कुमार रुपाखेती
निरङ्कुश राजा महेन्द्रले ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने उद्गार बेलाबेलामा व्यक्त गर्दथे। राजा महेन्द्रको यो भनाइमा व्यक्तिभन्दा मुलुक धेरै ठूलो तथा व्यक्ति मरेर जान्छ तर मुलुक ज्यूँका त्यूँ रहन्छ भन्ने देखिन्छ।
ठूला व्यक्तिहरूका यस्ता उद्गारहरूले आम जनतामा देशभक्ति र राष्ट्रभक्तिको सन्देश प्रवाह हुन्छ। राजतन्त्र नेपालका राजाहरूले बेलाबखत थुप्रै यस्ता उद्गारहरू व्यक्त गरेर जनतालाई झक्झक्याउने काम गर्दथे। तर गणतन्त्र नेपालका राजनैतिक दल र तिनका नेताहरूबाट यस्तो उद्गार बिरलै सुन्न पाइन्छ। अचेल त आफूलाई मुलुकभन्दा ठूलो र सर्वेसर्वा ठान्ने होड चलेको छ। फलाना–फलाना मागको सम्बोधन भएन भने मुलुक टुक्रिन सक्छ भनेर ध्वाँससमेत दिन बेर मान्दैनन् नेताहरू।
गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपतिले पद खुस्किने भएपछि दौरा सुरुवालको फेद समातेर नेपाली भाषा अपनाए अनि पद बचाए। रक्षामन्त्री हुँदा शरदसिंह भण्डारीको विवादास्पद बयानले उनी पजनीमा परे। अचेल तिनै भण्डारीको साइकल छाप मधेसको हिमायती बन्दै कुर्लन थालेको देख्दा सबै तीनछक्क परेका छन्। सत्ताको लागि प्रचण्ड मधेसवादीहरूलाई उस्काउँदै मधेसमा छुट्टै सरकार बन्न सक्छ भन्ने खोक्रो कुरा गर्छन्।
संविधानसभा निर्वाचनमा चारोखाना चित भए पनि आफूलाई मधेसको माइबाप ठान्ने ठालूहरूको भाषण सुन्ने हो भने जोकोहीलाई आफू बिहारमा छु कि भन्ने भ्रम सिर्जना हुन्छ। नेपाली नागरिक भए पनि धेरैले यहाँ सोखको निम्ति हिन्दी भाषा प्रयोग गर्दछन्। नेपाली बोल्न, राष्ट्रिय पोशाक लगाउन लाज मान्नेहरू आफूलाई देशप्रेमी र राष्ट्रप्रेमी ठान्दछन् । यस्ता नेताहरूको भाषण सुन्दासुन्दा यस्तो लाग्छ मानौं मुलुक टुक्रिसक्यो अथवा टुक्रिनेवाला छ। नेताहरूको यस्ता गैरजिम्मेवार भनाइले गर्दा कोही कतै राष्ट्रिय झन्डा जलाउन खोज्छ, कतै टोपीको बेइज्जत गरिन्छ त कतै आजाद मधेस भन्दै दुस्साहस प्रदर्शन गरिन्छ। तर पनि नेपालको राष्ट्रियता झनै मजबुत भएको दाबी राजनैतिक रूपमा गरिन्छ। मुलुकप्रति वफादारी प्रदर्शन गर्न नसक्नेहरू क्षेत्र र सम्प्रदायप्रति कसरी इमानदार हुन सक्छन् ? अचेल आफ्नो दल र आफू सत्तामा गएपछि मुलुक र राष्ट्रियता मजबुत भएको तथा सत्ताबाट खुस्किनासाथ खुस्केटझै राष्ट्रियता कमजोर भएको दाबी गर्न थालिन्छ। सत्तामा टिकुन्जेल मधेसमा हाइसन्चो छ भने मधेसवादी दलहरू अहिले मधेस बिरामी परेको देख्न थालेका छन् । त्यसैले मधेसको ज्वरो मत्थर पार्न काङ्ग्रेस र एमालेहरू तिनका लागि सरकारमा ठाउँ बनाउँदै छन्। राष्ट्रियता बलियो छ त्यसैले त नारायणहिटीको चक्कर लगाउनेहरू अचेल दिल्लीको गोल चक्कर काट्न थालेका छन्। सानाले हैन ठूलाले राष्ट्रियता कमजोर पार्दै लग्न थालेको थुप्रै प्रमाण छ। ‘आ बैल मुझे मार’ भन्न को चाहन्छ ? राष्ट्रियताको नाममा सत्तामा जाने खेल अब पुरानो भइसक्यो । अङ्ग्रेजको डिभाइड एन्ड रूल (टुक्राऊ र शासन गर) अब खोटा सिक्का भइसक्यो। दोस्रो संविधानसभा निर्वाचन परिणाम यसको प्रमाण हो। त्यसैले ‘जिस थाली में खाया उसी में छेद करने’ मानसिकताको सट्टा मुलुक र जनताको सच्चा मित्र बनेर अगाडि बढ्नु सबै राजनैतिककर्मीको दायित्व हो। अगुवाहरूले बाटो हगुवा नीति त्याग्नुपर्छ र दलगत स्वार्थबाट टाढा रही जनतालाई गुमराह गर्नुहुँदैन।
कुकुरको पुच्छर बार्ह वर्ष ढुङ्ग्रोमा राखेभैंm नेताहरूको चरित्र उही खेदजनक र पुरानै ढर्राको देखिन्छ। पुराना राजाहरूबाट क्यै नसिके पनि नयाँ राजाहरूले बस्ने, बोल्ने र राजनीति गर्ने तौरतरिका सिक्ने र इतिहास पढ्नुपर्ने देखिन्छ। होइन भने गणतन्त्रकालका नेताहरू खोदा पहाड निकला चुहा साबित हुनेछन् ।