प्रस, जीतपुर, ११ पुस/
गढीमाई नगरपालिका क्षेत्रभित्र सडक निर्माण कार्य शुरू भएको छ । नगरपालिकाको १६ वटा वडालाई जिल्ला सदरमुकाम कलैयासँग सहजै जोड्न सक्ने गरी सडक योजना तर्जुमा भएको नगरपालिका कार्यालयले जनाएको छ ।
सडक निर्माण भएपछि नगर क्षेत्रका उद्योगी, व्यवसायी एवं सर्वसाधारण सहजरूपमा सदरमुकाम कलैया र नगर आसपासका क्षेत्रमा सम्पर्क भएर नगर पालिका, आसपासका गाउँ र जिल्ला सदरमुकाम क्षेत्रलाई समेत आर्थिक उन्नतिमा टेवा पुग्ने योजना निर्माताहरूले बताएका छन् ।
गढीमाई नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद चापागाईंका अनुसार नपा क्षेत्रभित्र पर्ने १६ वटा वडाका बासिन्दाहरूको पहुँचलाई मध्यनजर गरी वडा नं. १ अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गको पथलैया ४ किमि भन्ने स्थानबाट वडा नं. ४ औराहा, वडा नं. ५ बकुलिया, वडा नं. ८ लोहसन्डा–रमौली–गमरगावसम्म करिब १० किमि सडक निर्माण तथा ग्रेभलिङ गर्ने काम शुरू गरिएको छ ।
वडा नं. ८ स्थित गमरगावाबाट कलैया जाने सडकमा सो सडक जोड्ने योजना रहेको ८ नं. वडा नागरिक मञ्चका संयोजक बद्री सहनीले प्रतीकलाई बताए ।
गढीमाई नपा क्षेत्रभित्र पर्ने सिमरा, औराहा, डुमरवाना, जीतपुर–बकुलिया–फत्तेपुर, नितनपुर–बलुवा–बेहरा सडक मरम्मत तथा निर्माण कार्यले गढीमाई नपा र सदरमुकाम कलैयाको दूरीलाई कम गर्ने कार्यकारी अधिकृत चापागाईंले बताए ।
सडक निर्माण योजनाको पहिलो चरणमा सडक विस्तार तथा ग्रेभलिङ गरी सडक सञ्चालन गर्ने र आगामी बजेटमा सो सडक पक्की बनाउने योजना रहेको योजना शाखाका प्रमुख आशमहम्मद अन्सारीले बताए ।
कार्यकारी अधिकृत चापागाईंको पहलमा नगरको वडा नं. ८ का बासिन्दाहरूको सक्रियतामा वर्षौंदेखिको अतिक्रमित रजैया सडक खाली गरेर सडक सञ्चालन गर्ने काम पनि आजदेखि शुरू भएको छ ।
नगरको सडक योजनाले नगरवासीमा उत्साह छाउनुका साथै सहकार्यको लागि मनोबल वृद्धि भएको पूर्व वडा अध्यक्ष हरिद्वार महतोले बताए ।
सडक क्षेत्रको अतिक्रमण हटाउने र सडक सञ्चालन गर्ने कार्यमा स्थानीय भगवान सहनी, रामेश्वरप्रसाद कुशवाहा, हरेन्द्र सहनीलगायतले सक्रिय सहयोग पुर्याएका ८ नं. वडा नागरिक मञ्चका संयोजक बद्री सहनीले बताए ।