$type=ticker$count=12$cols=4$cate=0

विवाह र संस्कार

SHARE:

शीतल गिरी
    जब बालक या बालिका ठूला हुन्छन्, हर्षोल्लासका साथ विवाह संस्कारको माध्यमबाट पतिपत्नीको रूपमा धार्मिक र सामाजीक मान्यता स्थापित गरिन्छ । अरू संस्कारभन्दा विवाह संस्कार एकदम ठूलो हुन्छ ।
    विवाहको अवसरमा थुप्रै किसिमका विधि (रितीरिवाज) हुन्छ । त्यस अनुसार मानिसले विधि सम्पन्न गर्छन् । ‘बिआह से बिआह के विध भारी’ अर्थात् विवाह भन्दा धेरै गार्‍हो त्यसका विधिहरू छन् । यस अवसरमा दुलाहादुलहीलाई केन्द्रमा राखेर गीत गाउने गरिन्छ । यो परम्परा नेपालीय बज्जिकाको लोकजीवनमा धेरै पुरानो हो ।
    केटा र केटी दुवैको विवाहमा संस्कारसँग जोडिएको गीत एकै किसिमले गाउने गरिन्छ । विवाहको परिदृश्य धेरै मनमोहक हुन्छ । परम्परागत विधिहरू बाहेक केही यस्ता विधिहरू पनि हुन्छन्, जुन हास–परिहासको लागि गर्ने गरिन्छ, जस्तो जुत्ता चोर्ने, कन्या चिनाउने आदि ।
    बज्जिकाभाषी समाज नेपालको मध्य तराईको एउटा प्रमुख समाज हो । बज्जिकाभाषीको बसोबास नारायणी अञ्चलको बारा, रौतहट र जनकपुर अञ्चलको सर्लाही, महोत्तरीमा पाइन्छ ।
बज्जि गणराज्यको प्रागैतिहास निकै गौरवशाली रहेको छ । अन्वेषण गर्दै गयौं भने नेपाल उपत्यकामा शासन गर्ने र विक्रम संवत् चलाउने लिच्छविहरू बज्जि गणराज्यबाट गएको प्रमाण पाइन्छ । कोलकाता विश्वविद्यालयका इतिहासका खोजकर्ता पं. भगवानलाल इन्द्रजीतले पनि विक्रम संवत् नेपालका लिच्छवि राजाहरूकै पालाको उपज भनेका छन् । मगधका राजाहरू नेपालका लिच्छवि राजाहरूसँग अत्यन्त प्रभावित भई लिच्छवि कन्यासँग वैवाहिक सम्बन्ध कायम गरेको हुँदा नै चन्द्रगुप्त प्रथमले आफ्ना मुद्रामा लिच्छवय: अड्ढित गराएका थिए । र पछिका मुद्रामा लिच्छवि दौहित्री अड्ढित गराई चन्द्रगुप्त द्वितीयले आफूलाई विक्रमादित्यको उपाधिले सुशोभित (ई.स.४०० तिर) गरे ।
उपर्युक्त उदाहरण यहाँ उद्धृत गर्नुको मुख्य उद्देश्य के हो भने बज्जिहरूमा अन्तर्जातीय विवाहको परम्परा पनि प्राचीन कालदेखि रहिआएको छ र आज पनि यो फाटफुट प्रचलित छ । अब हेरौं बज्जिका क्षेत्रमा विवाह प्रथाको प्रचलन कसरी र कुन किसिमबाट भयो ।         बज्जिका क्षेत्रमा विवालाई धार्मिक महत्त्व एवं मान्यता पनि प्रदान गरिएको छ । बज्जिकाभाषीहरू शतप्रतिशत हिन्दू धर्मावलम्बी भएका हुनाले यिनीहरूको आस्थाको केन्द्रबिन्दु पुनर्जन्म हो ।
    पुनर्जन्ममा विश्वास भएको हुनाले विवाहलाई बज्जिहरू धार्मिक संस्कारसित जोड्ने गर्दछन् । विवाहलाई पुनर्जन्मको प्रतिफल मानेर विश्वास गर्ने यी बज्जिहरू विवाहको बन्धनलाई धेरै बलियो मान्दछन् । विभिन्न परिभाषाहरूका आधारमा के भन्न सकिन्छ भने विवाह दुई विपरीत लि·को समाजस्वीकृत सम्बन्ध हो जसको प्रमुख उद्देश्य मनोरञ्जन, प्रजनन र कहिलेकाही समय, परिस्थिति, देश र काल अनुसार नियोजन गर्नु तथा सामाजिक उत्तरदायित्व वहन गर्नु हो ।
    बज्जिका क्षेत्रमा विवाहको निर्णायक प्रमुख तत्त्व हो– जाति । बज्जिका क्षेत्रका विभिन्न जातका मानिसहरू आफ्नो जाति बाहेक अन्य जातिमा हतपत वैवाहिक सम्बन्ध स्थापित गर्न रुचाउँदैनन् । अन्तर्जातीय विवाह बज्जिका क्षेत्रमा अहिलेसम्म समय सुहाउँदो र समाज स्वीकृत मानिएको छैन ।
    साधारणतया एक जातिको मानिस आफ्नो जातिबाहेक अन्य जातिमा बिहे गर्दैन, किनभने जातीयता नै बिहेको मुख्य मापदण्ड हुन्छ । यसमा अचेल शिक्षित समाजमा एक–दुईवटा अपवादबाहेक कुनै परिवर्तन आएको छैन । कहींकतै शिक्षितहरूबीच बज्जिका क्षेत्रमा प्रेम विवाहले गर्दा अन्तर्जातीय विवाह भएको हामी पाउँदछौं ।
    यसबाहेक अन्तर्जातीय एवं अन्तर्सांस्कृतिक विवाह यस क्षेत्रमा नगण्य नै भन्न सकिन्छ । छोरा या छोरी विवाह योग्य भएपछि योग्य बुहारी या ज्वाइँको खोजी गरी विवाहको लागि जन्ती प्रस्थान गर्ने सगुन (साइत) निकालिन्छ । बज्जिका क्षेत्रमा जब जन्ती लिएर खुबै धुमधामसित दुलहीको घरमा पुग्दछ, सबभन्दा पहिले पुरोहितद्वारा म·ल–मन्त्रोचारण गर्ने गरिन्छ । त्यस बेला अनेकौं थरीका बाजा बजाइन्छ, मानिस खुशीसाथ नाच्न थाल्दछन् र दुलहीतर्फका मानिसले जन्तीको स्वागत माल्यार्पण गरेर गर्दछन् । त्यहाँ आइमाईहरू दुलहालाई हेर्दछन्, छेक्दछन् र परीक्षण गर्दछन् । विवाह पहिले वरको आँपसँग र वधूको महुआको रूखसँग विवाह गराइन्छ । मटकोरको राति पानी काट्ने विधि हुन्छ ।
    सबै आइमाईहरू छकालैमा, सूर्योदय हुनु अगावै इनारमा गएर चक्कुले पानी काट्दछन्, अनि घर आएर दिउँसो लावा भुट्ने गर्दछन् । पाँचजना आइमाईले मात्र लावा भुट्छन् र गीत गाउँछन् । यसपछि ‘शीलवोहाई’ विधि हुन्छ, अनि गाउँ घरका देवीदेवताको पूजा अर्चना गर्नेर् गरिन्छ, यसो गर्दा विवाह पूर्ण विधिविधानपूर्वक सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ । विधकरनी (विधि गर्ने आइमाई) द्वारा मन्त्रोच्चारणको साथमा घ्यू हाल्ने विधि सम्पन्न गरिन्छ । दुलही पक्षले आँगनमा बाँस खरको मण्डप बनाएका हुन्छन् । त्यसै मण्डपको छेउमा वेदी बनाइएको हुन्छ, जहाँ कन्यादानपछि सिन्दूरदानको विधि पुरा गरिन्छ । कुमरपतको विधि, घ्यू पोख्ने विधि पूरा गरिसकेपछि मण्डपमा विवाहभन्दा पहिले गौरीगणेशको साथमा गाउँका देवीदेवताहरू र कुलदेवताको पूजा अर्चना गरिन्छ ।
