$type=ticker$count=12$cols=4$cate=0

कुमार संभवम् एक दृष्टिमा

SHARE:

- उमाशङ्कर द्विवेदी
संस्कृत साहित्यका कवि कुलगुरु दीपक कालिदासको कल्पना तथा कवित्व शक्तिमाथि प्रकाश पार्नु भनेको सूर्यलाई दीपक देखाउनुसरह हुनेछ । संस्कृत साहित्यमा महाकवि नामधारी कालिदासका दुईवटा महाकाव्य, एउटा खण्डकाव्य तथा तीनवटा दृश्य काव्यले संस्कृत साहित्यको श्रीवृद्धि गरेको पाइन्छ । केही विद्धानहरूको मतानुसार श्रव्यकाव्य ऋतु संहार र श्रुत बोधलाई पनि कालिदासकै रचना मानिएको छ । महाकविका दुईवटा महाकाव्यमध्ये यहाँ विद्वानहरूद्वारा शृङ्गार रसको सागरको रूपमा लिइएको कुमार संभवम् महाकाव्यमाथि दृष्टि हाल्ने प्रयास गरिएको छ ।
    यसमा ‘जगत् पितरौ’ शिवपार्वती जस्ता दिव्य दम्पतीको विवाह, कार्तिकेय (कुमार)को जन्म तथा उनकै सेनापतित्वमा देवसेना र तारकासुरबीचमा युद्ध र तारकासुरको वधको वर्णन भएको पाइन्छ । कुमार संभवम्मा हुनत सत्रह सर्गहरू छन् तर महाकविद्वारा शुरूका आठ सर्गहरूमात्र रचित भएका कुरामा पश्चिमेली विद्वान डा. कीथ तथा डा. जेकोबी र पूर्वीय प्राय: सम्पूर्ण विद्वानहरूको मतैक्य छ । डा. जेकोबीको मतानुसार नवम् सर्गदेखि सत्रहौं सर्गसम्मको रचना महाराष्ट्रका कुनै कविले गरेका हुन् । कुमार संभवम् महाकाव्य महाकविको रघुवंश महाकाव्यभन्दा पहिलेको कृति हो । कुमार संभवम्पछिको महाकाव्य पूर्ण हुनु र पहिलो महाकाव्य अपूर्ण हुनुमा विद्वानहरूबीच विभिन्न मतमतान्तर र वादविवाद रहेका पाइन्छन् । विद्वानहरूको यस्तो विवादमा नअल्झेर यहाँ कुमार संभवम् महाकाव्यको कथानक, महाकविको कल्पना र कवित्व शक्तिमाथि दृष्टिपात गर्ने लघु प्रयास गरिएको छ ।
    कुमार संभवम् महाकाव्यको प्रथम सर्गको आरम्भ हिमालय वर्णनबाट हुन्छ । हिमाचल तथा मैनाबाट पार्वतीको जन्म हुन्छ । पार्वती ठूली भएपछि हिमाचलको घरमा एक दिन नारदमुनिको आगमन हुन्छ । पार्वतीलाई देखेर नारदजीले एक दिन यिनी शिवजीकी पत्नी हुनेछिन् भन्ने कुराको भविष्यवाणी गर्दछन् । शिवजी हिमालयमा तपस्या गरिरहेका हुन्छन । पार्वती पनि त्यहीं उनको शुश्रूषा गर्दछिन् । द्वितीय सर्गमा तारकासुरबाट पीडित भएका जम्मै देउताहरू ब्रह्माजीको शरणमा जान्छन् । ब्रह्माजीले उनीहरूलाई पार्वतीद्वारा शड्ढरजीको मन आकर्षित गर्न सल्लाह दिन्छन् । देउताहरूका राजा इन्द्रदेवले कामदेवलाई सहायताको लागि बोलाउँछन् । तृतीय सर्गमा मदन दहन र चौथो सर्गमा रतिविलापको प्रस· वर्णित छ । पाँचौं सर्गमा पार्वती