डा. रमेश मिश्र
कास श्वसनवह संस्थानको विकृतिको कारण श्लेष्मायुक्त अथवा श्लेष्मारहित उर: प्रदेशमा शूलको साथ उत्पन्न हुन्छ । यसलाई नै कास अर्थात् खोकी भनिन्छ । आयुर्वेद अनुसार जब प्राणवायु उदानवायुको साथमा मिलेर वेगको साथ कण्ठबाट बाहिर निस्किन्छ, तब घाँटीमा खराबीबाट रुघाखोकी हुन्छ वा खर खर भएर कास हुन्छ । कहिले सुक्खा आवाज भएको खोकी हुन्छ त कहिले कफ भएको खोकी हुन्छ ।
कास अर्थात् खोकी पहिले उत्पन्न कुनै रोगको कारणले हुँदैन भने त्यस्तो कासलाई स्वतन्त्र भनिन्छ । त्यस्तै पहिले कुनै रोगको कारण खोकी लागिरहन्छ भने त्यस्तो कासलाई परतन्त्र भनिन्छ र यो कुनै न कुनै रोगको लक्षणको रूपमा हुन्छ । आयुर्वेद अनुसार २३ प्रकारका रोगहरूको लक्षणको रूपमा कास अर्थात् खोकीलाई मानिन्छ । भनाइ पनि छ, जसरी हाँसीहाँसी झगडा बढेर मारपिट हुन्छ, त्यस्तै कास अर्थात् खोकीको रोकथाम गरिएन भने यो बढेर दम, बाडुली, शोष राजयक्षमा, उरक्षत, रक्तपित जस्ता रोग उत्पन्न हुन्छन् ।
बढी धुवाँ, धूलो भएको ठाउँमा बास गर्नु, बढी रूक्ष अन्न वा पेय पदार्थको सेवन गर्नु । शक्तिभन्दा बढी काम गर्नु, हाछ्यूँको वेगलाई रोक्नु, मलमूत्रको वेगलाई रोक्नु, बढी चिसो लाग्नु कास अर्थात् खोकी हुने कारणहरू हुन् । आयुर्वेद अनुसार कास वातज, पितज, कफज, क्षतज र क्षयज भेदले पाँच प्रकारका हुन्छन् । जुन लक्षणको आधारमा छुट्याउन सकिन्छ र कासको भेद अनुसार चिकित्सा व्यवस्था गरिन्छ । आयुर्वेदमा पञ्चकर्मको स्नेहन, वमन र विरेचन गराइ कासको भेदानुसार निम्न औषधि र जडीबुटीको प्रयोग गरिन्छ । सितोपलादि चूर्ण, कण्ठकारी घृत, लवगादि वटी, खदिरादी वटी, एलादि वटी, वासावलेह, त्रिकटु चूर्ण, यष्टी मधु, तुलसी, पिप्पली, पुष्करमूल, वास र हरिद्राको साथसाथै अन्य औषधि र जडीबुटीको प्रयोग गरिन्छ ।
रोटी, हरियो मुङ, पुरानो चामल, लसुन, अदुवा, कालो मरिच, दूध, मह, मनतातो पानी, योगा, प्राणायाम पथ्य हुन् भने मिठाइ, चिसो खानेकुरा, दही, सरसोको साग, शीत र आर्द वातावरण, धूलो, धुवाँ अपथ्य हुन् । अत: कास रोग लागेमा आफूखुशी औषधिसेवन गर्नुहुँदैन । बरु चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधिसेवन गर्नुपर्छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, कलैया