$type=ticker$count=12$cols=4$cate=0

आयुर्वेद–एक परिचय

SHARE:

बासुदेवलाल दास
    सामान्यत: आयुर्वेदबारे विवेचन गर्दा यसलाई प्राच्य चिकित्सा पद्धतिको रूपमा व्याख्या गर्ने गरिएको पाइन्छ । चिकित्साको क्षेत्रमा मात्र अध्ययन गर्दा यसको स्वरूपलाई प्राकृतिक अथवा नैसर्गिक भन्न सकिन्छ । यस अन्तर्गत प्रणालीगतरूपमा आधारभूत रस–प्रक्रियात्मकताको असन्तुलन विषयक अध्ययन गरिन्छ, जसबाट रोगका लक्षणहरूको पहिचान गर्न सजिलो हुने गर्दछ । यसका साथै यस प्रणालीमा रोगलाई मन र आत्मामा हुने विस·ति विषयक विवेचन गरी हेर्ने गरिन्छ । आयुर्वेदको रीतिबाट गरिने उपचार सम्यक रूपबाट स्थायी हुने तथा यसका कुनै पनि प्रकारका सहप्रभावहरू नहुने भनिन्छ ।
    विद्वान्हरूको विचारमा विगत पाँच हजार वर्षको पृष्ठभूमि रहेको आयुर्वेद प्रणाली एउटा उपचार–पद्धति मात्र होइन, वस्तुत: जीवन विज्ञानको एउटा भाग हो । आयुर्वेदको अन्तिम लक्ष्य भनेको स्वास्थ्य मात्र होइन, अपितु शरीर, इन्द्रिय, मन र आत्मालाई प्राप्त हुने सर्वोत्तम शान्ति हो । वास्तवमा यो समस्त मानवीयताको लक्ष्य हो । मन र आत्मामा शान्ति रहे मात्र शरीर स्वस्थ रहन्छ । प्राचीन आचार्यहरूले आयुर्वेदको अर्थ यसमा आएका ‘आय’ु र ‘वेद’ यी दुई शब्दका आधारमा व्यापकरूपमा गरेका छन् ।
     यसमा ‘आयु’ विषयक विवेचन गर्दा आयुर्वेका सिद्धान्त अनुसार शरीर, इन्द्रिय, मन र आत्माको संयोगलाई ‘आयु’ भनिएको पाइन्छ । अर्थात् जबसम्म यी चारओटाको संयोग रहन्छ, त्यस कालावधिलाई ‘आयु’ भनिन्छ । यी चारओटैका सम्पत्ति (साद्गुण्य) र विपत्ति (वैगुण्य) आदिका आधारमा आयुका अनेक भेद हुने गर्दछन्, परन्तु सङ्क्षेपमा प्रभावभेदका आधारमा यसलाई (क) सुखायु, (ख) दु:खायु, (ग) हितायु र (घ) अहितायु गरी चार प्रकारको मानिएको देखिन्छ, जुन यसरी व्याख्या गरिएको पाइन्छ ।
(क) सुखायु :– यस अन्तर्गत कुनै पनि शारीरिक अथवा मानसिक विकार इत्यादि नहुनुका साथै ज्ञान, विज्ञान, बल, पौरुष, धनधान्य, यश, कीर्ति, परिजन आदि साधनद्वारा समृद्ध रहेको व्यक्ति मानिएको छ ।
(ख) दु:खायु :– यस्तै समस्त साधनहरूले युक्त भएर पनि शारीरिक वा मानसिक रोगहरूद्वारा पीडित अथवा निरोग भएर पनि स्वास्थ्य र साधन दुवैबाट हीन व्यक्तिलाई दु:खायु वर्गको मानिएको छ ।     (ग) हितायु :– स्वास्थ्य र साधनहरू द्वारा सम्पन्न भएका अथवा तिनमा केही कमी भएर पनि जो व्यक्ति विवेक, सदाचार, सुशीलता, उदारता, सत्य, अहिंसा, शान्ति, परोपकार इत्यादि गुणहरूले युक्त हुने गर्दछ तथा समाज एवं लोकको कल्याणार्थ कार्य गरिरहेको हुन्छ, उसलाई हितायु भनिन्छ ।