पिताको आज्ञा पाएर वनमा तपस्या गर्न जान्छिन् । शड्ढरजी ब्रह्मचारीको भेषमा उनको परीक्षा लिन आउँछन् । उनी शिवजीको निन्दा गर्दछिन् । पार्वती क्रोधित भएर त्यहाँबाट जान चाहन्छिन् । शिवजी प्रसन्न भई आफ्नो वास्तविकरूपमा प्रकट भएर प्रणय व्यक्त गर्दछन् । छैटौं सर्गमा अंगिरा प्रवृत्ति ऋषिहरू शड्ढरजीको तर्फबाट हिमाचलसित शिवजीका लागि केटी माग्न जान्छन् । सातौं सर्गमा शिव–पार्वतीको विवाह हुन्छ । आठौं सर्गमा शिव–पार्वतीको सम्भोग वर्णन छ । नवौं सर्गमा देउताहरूद्वारा प्ेरषित भएर अग्निदेव परेवाको रूपमा शिवजीको सम्भोग गृहमा प्रवेश, शिवजी क्रोधित हुनु, अग्निदेवद्वारा शिवजीलाई इन्द्रदेवको सन्देश सुनाउनु, शिवजीद्वारा आफ्नो सुरतान्त वीर्य अग्निदेवको जीउमाथि हाल्नु आदिको कथा वर्णित छ  । दशौं सर्गमा अग्निदेवद्वारा ग·ामा डुबुल्की लगाउनु, शिवको वीर्य ग·ाको पानीमा मिल्नु, कृतिकाहरूको ग·ामा स्नान गर्नु, शिवको वीर्य उनीहरूमा पसेर गर्भ बस्नु तथा कुमारको जन्मको कथा वर्णित छ । एघारौं सर्गमा शिवलाई कुमारको रूपमा पुत्र प्राप्त हुनु, बाह्रौं सर्गमा देउताहरू शिवसमक्ष जानु र त्यस बालकलाई सेनापति बनाउनका लागि माग्नुको कथा वर्णित छ । तेह्रौं सर्गमा कार्तिकेयको शिवको आज्ञानुसार प्रस्थान, चौदहौं सर्गमा देवसेना र दानवसेनाको युद्धका लागि प्रयाण हुनुको कथा वर्णित छ । पन्द्रहौं सर्गमा देवसेना र दानवसेनाको सामना तथा सोह्रौं सर्गमा युद्धको वर्णन छ । सत्रहौं सर्गमा तारकासुरको वध तथा इन्द्रद्वारा स्वर्गको राज्य प्राप्तिको कथाको वर्णन भएर महाकाव्यको कथा टुङ्गिन्छ ।
    वस्तु वर्णनको दृष्टिले कुमार संभवम् एक उच्चकोटिको महाकाव्य हो । काव्यको आरम्भ हिमवद् वर्णनबाट हुन्छ । यसमा हिमालयको यस्तो वर्णन भएको छ, त्यसलाई पढेर यस्तो लाग्दछ कि कविले हिमालयलाई प्रत्यक्ष देखेका होऊन् । अझै पर्यटकीयरूपमा देख्नुभन्दा पनि कवि त्यस माहोलमा लामो कालसम्म रचे बसेका नै हुन् कि भन्ने जस्तो पनि लाग्दछ । हिमालयमा हुने हिम स्खलन, निरन्तर हुने जलवृष्टि तथा हावाको वेगले शब्दायमान बाँसको वर्णन त साधारण कुरा भयो । धुपीसल्ला वृक्षको रसको गन्ध उनको दृष्टिबाट बच्न सकेको छैन ।
    कपोलकण्डू : करिभिर्विनेतुं विघट्टितानां सरलद्रुमाणाम ।
    यत्रस्त्रुतक्षीरतया प्रसूत : सानुनिगन्ध : सुरभी करोति ।। (कु. सं. स. १/९ )
    अर्थात् हात्ती आफ्नो गण्डसल कन्याउनका लागि धुपीसल्लाको रूखमा जीउ घस्दा सल्लाको रखको छालाको पाप्रा उप्किएर त्यसबाट चुहिएको रसको सुगन्ध हावामा मिसिएर हिमाचलका शिखरहरू सुगन्धित, सुवासित हुन पुग्छन् । हिमालयको शिखरमा मन्द सुगन्ध तथा शीतल अर्थात् त्रिविध बयारको कस्तो मीठो र अनौठो कल्पना छ ।
    भागीरथी निर्झर शीकराणंवोढा मुहु: कम्पित देवदारू ।
    यदवायुरन्वीष्टमृगै किरातैरासेब्यते भिन्नशिखण्डिवर्ह: ।। (कु. सं. स. १/१५)
    कुमार संभवम् काव्यमा कविको कल्पनाको उडानका पनि धेरै सुन्दर चित्रहरू पाइन्छन् । प्रथम सर्गमा हिमालयको वर्णन गर्ने क्रममा कवि भन्छन्–
    वनेचराणां वनिता सखानां दरीगृहोत्सङ्गनिषक्तभास : ।
    भवन्ति यत्रौषधयो रजन्यामतैलपुरा: सुरतप्रदीपा: ।। (कु. सं. स. १/१०)
    अर्थात् जुन हिमालय पर्वतमाथि राति गुफारूपी गृहमा टल्किने ज्वालामुखी नामक तृण विशेष त्यहाँका वनेचर स्त्रीपुरुषको सम्भोगकालमा बिना तेलको दीपक बन्न पुग्छन् । यस्तै प्रकारले गुफाका ढोकाअगाडि फैलिएका बादलहरूलाई पर्दाको रूपमा वर्णन गरिएको पाइन्छ ।
    यत्रांऽशुकाक्षेपविलज्जितानां यदृच्छया किं पुरुषाऽङ्गनानाम् ।
    दरीगृहद्वार बिलम्बिबिम्बा स्तिरस्करिण्यो जलदा भवन्ति ।। (कु. सं. स. १/१४)
    अर्थात् जुन हिमालय पर्वतमाथि सम्भोगको समयमा प्रियतमद्वारा वस्त्र हटाउँदा अत्यन्त लज्जित हुने किन्नर स्त्रीहरूको लागि गुफारूपी सम्भोग भवनको ढोकामा आपैंm झुन्डिने बादलले नै पर्दाको काम गर्दछ । कविको कल्पनाशीलता तथा कवित्व शक्तिको स्फुरणको पराकाष्ठा तल उल्लिखित श्लोकमा देखा पर्दछ–
    सिथता: क्षणंपक्ष्मसु ताडिताधरा: पयोधरोत्सेधनिपातचूर्णीता: ।
    वलीषु तस्या स्खलिता: प्रपेदिरे चिरेण नाभिं प्रथमोदबिन्दव: ।। (कु. सं. स. ५/२४)
    अर्थात् वर्षाकालको पहिलो बुँदा पार्वतीको आँखाको परेलीमाथि एक क्षण अड्यो । त्यसपछि त्यहाँबाट खसेर ओठमा ठोकिएर कठोर स्तनमाथि ठक्कर खाई टुक्राटुक्रा भई छिन्नभिन्न भयो । त्यसपछि पेटको त्रिबली भएर धेरै बेर पछि नाभिमा पुगेर विलीन भयो । भिन्नभिन्न अ·हरूबाट ठक्कर खाँदै पानीको बुँदाको  स्वाभाविक वर्णन भएको छ । यस वर्णनको एउटा विशेषता के छ भने भिन्नभिन्न अ·हरूमाथि खसेको पानीको बुँदाको अवस्थामा जे जस्ता परिवर्तनहरू भए त्यसको स्पष्ट चित्र वर्णन गरिएको पाइन्छ । पार्वतीको टाउकोमाथि वर्षाको एक थोपा पानीको गतिको वर्णन यति कलात्मकता र मनोमुग्धकारीरूपमा गर्न सक्नु कालिदासकै लेखनीबाट मात्र सम्भव थियो ।
    कालिदासको निरीक्षण शक्ति अत्यन्त सूक्ष्म तथा तिखो छ । उनको प्रकृति वर्णन पूर्ण वैज्ञानिक तथा प्रतिभामण्डित छ । यसका रमणीय उदाहरण कुमार संभवम्मा सर्वत्र दृष्टिगोचर हुन्छ । पर्वतका छहराहरूमाथि जब दिनको समयमा सूर्यको किरण पर्दछ, त्यहाँ इन्द्रधनुष देखिन थाल्छ तर बेलुकाको समयमा सूर्य पश्चिम दिशामा ढल्केपछि त्यसमा इन्द्रधनुष देखा पर्दैन । यस वैज्ञानिक तथ्य तथा निरीक्षण चातुर्यको प्रत्यक्ष वर्णन कालिदासको यस पद्यमा देख्न सकिन्छ ।
    सीकरव्यतिकरं मरीचिभिर्दूरयत्वनतेविवस्पती ।
    इन्द्रचापपरिवेषशून्यतां निर्झरास्तव पितुव्र्रजन्त्यमी ।। (कु. सं. स. ८/३१)
    अर्थात् छहराहरूमा इन्द्रधनुष नदेखिए तापनि तालको पानीमा सूर्यको समतल कान्ति (रश्मि) पर्नाले यस्तो लाग्दछ कि मानौं त्यसमाथि सुनको साँघु बनेको होस् ।
    प्रकृति तथा वस्तु वर्णनमा त संस्कृतका अरू कविहरू पनि प्रवीण छन् तर शृङ्गार रसको वर्णनमा अग्रस्थानमा कवि कालिदास नै आसीन छन् । शृङ्गार रसका दुई भेदहरू छन्– विप्रलम्भ शृङ्गार र सम्भोग शृङ्गार । रसिक शिरोमणि कालिदासले कुमार संभवम् महाकाव्यमा सम्भोग शृङ्गारको यस्तो विशद वर्णन गरेर रसको यस्तो सृजना गरेका छन् कि रसग्राही पाठक शृङ्गार रसको अगाध सागरमा चुर्लुम्म डुब्न पुग्छन् ।
    कैतवने शयिते कुतुहालात्पार्वती प्रतिमुखम् निपातितम् ।
    चक्षुरून्मिषति सस्मितंप्रिये विद्युताहतमिवन्यमीलयेत् ।। (कु. सं. स. ८/३)
    अर्थात् पार्वतीको एकान्त चेष्टहरू जान्नका लागि जब शिवले सुत्ने निहुँमा आँखा चिम्लिन्थे, त्यति बेला पार्वती उनीतिर मुख फर्काएर एकटक उनको मुख हेर्न थाल्दथिइन् तर जसै शिवले मुस्काउँदै आफ्नो आँखा खोल्दथ्ये उतिखेरै पार्वती आफ्नो आँखा झिमिक्क चिम्लिन पुग्दथिइन् मानौं बिजुलीको चकाचौंधले उनका आँखा आफसेआफ बन्द हुन पुगेका होऊन् ।
    चुम्बनेष्वधरदानवर्जितं यन्नहस्तसदयोपगुहनम् ।
    क्लिष्ट मन्मथमपि प्रियं प्रभोर्दुर्लभप्रतिकृतं वधूरतम् ।। (कु. सं. स. ८/८)
    अर्थात् शिवजी पार्वतीको म्वाइ खान चाहन्थ्ये, उनी अधर नै दिंदैन थिइन् । शिवजी गाढ आलि·नको लागि अड्ढमाल गर्न चाहन्थ्ये, उनी स्तनमाथि दुईटै हत्केलाले छोपी आलि·नलाई प्रगाढ हुनै दिंदैन थिइन् । यस प्रकार सहयोगविहीन अवस्थामा नववधूको कष्टसाध्य सम्भोग पनि शिवजीलाई प्रिय लागिरहेको थियो । कुमार संभवम्मा यस्ता अरू पनि कैंयन दृश्यहरू वर्णित छन् । वस्तुत: कुमार संभवम्को आठौं सर्गको १ देखि ९१ औं श्लोकहरूमा शिव पार्वतीको सम्भोग शृङ्गारको वर्णन भएको पाइन्छ, जुन सजीव तथा मनोआह्लादकारी छ । त्यस प्रकारको सम्भोग शृङ्गारलाई फोहर तथा जुगुप्सित वर्णन मान्न सकिंदैन । मानवीय प्रवृत्तिको सरल, सहज तथा सफा दृश्य वर्णित भएको मान्नुपर्दछ ।
