२७ गते शनिवार वाटिकामा चन्द्रकिशोर झाको लेख ‘समयको आँखीझ्यालमा विकासक्रम, पढेर विगतको सम्झना भएर आयो । एक जमाना थियो, जब हामी आफ्नो सर्टीफिकेटको नकल बनाउन कुनै टाइपराइटरको खोजी गथ्र्यौं वा हातले नै लेखी एटेस्टेड गराउँथ्यौं । प्रींटिंग प्रेसमा बसेर कम्पोज मिलाउने र त्यही भाडामा कति अखबार छापिने गर्थे । अफसेटको त चर्चासमेत थिएन । चिठ्ठीपत्री लेखेर रक्सौल छोड्न जाने गरिन्थ्यो । मोबाइलको त के कुरा टेलिफोन पनि देखेको मात्र थियो त्यो पनि सिनेमामा । हेर्दाहेर्दै समय कति परिवर्तित भइसक्यो यो हेरेर म छक्क त पर्छु नै उमेरको हिसावले त्यसको प्रयोग पनि राम्ररी गर्न सकिने अवस्था छैन । आज मोबाइल हातहातमा आयो, जबकि एउटा टेलिफोन जडान गर्नका लागि कति धपेडी खेप्नुपथ्र्यो । सञ्चारको यस विकासले चिठ्ठी लेख्न छुट्यो । तर मेरो नजरमा चिठ्ठीको महत्त्व अहिले पनि छ । हातले लेखेका कुरा सीधै हृदयमा बस्छ । सञ्चार र समयको परिवर्तनले किताबको प्रयोग घट्यो । अबको युगमा केवल सन्देश र सोसल साइटको महत्त्व बढेको छ । यसलाई म एक खतरनाक कुरा मान्दै आएको छु । किताबको अध्ययन कम्प्युटरले पूरा गर्न सक्दैन । यसले गर्दा युवाहरू सांस्कृतिक विचलनमा परेका छन् । समयको परिवर्तनमा खबर मोबाइलबाट प्राप्त गर्न सकिन्छ तर अखबारको महत्त्व त्यसले प्राप्त गर्न सक्दैन । यसको महत्त्व घट्नु वा घटाउनुको कारणले ३ डी वा ४ डीको अखवार केवल आकर्षणको लागि प्रयोग गर्नुपरेको छ । यो प्रयास पाठक लोभ्याउनका लागि मात्र हो । यो सही होइना । मुख्य कुरा पाठकको विचलन रोक्नु हो । खोजी पत्रकारिताले मात्र यो काम गर्न सक्छ । सङ्घर्ष र परिश्रमपूर्ण प्राप्त सामग्रीले मात्र अखबारको साख कायम राद्यन सक्छ । आकर्षक आवरण वा केवल राजधानीबाट निस्कनु मात्र स्तरीयताको मापदण्ड हुन सक्दैन । स्थानीय पत्रिका कुनै मानेमा स्तरहीन हुँदैन । नामले नै स्थानीय खबरको त्यसमा प्रमुखता रहन्छ जसले राष्ट्रिय पत्रिकामा स्थान पाउँदैन । स्थानीय अखबार स्थानीयतामै्र सुहाउँछ । यसमा प्रतीकलाई मैले सधै अगाडि पाएको छु ।
डा. शिवशड्ढर यादव, छपकैया, वीरगंज
कजष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm
डा. शिवशड्ढर यादव, छपकैया, वीरगंज
कजष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm