प्रस, वीरगंज, १४ पुस/
दिल्ली पब्लिक स्कूलले विद्यालयको प्रा·णमा स्वस्थ नागरिक, स्वस्थ देश भन्ने मूल उद्देश्यका साथ सिजी एजुकेशन फूटबल कपको तेस्रो शृङ्खला आज सम्पन्न गरेको छ ।
आज तेस्रो शृङ्खलाको समापन खेल होली एन्जल्स उमावि,निजगढ र जिएचपी. मावि वीरगंजबीच भएको थियो, जसमा होली एन्जल्स उमावि, निजगढले २–० गोल अन्तरले जित हासिल पारेको छ ।
अखिल नेपाल फूटबल सङ्घका कार्यकारी अध्यक्ष ललितकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य तथा ए्न्फाका सञ्जीव मिश्र, कार्यकारी कोषाध्यक्ष रवीन्द्र जोशीको आतिथ्यमा समापन कार्यक्रम सम्पन्न गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै विद्यालयका शैक्षिक विभाग प्रमुख भूषण गुरुङले सम्पूर्ण सहभागी विद्यालयका विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । सिजी फूटबल कपले बारा र पर्साका विद्यालय र विद्यार्थीहरूलाई मात्र नभई समग्र राष्ट्रिय फूटबलमा योगदान गर्न सक्ने र भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिन्छ भनी बताए ।
तत्कालीन विद्यालय व्यवस्थापनका अध्यक्ष भिखमचन्द अग्रवालको सभापतित्वमा सम्पन्न समारोहमा विद्यार्थीहरूले विभिन्न कला तथा नृत्य प्रस्तुत गरेका थिए ।