यमुना प्रधानाङ्ग ‘मुना’
प्रसव पीडाले छट्पटाइरहेकी एउटी आमा शिशु जन्मिएपश्चात् आफ्नो सन्तान जन्माउँदाको प्रसव पीडा बिर्सेर सारा खुशी सन्तानमा बाँड्छिन्, उसैमा हराउँछिन्, उसैको सेवामा तल्लीन हुन्छिन् । सन्तानप्रति वात्सल्य माया खन्याउँछिन् । त्यो क्षणको बयान गरी साध्ये हुँदैन । भनिसाध्ये नै छैन । केही आमाले भने समय, परिस्थिति र गल्ती गरिनुका कारण ‘आमा’ भन्ने शब्दमा कालो पोतेको देख्दा दु:ख लाग्छ ।
आमाको माया मानवमात्रमा नभई संसारकै सबै प्राणीमा पनि आमाले सन्तानप्रति गर्ने माया हामीले गर्ने माया सरह नै हो । प्राणी र मानिसमा फरक यो छ कि मानिस चेतनशील छ । प्राणी निरीह हुन्छन् । हो, म त्यही पशुपक्षीमध्ये मेरो घरमा पालेको
कुकुर्नी खुशीको बारेमा लेख्दैछु । कुकुरलाई जनावरहरूमध्ये वफादार, इमानदार, नजिकको साथीको रूपमा हेरिन्छ । कुकुर मन नपराउने मानिस बिरलै भेटिन्छन् ।
यही पुस महिनाको ७ गते सोमवारका दिन ४ बजे मेरो घरमा पालेको खुशीले ६ वटा सन्तान जन्माइन् । उसको यो दोस्रो बेत हो । पहिलो बेतको सन्तानमध्ये चारवटा जाडोको कारण मरे । बल्लतल्ल दु:खकष्टले एउटालाई हामीले बचाएका थियौं । त्यो पनि असार महिनामा पखाला लागेर मर्यो । हेरौं यसपालि पनि के हुन्छ ? जाडो निकै बढेको छ । तराईमा यो बेलामा जाडो निकै बढ्ने गर्छ । यो मौसममा शीतलहरका कारण जनजीवन नै अस्तव्यस्त हुने गर्छ । यसपालि मङ्सिर १५ गतेदेखि नै घाम आक्कलझुक्कलमात्र देखा परेको छ । अझै पनि सम्झना छ, पहिले जाडो छल्न तराईमा आफन्त हुने वा घर भएका काठमाडौंवासी, त्यहाँ विद्यालय पनि मीन पचासका कारण छुट्टी हुने भएकोले, केटाकेटीसहित तराई झर्थे । अहिले उल्टो भएको छ । जलवायु परिवर्तनको कारणले हो कि ? अब यहाँका मानिस जाडो छल्न उकालो लाग्न थालेका छन् । उतातिर आफन्तलाई फोन गरी हालखबर सोध्दा बुझ्दा घाम तापेर बसिराखेका छौं भन्दा एकछिन भएपनि यहाँ घाम लागिदिए पनि हुन्थ्यो भन्ने आशा गर्नुबाहेक केही छैन । समाचारमा सुन्दै आइरहेका छौं,
तराईमा शीतलहरका कारण मानिसहरू मर्दैछन् । दीन–दु:खी असहायहरूका लागि त यो मौसम कालै हो ।
पोहर साल खुशीले बच्चा जन्माउँदा पनि निकै जाडो थियो । उनीहरूको सेवा गर्दागर्दै पनि बच्चाहरूलाई जाडोबाट बचाउन सकेनौं । यसपालि खुशीले बच्चा जन्माउनुभन्दा पूर्व नै चिसो नहोस् भन्ने उद्देश्यले बासस्थानको राम्रो व्यवस्था गरेका छौं । बच्चालाई जन्म दिएको भोलिपल्ट बिहान म खुशीलाई हेर्न उसको बासस्थान गएँ । साथमा मेरो घरमा बस्ने १५/१६ वर्षको ठिटो पनि मसँगै खुशीको छाउराछाउरी हेर्न भनी गएको थियो । बुबा भनाउँदोको अत्तोपत्तो छैन । आफ्नो तृप्ति
मेटायो हिंड्यो । तृप्ति नमेटुन्जेल मरिहत्ते गर्ने कुकुरहरू तृप्ति मेटिएपछि बेपत्ता हुन्छन् ।
त्यसैले त त्यस्तै व्यवहार देखाउने विवेकहीन पुरुषहरूलाई पशुको उपनाम दिने गरिन्छ, हाम्रो समाजमा । खुशीले आफ्नो जीउलाई घुमाउरो बनाइ, बच्चाहरूलाई स्तनपान गराउँदै, एक/एक गरी बच्चाको जीउ चाटिरहेकी थिइन् । मानौं ममताको आँचल फिजाएकी छे । यी सबै देख्दा आँखा रसाएर आयो । त्यतिमात्र होइन, आफ्नो सन्तानलाई कसैले लग्ला, छोला भनी आक्रामक अवस्थामा समेत रहेको पाइयो । किनकि नजिक जाँदा घुर्दै थिई । ममतामयी आमा कस्ती हुन्छिन् भन्ने त्यो दृश्यले सहजै बुझिन्थ्यो ।
मसँगै त्यो सबै दृश्य हेरिरहेको केटोलाई सोधिहाले,“हेर्यौ, आमाको माया कस्तो हुन्छ ? आमाले कसरी आफ्ना सन्तानको हेरचाह गर्छिन् ?” केटोले टाउको हल्लाइ सहमति जनाउँदै भन्यो,“बुभेंm अन्टी सबै बुभेंm ।” यसो भनिरहँदा भोलिका दिनमा ती केटोले आमाप्रति गरिने व्यवहारमा परिवर्तन ल्याउनेछ । आमाको मन कहिल्यै दुखाउने छैन । दु:खमा साथ दिनेछ । आमाको आँसु थाम्नेछ । बुढेसकालमा सहारा बन्ने छ भन्ने मलाई लाग्यो । अस्तु ।