प्रस, वीरगंज, १५ पुस/
एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको ३० दलीय गठबन्धनले आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय विरोध कार्यक्रमबारे जानकारी गराएको छ । पर्सामा ३० दलीय गठबन्धनका नेतृत्व पाएका मधेसी जन अधिकार फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले पत्रकार सम्मेलनमा वर्तमान सरकारले महेन्द्रकालीन नीति अवलम्बन गरेर अञ्चल र विकास क्षेत्रको संरचनातर्फ फर्काउने कार्य गरेको आरोप लगाए ।
उनले देशमा राजनीतिक अस्थिरता र समावेशिताविरोधी क्रियाकलापलाई काङ्ग्रेस र एमालेले बढावा दिने कार्य गरेको हुँदा २०६२–०६३ सालको जनान्दोलन, त्यसपछिको मधेस विद्रोह, त्यसअघिको माओवादी जनयुद्ध र आदिवासी जनजाति, थारू, मुस्लिम, पिछडा वर्ग तथा महिलालगायतका आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकोले ३० दलीय गठबन्धन आन्दोलनमा होमिन बाध्य भएको बताए । अध्यक्ष यादवले काङ्ग्रेस एमालेले संविधान जारी नगरी मुलुकलाई प्रतिगमनतर्फ लैजान खोजेको आरोप पनि लगाए ।
अध्यक्ष यादवले ३० दलीय गठबन्धनको आयोजनामा यही पुस १९ गते वीरगंजको माईस्थानमा विरोधसभा गर्ने, पुस २८ गते मधेस तथा थरूहट बन्द र माघ ५ गते नेपाल बन्दको आयोजना गरिएको जानकारी गराएका थिए । उनले वार्ता र आन्दोलन दुवैलाई साथसाथै हाँकेर लगिने जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नको मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य वीरेन्द्रलाल नेपाली, शशिकपुर मियाँ, राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंह, सङ्घीय सद्भावनाका सहमहासचिव शिव पटेल, सद्भावना पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन समानीले जवाफ दिएका थिए ।