प्रस, निजगढ, ११ पुस/
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ८१ प्रतिशत हिन्दू, ९ प्रतिशत बुद्धिस्ट र ३ प्रतिशत किरात गरी ९४ प्रतिशत जनताको आस्था र पहिचानको संरक्षण हुनुपर्ने बताएका छन् ।
उनले यति धेरै सनातन हिन्दू धर्मावलम्बी रहँदा रहँदै पनि केही नेताहरूले विदेशी इशारामा देशमा धर्मनिरपेक्षता लादेका आरोप लगाए । नयाँ संविधानमा सनातन हिन्दू धर्म सुनिश्चित गर्न सशक्तरूपमा जनदबाब सिर्जना गर्न ९ गतेबाट झापाबाट शुरू भएको मेची—महाकाली पशुपतिनाथ रथयात्रा आज निजगढ आइपुगेको छ । सो अवसरमा शुक्रवार दिउँसो बाराको निजगढमा सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले नेताहरूकै कारण सनातन धर्मलाई खल्बल्याइ गौं हत्या जस्ता जघन्य अपराध हुने क्रम दिनानुदिन बढी रहेको बताउँदै योजनाबद्धरूपमा डरत्रास, लोभलालच देखाइ, भ्रम सिर्जना गरेर धर्म परिवर्तन गराउने काम भइरहेको अध्यक्ष थापाको आरोप थियो ।
लाखौं लाख जनताको उर्लंदो भावनालाई विदेशीको दबाब एवं प्रभावमा परेर समाप्त नपार्न र जनभावनामाथि खेलवाड नगर्नसमेत अध्यक्ष थापाले मुख्य राजनीतिक दलहरूलाई चेतावनी दिए एउटै धर्मलाई मात्र राज्यले विशेष संरक्षण र सुविधा दिनुपर्छ भन्ने पक्षमा आफू र आफ्नो पार्टी नरहेको प्रस्ट्याउँदै निर्माण हुन लागिरहेको संविधानमा आफूहरूले उठाएका मुद्दालाई समावेश नगरेसम्म राष्ट्र, राष्ट्रियता र जनताका निम्ति आवाज उठाइरहने अध्यक्ष थापाले उद्घोष गरे ।
राप्रपा नेपालको रथयात्रा रौतहटमा
प्रस, रौतहट/
हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि राप्रपा नेपालले शुरू गरेको मेची–महाकाली रथयात्रा आज बिहान रौतहटको चन्द्रपुर नगरपालिका आइपुगेको छ ।
रथयात्राका क्रममा रौतहटको चन्द्रनिगाहपुर आइपुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहितको टोलीलाई स्थानीयवासी तथा राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरूले फूलमाला लगाएर स्वागत गरेका थिए।
सो अवसरमा अध्यक्ष थापाले विदेशी शक्तिको इशारामा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाउँदै नेपाललाई स्वतन्त्र र सद्भावसहितको सनातन हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने माग गरे ।
रथयात्रा आजै बारा जिल्लातर्फ प्रस्थान गरेको छ । झापा जिल्लाबाट शुरू भएको मेची–महाकाली रथयात्रा यही पुस १८ गते काठमाडौंमा पुगेर समापन हुनेछ ।