प्रस, वीरगंज, १२ पुस/
पर्साको अठराहाँमा आज निश्शुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । केडिया आँखा अस्पताल वीरगंज, नेत्र ज्योति सङ्घ सेवा फाउन्डेसन काठमाडौं र ज्येष्ठ नागरिक सङ्घ पर्साको संयुक्त आयोजनामा भएको शिविरमा मोतियाबिन्दु, खस्रेरोग (ट्रकोमा)का साथै आँखासम्बन्धी विभिन्न रोगहरूको परीक्षण तथा उपचार गरिएको थियो ।
वरिष्ठ आँखा रोग विषेशज्ञ डा. जुन–सुकी आकुरा (जापान) र केडिया आँखा अस्पताल वीरगंजका निर्देशक डा. पद्म विष्टको नेतृत्वमा रहेका चिकित्सकहरूको टोलीले सेवा पुर्याएको उक्त शिविरमा ३२५ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये १७५ जनामा मोतियाबिन्दु देखिएकोले केडिया आँखा अस्पतालमा निश्शुल्क शल्यक्रियाको व्यवस्था रहेको नेत्र ज्योति सङ्घका महासचिव एवं नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य श्याम पोखरेलले बताए ।
स्थानीय नागरिक समाजका अगुवा रामरूपप्रसाद कुर्मीको बैठाकामा शिविर सम्पन्न भएको थियो । कार्यक्रमको प्ररम्भमा सहभागीहरूलाई अगुवा कुर्मीले स्वागत तथा सम्मान मन्तव्य व्यक्त गरेका थिए ।
शिविरमा बगही, भवानीपुर, उदयपुरघुर्मी, सुगौली बिर्ता, अलौं, बैरियाबिर्ता, प्रसौनीभाठा, हरपतगंज, भवानीपुर, मनियारी, श्रीसिया, रामगढवा, ठोरी–निर्मलबस्तीलगायतका स्थानहरूबाट सर्वसाधारण पुगेका ज्येष्ठ नागरिक सङ्घ पर्साका सदस्य हरिशड्ढर सिंहले जानकारी गराए ।
पूर्व सभासद् अजय द्विवेदीको विशेष सहभागिता रहेको शिविरमा ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष पशुपति विक्रम शाह, सचिव जगदीशप्रसाद शर्मालगायतका अगुवाहरूले वृद्धवृद्धा अवस्थामा गर्नुपर्ने आँखाको हिफाजत तथा ज्येष्ठ नागरिकको स्याहारसुसारबारे सम्बन्धित व्यक्तिहरूलाई सम्झाइबुझाइ गरेका थिए ।
यसैगरी दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा बारा जिल्लाको भतौडा गाविसको बैराटपुर वडा नं. ८ मा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा डा. हरि शर्मा र दृष्टि विशेषज्ञ बसन्त पौडेलले ३७७ जना गाउँलेको आँखा परीक्षण गरेका थिए । परीक्षणको क्रममा ११० जनामा मोतियाबिन्दु तथा पाँचजनामा जलबिन्दुको समस्या देखिएको अस्पताल समितिका संयोजक दुर्गाप्रसाद पटेलले बताए ।
मोतियाबिन्दु भएकाहरूको दृष्टि आँखा अस्पतालमा शल्यक्रिया गरिने संयोजक पटेलले जानकारी गराए । अस्पतालका अध्यक्ष विश्वराज गौतमको अध्यक्षतामा सम्पन्न शिविर समापन कार्यक्रममा स्थानीय समाजसेवी बद्री पटेल, सुरेश पटेल, रमेश पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रस, निजगढ/
निजगढ नगरपालिकाको भरतगंजसिगौंलमा शनिवार निश्शुल्क आँखा परीक्षण शिविर सम्पन्न भयो । हेटौंडा सामुदायिक आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी उपशाखा निजगढ र निजगढ नगरपालिकाको संयुक्त आयोजनामा सो शिविर सम्पन्न भएको हो ।
शिविरमा १८३ जनाले आँखा परीक्षण गराएका थिए । जसमध्ये ४० जनामा मोतियाबिन्दु फेला परेको नेरेसो उपशाखा निजगढका सभापति कृष्णप्रसाद खरेलले जानकारी दिए ।
शिविरमा निजगढ, मकवानपुर चुरे भेगका बासिन्दा, रौतहटको भुलनटार, नर्सरी, इपिलघारी, रजुवालगायतका बासिन्दाहरूको आँखा परीक्षण गरिएको थियो ।