प्रस, वीरगंज, १५ माघ/
मोबाइल फोनमा एसएमएस पठाइ एवं कल गरी मानिसहरूलाई नगद, जिन्सी उपहार परेको भनी सोको करबापतको रकम बैंकमा दाखिला गराउन लगाएर ठगी गर्ने कार्यमा संलग्न एकजना नेपालीसहित तीनजना भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
आज पत्रकार सम्मेलन गरी जिप्रका पर्साले ठगी आरोपमा पक्राउ परेका भारतको विहार राज्यको सिवान निवासी नीरज माझी, गोपालगंज निवासी रियाज अली र पथरा निवासी इमान अली तथा बारा जिल्ला गाविस लिपनीबिर्ता निवासी छोटेलाल सहनीलाई आज सार्वजनिक गरेको थियो ।
मोबाइल फोनमा एसएमएस र कल गरी उपहार परेको जानकारी दिने र सो उपहारप्राप्तिको लागि १० प्रतिशत रकम बैंक दाखिला गर्न लगाउने तर सो उपहार उपलब्ध नभएपछि ठगिएका व्यक्तिहरूले लिखित उजुरी दिएपछि सो ठगीको अनुसन्धान गर्दा एकजना नेपाली र तीनजना भारतीय पक्राउ परेका जिप्रका पर्साले जनाएको छ ।
घटना सम्बन्धमा थप व्यक्तिहरूको संलग्नता भएकाले सो सम्बन्धमा अनुसन्धान जारी रहेको पनि जिप्रका पर्साले बताएको छ ।
पक्राउ परेकाहरूबाट विभिन्न बैंकका २० वटा एटिएम कार्ड र १२ थान सिमकार्ड फेला परेको प्रहरीले बताएको छ । ठगी सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा ठगिनेहरूमध्ये पाँचजनाले लिखित उजुरी दिएका र दुई दर्जनभन्दा बढी व्यक्तिले मौखिक उजुरी दिएका पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।