस प्रकार जीवनको आरम्भिक संस्कार ‘छठियार’को अवसरमा एवं अन्तिम संस्कारको समाप्तिको अवसरमा समेत माछा खाने–खुवाउने प्रचलन मिथिला क्षेत्रमा रहेको देखिन्छ, जुन सांस्कृतिक दृष्टिकोणले विचारणीय रहेको भनिन्छ । त्यस्तै मिथिला क्षेत्रमा श्राद्धकर्मको अवसरमा एकादशा कर्मका दिन श्राद्धस्थल (घाट)निर माछा राखिने गरिन्छ । यस अवसरमा माछामा बेसार दलेर काँटी र कपासका साथ राखिन्छ । मिथिला क्षेत्रमा मान्यता रहेको पाइन्छ कि प्रेतवर्गलाई केरा, कबकब (प्राय: ओल, तरकारी विशेष) र मीन (माछा) साह्रै मन पर्ने गर्दछ । यसरी मिथिलाका निवासीहरू एकातिर बाचुन्जेल माछा खाने गर्दछन् भने मृत्योपरान्त प्रेतवर्गमा भएर पनि माछा मन पराउने हुन्छन् । अर्कोतिर मैथिल ब्राह्मण जातिमा श्राद्धकर्मका एकादशा र द्वादशा दुवै दिन श्राद्धस्थलमा महापात्र–ब्राह्मणद्वारा माछा पकाएर नै खाने गरिन्छ ।
यस प्रकार मिथिला क्षेत्रको संस्कृतिमा माछाको प्रभाव व्यापकरूपमा परेको देखिन्छ । यस सन्दर्भमा यस क्षेत्रको समाजमा माछा विषयक कतिपय कर्णप्रिय तथा कतिपय कर्णकटुसमेत वाक्यांशहरू प्रचलित रहेका पाइन्छन् । यस्ता उक्तिहरू कतिपय अवस्थामा हास्य–व्यङ्ग्यको रूपमा पनि प्रयोग गरिने गरिएका पाइन्छन् । यस्ता केही उक्तिहरू यस प्रकार रहेका छन्:–
माछ–भात पाँच हाथ ।
गरइ गंगा कबइ काशी ।
किनको कुटिया किनको झोर, किनको आँखिसँ बहए नोर ।
कातिक मास जे गैंचा खाए, ससरि फसरि वैकुण्ठे जाए ।
गरम गरम इचना के तरूआ जौं मुँहमें नहिं गेल, तखन मनुख जनम की भेल ।
प्रेतक तीमन तीन, केरा कबकब मीन ।
जम्बीर नीर परिपूरित मत्स्य खण्डे ।
यस प्रकार मिथिलाको जनजीवनमा तथा यस क्षेत्रका कला र संस्कृतिमा समेत माछाको उपयोग, प्रयोग एवं यस विषयक चिन्तनले व्यापकरूपमा प्रभाव राख्ने गरेको तथा अनन्य भावले सन्निहित रहेको पाइन्छ । यस सन्दर्भमा यस विषयमा विस्तृत अध्ययन र अन्वेषण भएमा अझ बढी जानकारी प्राप्त हुने विश्वास गर्न सकिन्छ ।