ई. गोपाल श्रेष्ठ
‘संविधान’ देशको सबै राजनीतिक दलबीच हुने सम्झौताको एक दस्तावेज हो । संविधान कुनै एक पक्षको मात्र दस्तावेज होइन र हुनु पनि हुँदैन । यसले देशलाई सही नीति–नियम, ऐन–कानुन मुताबिक हरेक विकास निर्माण तथा अन्य कार्यको लागि मुलुकलाई सही ढ·ले कार्य व्यवस्थापन गर्न सही मार्गदर्शन दिन्छ । त्यही संविधान निर्माण गर्न हाम्रो देश यति बेला संविधानसभामा रुमलिएको छ । हामीलाई अहिले यस्तो लागिरहेछ कि भोलि हामीले संविधान पाउने बित्तिकै देशमा कायापलट हुनेछ । तर यो कदापि सत्य भने होइन । संविधान नै नभएको देश बेलायत, इजरायल आज कुनै पनि सभ्य र विकसित मुलुकभन्दा कम छैन । हामी संसारको दरिद्र देश, अनाहकमा ५० अर्ब रुपैयाँभन्दा बढी नै खर्च गरी संविधान बनाउने तरखरमा लागिरहेका छौं । यो ५० अर्ब रुपैयाँले त अनेकौं विकास निर्माणका काम हुन सक्थे, जसले साधारण नेपालीका जीवनस्तर सुधार गर्न प्रशस्त सहयोग गर्न सक्थ्यो । बीबीसी नेपाली सेवाका सञ्जय ढकालको विश्लेषण अनुसार यो ५० अर्ब रुपैयाँले कोटेश्वर–भक्तपुर जोड्ने ६ लेनस्तरको करिब २०० कि.मी. लामो सडक निर्माण हुन सक्थ्यो । यो लम्बाइले काठमाडौं–पोखरा जोड्न सक्छ । जलविद्युत्मा लगानी गरेको भए यो लगानीले २०० मेगावाट जलविद्युत् उत्पादन गर्न सकिन्थ्यो । २०० मेगावाट भनेको हालको कुलेखानी जलविद्युत् योजना जस्तो दुईवटा योजना सम्पन्न गर्नु हो । त्यस्तै, स्वास्थ्य क्षेत्रमा लगानी गरेको भएपनि काठमाडौंमा हालै उद्घाटन गरिएको राष्ट्रिय ट्रमा सेन्टर स्तरको ठूलो अस्पताल देशको २० जिल्लामा बनाउन सकिन्थ्यो । साथै, विमान खरिद गर्न खर्च गरेको भएपनि नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एयरबस ३२० सातवटा खरिद गर्न सकिन्थ्यो।
हामी त्यसै पनि निर्धन देश, झन् निर्धनतातिर उन्मुख हुन लागिरहेका छौं । माघ ८ गते संविधान आएन भनेर आत्मदाह गर्नेदेखि आत्महत्या गर्नेसम्म देखियो । यही क्रममा झापाको गोलधाप निवासी ६५ वर्षीय विष्णुप्रसाद उप्रेतीले छिमेकीहरूसँग माघ ८ मा नै संविधान जारी हुने विषयमा बाजी राखेर संविधान जारी नभएपछि ९ गते शुक्रवार बिहानै झुन्डिएर आत्महत्या गरेको खबर सञ्चारमाध्यममा आएको थियो । यो घटना एकदमै संवेदनशील छ । तर हाम्रा नेताहरूमा संवेदनशीलता पटक्कै देखिएन । संवेदनशीलता, अनुशासन आदि जस्ता मानव गुण हामीमा भएन भने हामीले कल्पना गरे अनुसारको संविधान बने पनि यसले राष्ट्रनिर्माणमा तथा साधारण नेपालीको जीवनस्तर सुधार गर्न केही पनि सहयोग पुर्याउँदैन । हाम्रो देशको नीति कार्यान्वयन पक्ष एकदम फितलो छ । संविधानमा, ऐन–कानुनमा जे लेखे पनि त्यो कार्यान्वयन भएन भने त्यो लेखेर मात्र के गर्ने ? अहिले हाम्रो वास्तविक आवश्यकता भनेको त जनतालाई कसरी अनुशासित बनाउने ? राष्ट्रप्रेमको भावना कसरी अभिवृद्धि गराउने ? काम गर्दा गराउँदा कसरी इमानदारिता प्रदर्शन गराउने ? आफूबाट कसरी अरूप्रति दुव्र्यवहार हुन नदिने ? समान व्यवहार कसरी गर्ने ? सेवाग्राहीहरूलाई कसरी उत्कृष्ट सेवा दिने ? यी र यस्तै कुराहरू हुन् । तर आज हाम्रो देशको सम्पूर्ण माहोल नै संविधानसभामा रुमलिएको छ । संविधानसभाले आदर्श व्यवहार प्रदर्शन गरी जनताको सही पथप्रदर्शक बन्न सफल भएपनि चित्त बुझाउने ठाउँ रहन्थ्यो । तर यसो नभएर झन् पथभ्रष्ट भएको महसुस हुन्छ । अहिलेको संविधानसभाले त झन् डन संस्कृतिलाई प्रोत्साहन दिएको महसुस हुन्छ । डन समाजको कुतत्त्व र कलड्ढ हो र यसले बढावा पाएपछि समाज कुन दिशातर्फ उन्मुख हुन्छ, सजिलै अनुमान गर्न सकिन्छ ।
आज हाम्रो राष्ट्र तथा समाज सही नीति–नियम तथा ऐन–कानुन र कार्यान्वयनको अभावमा विकृतिबाट पिरोलिइरहेको छ । समाज अनुशासनहीन हुँदै गएको छ । हाम्रा मूल्य, मान्यता, आचरण तथा नैतिकता अदृश्य हुँदै गएका छन् । ठूलाको अनुसरण गरेर सानाहरू लाभान्वित हुनुपर्ने हो । तर ठूलाहरू नै उच्छृङ्खल भएपछि के गर्ने ? देश संविधानसभा नामको गोल चक्करमा मज्जाले रुमलिएको छ । संविधानसभाले आदर्शपूर्ण व्यवहार प्रदर्शन गर्नु नै पर्छ । साधारण जनताको लागि संविधानसभा भनेको उत्कृष्टताको प्रतीक हो । जसले देशमा संविधान बनेपछि शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, शान्ति सुरक्षाको सुव्यवस्था तथा विकास निर्माणको काम गर्ने ढोका खोलिदिन्छ । यस कारण संविधानसभाले उत्कृष्टता प्रदर्शन गर्नुपर्छ ।
संविधानसभाप्रति नै जनताको मन टुट्यो भने अवश्य पनि जनताले संविधानसभाको कुनै पनि निर्णय तथा निर्देशनलाई आत्मसात् गर्ने छैन । परिणाम, राष्ट्र अस्तव्यस्त हुन्छ र यसको मूल्य सबैले चुकाउनुपर्छ । अब देश संविधानसभामा रुमलिरहनुहुँदैन, बरु सम्बन्धित राजनीतिक दल तथा तिनका नेतागणहरूले मानवीय सभ्यता, मूल्य, मान्यता तथा आचरण अभिवृद्धि तथा प्रदर्शन गर्नेतर्फ अग्रसर भई हाल्नुपर्छ ।