    त्यसपछि एउटा महत्त्वपूर्ण विधि सम्पन्न गर्नुपर्ने हुन्छ, त्यो हो तिलक । यसो त तिलक भनेको दुलही पक्षबाट दुलहा पक्षलाई दिने दाइजो हो, तर वर्तमानमा यो व्यापार बन्न गएको छ । धनबट्टीको विधि सम्पन्न गरिसकेपछि गौरीगणेशको पूजा गरेको स्थानमा दुलहा दुलही दुवैका ‘नहछु’ अर्थात् नङ काटने विधि हुन्छ । त्यही दुलहीलाई बेसार लगाउने (बुकुवा घस्नें) विधि हुन्छ । घरका ठूला, विवाह भएका महिलाहरूले बुकुवा घसिदिन्छन् । त्यही समयमा दुलहाको मामाले आफ्नी बहिनीलाई इमली घोटन लगाउँछ, यस विधिलाई ‘इमली घोटाइ’ भनिन्छ । अनि धोबिन र सुहागिन आइमाईले आफ्नो आँचलबाट धागो निकालेर दुलाहालाई दिन्छन् । दुलहा आँगनमा आउनेबित्तिकै ‘गलसेकी’को विधि दुलहीको आमाद्वारा सम्पन्न गरिन्छ । अनि मण्डपमा दुलाहाको जेठो दाजुले दुलहीलाई गरगहना र वस्त्र प्रदान गर्दछ, यसलाई ‘कन्या निरीक्षण’ भनिन्छ । कन्या निरीक्षणको कार्य बडो सौहार्दपूर्ण वातावरणमा बडो मनोरञ्जक शैलीमा सम्पन्न हुन्छ । कन्या निरीक्षणको मुख्य कारण दुलहीलाई बदलेर अर्को केटीसँग बिहे नगरी दिऊन् भन्ने हो ।         दाइजो कुप्रथाले बज्जिका क्षेत्रका प्रत्येक जातिमा जरो जमाइसकेको छ । यसको निर्धारण नभई बिहे हुनु असम्भव छ, बिहे हुने केटी जतिसुकै राम्री र विदूषी किन नहोस् । त्यसपछि ‘कन्यादान’ हुन्छ । त्यसपछि सिन्दूरदान हुन्छ । यस प्रकार बिहे सम्पन्न भएपछि दुलहा र दुलहीलाई राम्ररी सजाइएको आकर्षक कोठामा सुहागरात मनाउन रातभर राखिन्छ । नवविवाहित वरवधूलाई सुहागरातको सुख सयलको रसास्वादन गर्न रातभर राखिन्छ ।
    नवविवाहित वरवधूलाई सुहागरातको सुख सयलको रसास्वादन गर्न विशेषरूपले सजाइएको कोठालाई कोहवर कोठा भन्दछन् । यस कोठालाई यौन उत्तेजनात्मक र शृङ्गारिक चित्रहरूले सुसज्जित गर्ने सक्दो प्रयास गरिन्छ ।
    सुहागरात वरवधूको जीवनमा पहिलोपल्ट आउँछ । यसलाई सफल बनाउनमा यिनीहरू केही कमी हुन दिंदैनन् ।
    रातभरि आपसी पहिचान, घनिष्ठता बढाउने र यौवनोचित व्यवहार गर्ने परम्परादेखि चल्दै आएको छ । अत: यस कोठालाई यस्ता किसिमका अश्लील अ· प्रदर्शनले भरिएका चित्रद्वारा सजधज गर्न सबै भरमग्दुर मेहनत गर्दछन् ।