    संस्कृतका आचार्यहरूले रीति तीन प्रकारका मानेका छन्– गौडी, पाञ्चाली र वैदर्भी । गौडी रीतिमा लामा लामा समासहरू हुन्छन् । पाञ्चाली रीतिमा ससाना समासहरू प्रयोग भएका हुन्छन् । वैदर्भी रीतिमा समास प्राय: हुँदैनन् । त्यस्तै काव्यका तीन गुणहरू हुन्छन्– ओज, माधुर्य र प्रसाद । हुनत गुणहरूको प्रत्यक्ष सम्बन्ध रसहरूबाट हुन्छ । तैपनि गौणरूपले यसको सम्बन्ध पद संघटनाबाट पनि मान्न सकिन्छ । कर्णकटु शब्दको प्रयोग तथा दीर्घ समासले ओज गुणलाई अभिव्यक्त गर्दछ । सुन्नमा मीठो लाग्ने शब्दहरूको प्रयोग र सानो सानो समासले माधुर्य गुण व्यक्त गर्दछ । प्राय: समास नहुनु र सुन्नेबित्तिकै अर्थ बुझ्न सकिने पदलाई प्रसाद गुण भएको मानिन्छ । गौडी रीतिमा ओज, पाञ्चाली रीतिमा माधुर्य र वैदर्भी रीतिमा प्रसाद गुण हुन्छ । कालिदास वैदर्भी रीतिका कवि हुन् । यिनको कवितामा प्रसाद गुण पाइन्छ । अत: यिनका कविता पढ्ने बित्तिकै त्यसको अर्थ बुझिन्छ । भाषामाथि कालिदासको पूर्ण अधिकार रहेको देख्न पाइन्छ । कालिदासको भाषा व्याकरणबाट परिष्कृत हुन्छ । कालिदासले कमै शब्दमा धेरै अर्थ व्यक्त गर्दछन् ।
    कालिदासको प्रकृति वर्णनमा अनेक वैशिष्ट्य पाइन्छ । कविले मानवीय सौन्दर्यको तीव्रता तथा यथार्थताको अभिव्यञ्जनको निम्ति प्रकृतिको आश्रय लिएका देखा पर्दछन् । कतै उनी प्रकृतिमाथि मानवभाव तथा व्यापारको ललित आरोप लगाउँदै गरेका देखिन्छन्, त कतै उनी प्रकृति र मनोभावहरूका बीच परस्पर गाढा मैत्री, सहज सहानुभूति तथा रमाइलो रागात्मक वृत्तिको सम्बन्ध जोड्दछन्, त कतै प्रकृतिलाई भगवान्को सुन्दर लीलाको निकेतनम मानेर आनन्द विभोर हुन पुग्दछन् । निस्सन्देह कालिदास प्रकृतिको अन्त:स्थलको सूक्ष्म पारखी महाकवि हुन् । जसको दृष्टि प्रकृतिको सौम्य रूप, माधुर्यमय प्रवृत्ति र स्निग्ध सौन्दर्यमाथि खनिन्छ तथा उग्रता, भीषणताबाट सदैव परामुख रहन्छ ।
९मधष्दभमष्।गmबकजबलपबच२नmबष्।िअयm०
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कुमार संभवम् एक दृष्टिमा
कुमार संभवम् एक दृष्टिमा
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/01/blog-post_15.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/01/blog-post_15.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy