उमाशङ्कर द्विवेदी
दासीले भनी– “इन्द्रको समान पराक्रमी यी पाँच पाण्डवको अपमान गरेर जयद्रथले द्रौपदीको हरण गरेर लग्यो । हेर्नुहोस्, अहिले पनि उसको रथको लिक र सैनिकहरूको पदचिह्न टड्कारै छ । अहिलेसम्म राजकुमारी टाढा गएकी छैनन्, छिट्टै रथ फर्काएर जयद्रथलाई लखार्नुहोस्, विलम्ब नगर्नुहोस् ।”
दासीको कुरा सुनेर पाण्डवहरू क्रोधित सर्पभैंm फणा काढेर फुफ्कार्दै र आफ्नो धनुषलाई बारम्बार टड्ढार्दै त्यसै बाटोमा हिंड्न थाले । केही परसम्म हिंडेपछि जयद्रथको फौजका घोडाहरूको टापले उडेको धूलोको बादल देखियो । उनीहरूले जयद्रथको सेनाको बीचमा हिंडिरहेका धौम्य ऋषिलाई पनि देखे, जसले आर्त स्वरमा भीमलाई डाक्दै थिए । पाण्डवहरूले धौम्य ऋषिलाई आश्वासन दिए– “पुरेत बाजे, अब तपाईं सुखपूर्वक हिंड्नुहोस्, हामीहरू आइपुगेका छौं । अब तपाईं मन्दबुद्धि जयद्रथको सर्वनाश हेर्नुहोस् ।” अनि उनीहरूले एउटै रथमा आफ्नी प्रियात्मा द्रौपदी र जयद्रथलाई बसिरहेको देखेर उनीहरूको क्रोधाग्नि प्रज्वलित हुन पुग्यो । अनि त भीम, अर्जुन, नकुल र सहदेव जम्मैजनाले जयद्रथलाई युद्धको निम्ति हाँक दिन थाले । पाण्डवहरू आएको देखेर शत्रुहरूको होश नै गुम्यो । पैदल सैनिकहरू त आत्तिएर हात जोर्न थाले । पाण्डवहरूले ती सैनिकहरूलाई छाडिदिए तर शेष सेनाहरूलाई चारैतिरबाट घेरेर यति वाण वर्षा गरे कि चारैतिर अँध्यारो हुन पुग्यो ।
यो देखेर आफ्ना साथी राजाहरूलाई उत्साहित गर्दै सिन्धुराज जयद्रथले भन्न थाले– “साथीहरू हो, शत्रुहरूलाई नछाडौं, जाइ लागौं, जम्मैजनालाइ मारौं ।” अनि त्यस युद्धमा कोकोहोलो मच्चियो । शिवी, सौवीर र सिन्धु देशका सैनिक महाबलवान् बाघभैंm भीम, अर्जुन जस्ता उत्कट वीरहरूलाई देखेर आत्तिए, उनीहरूलाई बडो विषद् हुन थाल्यो । भीममाथि अस्त्रशस्त्रहरूको वर्षा हुन थाल्यो तर उनी विचलित भएनन् । उनले जयद्रथको सेनाको अग्रभागमा रहेको सवारसहित एउटा हात्ती र चौध पैदल सेनालाई आफ्नो गदाले हानेर मारिदिए । अर्जुनले पाँच सय महारथी वीरहरूको संहार गरे । युधिष्ठिरले एक सयजना योद्धाहरूको नाश गरे । नकुल हातमा तरवार लिएर रथबाट हाम्फालेर शत्रुहरूको टाउको काटी माटोमा बीउ छरेभैंm छरिदिए । सहदेवले आफ्नो रथ हात्तीसवारहरूसित जुधाइ दिएर जसरी कुनै शिकारीले रूखमा रहेका चराहरूलाई हानेर खसाली दिन्छ त्यस्तै प्रकारले आफ्नो वाणबाट हान्दै शत्रुहरूलाई उनीहरूको सवारीबाट झार्न थाले ।
यत्तिकैमा त्रिगर्त देशका राजा आफ्नो हातमा धनुष–वाण लिएर आफ्नो विशाल रथबाट हाम्फालेर गदाको प्रहारले राजा युधिष्ठिरको रथमा जोतिएका चारै घोडाहरूलाई मारिदिए । त्यस राजालाई आफ्नो नजिक आएको देखेर राजा युधिष्ठिरले अर्धचन्द्राकार वाण राजाको छातीमा ताकेर हानी दिए । त्यस वाणको मारले त्यो राजा रक्तवमन गर्दै लडेर मरे । घोडा मरेकाले युधिष्ठिर आफ्ना सारथि इन्द्रसेनका साथमा आफ्नो रथबाट ओर्लेर सहदेवको विशाल रथमाथि गई बसे ।
भीमसेनले देखे कि आफूमाथि त राजा कोटिकास्य पो आइलागेका रहेछन्, उनले छुरा प्रहार गरेर तत्काल उनको सारथिको टाउको छिनाए, राजा कोटिकास्यलाई यसको पत्तो नै भएन । सारथि मरेपछि त्यस रथका घोडाहरू यताउति भौंतारिन थाले । कोटिकास्य युद्धबाट विमुख भएर भाग्दै गरेको देखेर भीमसेनले उसमाथि प्रास नामक अस्त्र प्रहार गरेर मारिदिए । अजुर्नले आफ्ना तीखा वाणहरूले सौवीर देशका बार्हजना राजाहरूका धनुष र टाउको काटिदिए । उनले शिवी र इक्ष्वाकु वंशका राजाहरूको तथा त्रिगर्त देशका राजाहरूको पनि संहार गरे ।
यी जम्मै वीरहरू युद्धमा मरेको देखेर जयद्रथ निकै अत्तालियो । उसले द्रौपदीलाई रथबाट ओरालेर स्वयम् प्राण जोगाउनको लागि वनतिर भाग्यो । धौम्य ऋषिलाई अगाडि पारेर आउँदै गरेकी द्रौपदीलाई देखेर राजा युधिष्ठिरले सहदेवद्वारा उनलाई रथमाथि सवार गराए ।
युद्ध समाप्त भएपछि भीमसेनले युधिष्ठिरसित भने– “दाइ, शत्रुहरूका प्रधान प्रधान वीरहरू मारिए । धेरैजना यताउति भागिहाले । तपाईं नकुल, सहदेव, र महात्मा धौम्यका साथ आश्रममा जानुहोस् तथा द्रौपदीलाई शान्त पार्नुहोस् । म त त्यस मूर्ख जयद्रथलाई सहायता गर्न इन्द्र स्वयम् उसको सारथि बनेर आएका किन नहोऊन्, उसलाई जीवित छाड्दिनँ ।”
युधिष्ठिरले भने– “भाइ हेर, यद्यपि सिन्धुराज जयद्रथ वास्तवमा बडो दुष्ट स्वभावका रहेछन् तैपनि बहिनी दु:शला र यशस्विनी माता गान्धारीको विचार गरेर त्यसको प्राण चाहिँ नलिनू ।
तदन्तर राजा युधिष्ठिर द्रौपदीलाई लिएर पुरेत बाजेका साथ आश्रममा आए । त्यहाँ मार्कण्डेय मुनि तथा अन्य पनि धेरै ब्राह्मण–ऋषिहरूले द्रौपदीको लागि बडो शोक गर्दै थिए । जब उनीहरूले पत्नीसहित धर्मराजलाई आश्रममा फर्किआएको देखे र उनीहरूको मुखबाट सिन्धु तथा सौवीर देशका राजाहरूको पराजयको बारेमा सुने अनि उनीहरू जम्मैजना अत्यन्त प्रसन्न भए । राजा युधिष्ठिर ती ऋषिहरूका साथ बाहिर बसे तथा द्रौपदीले नकुल र सहदेवका साथ आश्रममा प्रवेश गरिन् । क्रमश:...।