    वरवधू कुनै किसिमको यौन ग्रन्थिबाट पीडित नहोऊन् र स्वच्छन्दतापूर्वक प्रणय गरून् भन्ने उदेश्यले मनोवैज्ञानिक प्रभाव सिर्जने प्रमुख धेयले नै यौन उत्तेजनात्मक किसिमले कोठालाई सजाइएको हुन्छ । सम्भोग जीवनको शारीरिक, मानसिक र मनोवैज्ञानिक आवश्यकता भएको हुनाले यसलाई प्रच्छन्न तथा प्रकटरूपमा अभिव्यक्त गरिन्छ । यौन जीवनको अनिवार्य एवं अपरिहार्य आवश्यकता हो भनी बज्जिहरूले बुझेका थिए र छन् । कोहवर विवाह जस्तो मा·लिक अवसरमा मात्र रचिन्छ । जन्तीमा आउने मानिसहरूको लागि कुनै सार्वजनिक ठाउँ (स्कूल, धर्मशाला, गाविस भवन, मठ, मंन्दिर आदि)मा बसोबासको व्यवस्था गरिन्छ । उनीहरूको खानपान, रहनसहनको तौरतरिका, सुखसुविधाको व्यवस्था दुलहीपक्षले गर्दछ । जन्ती बस्ने ठाउँलाई बैठका भन्दछन् ।
    यहाँ गाउँलेहरूलगायत यिनीहरू सबैको मनोरञ्जनको लागि नाचगाानको राम्रो प्रबन्ध हुन्छ । अर्को दिन मण्डपमा भात ख्वाउने विधि हुन्छ, यसलाई भतमान या भतखई भनिन्छ ।
    यसपछि मथबन्ही आदिको विधि गरिन्छ । अनि मझक्का हुन्छ । त्यसपछि छोरीको बिदाइ गरिन्छ । जन्ती दुलही लिएर फर्किन्छ । विवाह गर्न आएको दुलहा जब आँगनमा पुग्छ, दुलहीको भाइले वर (दुलहा)को घाँटीमा गमछा राखेर मण्डपको चारैतिर परिक्रमा गराउँदछ, यस विधिलाई भाँवर घुमाइ भनिन्छ । यसपछि आँगनमा दुलहाको साथमा दुलही पक्षका आठजना लोग्ने मानिस मिलेर लठंगर कुट्दछन् । यो भनेको सबै मिलेर ओखलमा धान कुट्नु हो । त्यसरी धान कुटेर बनाइएको चामललाई आँपको पत्तामा राखेर क·न (बाला) बनाएर दुलहा र दुलही, दुवैको हातमा बाँधिन्छ । बज्जिका क्षेत्रमा जहाँबाट जन्ती आउँछ, त्यसलाई अयोध्याबाट भनेर सम्बोधन गर्ने गरिन्छ र जुन ठाउँमा जन्ती पुग्छ, त्यस ठाउँलाई जनकपुर भन्ने गरिन्छ ।
    दुलहाको बुबालाई राजा दशरथ र दुलहीको बुबालाई राजा जनक भनेर सम्बोधन गरिन्छ । बज्जिका लोकभाषामा केटा या केटी दुवैको विवाहमा यसै सम्बन्धको आधारमा आज पनि धेरै थरीका गीत गाउने गरिन्छ । कतैकतै पार्वती र शिवलाई पनि सम्बोधित गरेर गीत गाउने प्रथा छ । शिवपार्वतीको विवाह बेमेलतर्फ सड्ढेत गर्दछ । दुलाहाको उमेर धेरै र दुलहीको थोरै । युगौंयुगदेखि  बज्जिहरूको परम्परा रहेको छ, जब पनि घरमा कुनै शुभ कार्य हुन्छ, सबभन्दा पहिले आफ्ना इष्ट देवीदेवताको अराधना गर्दछन्, यसो गर्दा कार्यमा कुनै किसिमको बाधा बिध्न आउँदैन भन्ने विश्वास छ ।         सबभन्दा पहिले कुलदेवीको गहवर (स्थान)मा गएर प्रार्थना गर्दछन् कि मेरो काम सजिलैसँग सम्पन्न होस् । यस किसिमबाट परम्परा जोगाउँदै रमाइलो गरेर विवाह सम्पन्न गर्छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : विवाह र संस्कार
विवाह र संस्कार
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/01/blog-post_223.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/01/blog-post_223.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy