प्रस, गरुडा, १२ पुस/
बारादेखि महोत्तरीसम्म बोलिने बज्जिका भाषा आपैंmमा पूर्ण भाषा रहेको सर्वेक्षणले देखाएको छ ।
त्रिभुवन विश्वविद्यालयको भाषाविज्ञान केन्द्रीय विभागद्वारा गत वर्ष गरिएको स्थलगत सर्वेक्षणको रिपोर्टमा बज्जिका पूर्ण भाषा भएको स्पष्ट पारिएको छ ।
त्रिभुवन विश्वविद्यालयको भाषाविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. दानराज रेग्मीको नेतृत्वमा आएको टोलीले सर्लाहीको मल·वा, बरहथवा, रौतहटको गरुडा, गौर र कटहरियामा कार्यक्रम गरेर तथा विभिन्न क्षेत्रका मानिसहरूसित भाषाको वैज्ञानिक किसिमले बोलीको अध्ययन गरेको
थियो ।
विभागबाट आएको स्थलगत सर्वेक्षण टोलीमा डा. बलराम प्रसाई, डा. अम्बिका रेग्मी, गोपाल ठाकुर र भाषाविज्ञान विभागसँग सम्बन्धित अन्य केही महत्त्वपूर्ण व्यक्तित्वको सहभागिता थियो ।
नेपालको भाषिक सर्वेक्षण परियोजनाका निर्देशकसमेत रहेका प्रा.डा. रेग्मीको टोलीद्वारा गरिएको
स्थलगत अध्ययनको रिपोर्ट तयार भएपछि डा. रेग्मीले प्रतिक्रिया दिंदै भनेका छन्– “बज्जिका आपैंmमा पूर्ण भाषा हो ।”
विभिन्न छिमेकी भाषाहरूले बज्जिकामाथि आफ्नो दाबी गरिरहेको अवस्थामा त्रिविको भाषाविज्ञान विभाग तथा भाषिक सर्वेक्षण नेपालद्वारा गरिएको स्थलगत सर्वेक्षणपछि आएको रिपोर्टबाट भाषाको वैज्ञानिक दृष्टिले समेत बज्जिका पूर्ण र स्वतन्त्र भाषा रहेको प्रमाणित भएको छ ।
“अ सोसियोलिङ्ग्विस्टिक सर्वे अफ बज्जिका” नाम दिइएको रिपोर्टलाई त्रिविका लागि प्रा.डा. दानराज रेग्मी, डा. बलराम प्रसाई र डा. अम्बिका रेग्मीले प्रस्तुत गरेका छन् ।
१३५ पृष्ठ लामो प्रतिवेदनलाई नौ छुट्टाछुट्टै भागमा तयार पारिएको छ । जुलाई २०१४ मा तयार गरिएको रिपोर्टले बज्जिकालाई आधिकारिकरूपले पूर्ण भाषाको मान्यता दिएको छ ।
बज्जिकामाथि विश्वविद्यालयको भाषाविज्ञान केन्द्रीय विभागद्वारा पहिलोपटक स्थलगत सर्वेक्षण गरिएको र स्वतन्त्र अध्ययनले आधिकारिकता दिएकोले अन्य भाषाभाषीको बज्जिकामाथिको दाबी झूटो र बज्जिकाभाषीले आफ्नो भाषालाई पूर्ण भाषाको रूपमा गर्दै आएको दाबी ठीक भएको देखिएको नेपाल बज्जिका शिक्षक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सफिन्द्रप्रसाद यादवके बताए ।
बज्जिका आधिकारिकरूपमैं पूर्ण भाषा भएको रिपोर्ट आएपछि बज्जिका भाषा र बज्जिकाभाषीमाथि न्याय भएको प्रतिक्रिया आएको छ । नेपालका प्राचीन भाषाहरूमध्ये एक बज्जिकाभाषीको सङ्ख्या नेपालमा पच्चीस लाखभन्दा बढी भएको दाबी गरिए पनि पछिल्लो जनगणनाबाट देशका १२३ मातृभाषामध्ये सातौं ठूलो भाषाको रूपमा तीन प्रतिशत नेपालीले बज्जिकालाई मातृभाषाको रूपमा स्वीकार गरेको देखिएको छ ।
करिब आठ लाख नेपालीले जनगणनामा मातृभाषाको रूपमा बज्जिका उल्लेख गरेका छन् ।
बज्जिका चेतनाको पक्षमा भाषाविज्ञान केन्द्रीय विभागको रिपोर्ट निकै सकारात्मक र ठोस उपलब्धि भएको बज्जिका भाषा विकास परिषद् नेपालका केन्द्रीय अध्यक्ष शिवचन्द्र साहले प्रतिक्रिया दिएका छन् ।