(घ) अहितायु :– यसरी नै जो व्यक्ति अविवेक, दुराचार, क्रूरता, स्वार्थ, दम्भ, अत्याचार इत्यादि दुर्गुणहरूले युक्त हुन्छ तथा समाज एवं लोकका लागि अभिशाप हुने गर्दछ, उसलाई अहितायु भनिन्छ ।
     यस प्रकार हित, अहित, सुख र दु:ख गरी आयुका चार भेद मानिएका छन् । अर्कोतर्फ, काल–प्रमाणका आधारमा दीर्घायु, मध्यायु र अल्पायु गरी सङ्क्षेपमा यी तीनओटा भेद गरिएका पाइन्छन् । यस्तै प्रकारले यी तीनओटाका पनि अनेक भेदहरूको परिकल्पना गर्न सकिने भनिएको पाइन्छ ।
    यसरी नै ‘वेद’ विषयक विवेचन गर्दा यसका सत्ता, लाभ, गति, विचार, प्राप्ति तथा ज्ञानका साधन इत्यादि गरी अर्थ लगाइएको पाइन्छ । आयुर्वेद भनेको आयुको वेद हो । अर्थात् जुन शास्त्रमा आयुको स्वरूप, आयुको विविध भेद, आयुका लागि हितकर तथा अहितकर आहार, आचार एवं चेष्टा आदि विषय, आयुका प्रमाण र अप्रमाण तथा तिनका ज्ञानका साधनहरू एवं आयुका उपादानभूत शरीर, इन्द्रिय, मन र आत्मा, यिनमा सबै वा कुनै एउटाको विकासका साथै हित, सुख तथा दीर्घायुको प्राप्तिका साधनहरूको एवं यिनका बाधक विषयहरूको निराकरणका उपायहरूको विवेचन गरिएको हुन्छ, त्यस शास्त्रलाई आयुर्वेद भनिन्छ । वस्तुत: आयुर्वेदलाई प्राचीन भारतीय चिकित्सा पद्धति मात्र भन्नु यसलाई सङ्कुचित अर्थमा प्रयोग गर्नुहुनेछ ।
    विद्वान्हरूको विचारमा आयुर्वेदका दुई उद्देश्य हुन्छन्– पहिलो उद्देश्यमा स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु भनिन्छ । यसका लागि आफ्नो शरीर र प्रकृतिको अनुकूल देश, काल आदिको विचार गरी नियमित आहार, विहार, चेष्टा, व्यायाम, शौच, स्नान, शयन, जागरण इत्यादि गृहस्थ जीवनका लागि उपयोगी शास्त्रोक्त दिनचर्या, रात्रिचर्या एवं ऋतुचर्याको पालन गर्नु, सड्ढटमय कार्यहरूबाट अलग रहनु, प्रत्येक कार्यलाई विवेकपूर्ण ढ·ले गर्नु, मन तथा इन्द्रियलाई नियन्त्रित राख्नु, देश, काल आदि परिस्थिति अनुसार आफ्नो शरीरको शक्ति तथा अशक्तिबारे विचार गरेर मात्र कुनै पनि कार्य गर्नु, मलमूत्र आदिको उपस्थित वेगलाई न रोक्नु, ईष्र्या, द्वेष, लोभ, अहड्ढार आदिबाट अलग रहनु, बेलाबेलामा शरीरमा सञ्चित दोषहरूलाई निकाल्नका लागि वमन, विरेचन आदि प्रयोग गरी शरीरलाई शुद्ध पार्नु, सदाचारको पालन गर्नु तथा दूषित वायु, जल, देश र कालको प्रभावबाट उत्पन्न महामारीहरूमा विज्ञ चिकित्सकहरूद्वारा दिइने उपदेशलाई समुचित रूपबाट पालन गर्नु, स्वच्छ र विशोधित जल, वायु, आहार आदिको सेवन गर्नु तथा अन्य व्यक्तिलाई पनि यसका लागि प्रेरित गर्नु इत्यादि कार्यहरू गर्नुपर्ने भनिएको पाइन्छ ।
    यसरी नै आयुर्वेदको दोस्रो उद्देश्यमा रोगी व्यक्तिका विकारहरूलाई समाप्त पारी उसलाई स्वस्थ बनाउनु भनिन्छ । यसका लागि प्रत्येक रोगका (क) हेतु
(कारण), (ख) लि· (रोग परिचायक विषय) एवं (ग) औषधि विषयक ज्ञान ,
यी तीनथोक परम आवश्यक हुने भनिएको छ । यी तीनओटा विषयलाई आयुर्वेदको ‘त्रिस्कन्धु’ अर्थात् तीन प्रधान शाखाहरू भनेर व्याख्या गरिन्छ, जसको विस्तृत विवेचन आयुर्वेद विषयका ग्रन्थहरूमा गरिएको पाइन्छ । यसका साथै आयुका सङ्घटकका रूपमा (१) शरीर, (२) इन्द्रिय, (३) मन र (४) आत्मा– यी चार तत्त्वलाई मानिएको छ ।
(१) शरीर :– शरीर भनेको समस्त चेष्टाहरू, इन्द्रियहरू, मन र आत्माका आधारभूत पञ्चभौतिक पिण्ड हो । शरीरमा अ·, प्रत्य· तथा कोष्ठा· रहेका हुन्छन् । यसरी नै टाउकोभित्र सबै इन्द्रिय र प्राणका केन्द्रहरूको आश्रयको रूपमा मस्तिष्क रहेको हुन्छ । आयुर्वेद अनुसार शरीरमा ३०० अस्थिहरू हुन्छन्, जसलाई वर्तमान समयमा गणना–क्रमभेदका दृष्टिले २०६ ओटा मानिएको छ । यस्तै प्रकारले २०० सन्धिहरू, ९०० स्नायुहरू, ७०० शिराहरू, २४ धमनीहरू र तिनका २०० शाखाहरू, ५०० पेशीहरू (स्त्रीवर्गमा २० अधिक) एवं ३०,९५६ सूक्ष्म स्रोतहरू रहेका हुन्छन् । त्यस्तै, शरीरमा रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र गरी यी सात धातुहरू रहने गर्दछन् । यी धातुहरूको नित्यप्रति विविध कार्यहरूमा स्वाभाविकरूपमा उपयोग हुने भएकोले यिनमा क्षय भइरहने हुन्छ, परन्तु खानपानको रूपमा हामी जुन विविध प्रकारका पदार्थ ग्रहण गरिरहेका हुन्छौं, त्यसबाट यसको क्षतिपूर्ति हुनुका साथै धातुहरूको पुष्टि पनि भइरहेको हुन्छ । आहारको रूपमा ग्रहण गरिएका पदार्थ पाचकाग्नि, भूताग्नि र विभिन्न धात्वग्निहरू द्वारा परिपक्व भई अनेक परिवर्तनहरू पश्चात् पूर्वोक्त धातुहरूको स्वरूपमा परिणत भएर यी धातुहरूको पोषण गर्दछ । यस पाचनक्रियामा आहारका जुन सार भाग हुने गर्दछ, त्यसबाट रस धातुको पोषण हुन्छ एवं जुन किट्ट भाग शेष रहछ, त्यसबाट मल र मूत्र बन्ने गर्दछ । यो रस हृदय हुँदै शिराहरूको माध्यमले समस्त शरीरमा पुगेर प्रत्येक धातु र अ·लाई पोषण प्रदान गर्दछ । धात्वग्निहरूद्वारा पाचन भएपछि रस आदि धातुका सार भागबाट रक्त आदि धातु तथा शरीरको समेत पोषण हुने गर्दछ । यसका साथै यसका किट्ट भागबाट मलको उत्पत्ति हुने गर्दछ, जस अन्तर्गत रसबाट कफ, रक्तबाट पित्त, मांसबाट नाक, कान र नेत्रको बाटो बाहिर आउने मल, मेदबाट स्वेद
(पसिना), अस्थिबाट केश तथा लोम
(टाउको र दाढी (जुँगाका कपाल) एवं मज्जाबाट आँखाका कचेरा बन्ने गर्दछ । शुक्रमा कुनै प्रकारको मल हुँर्दैन, अत: यसको सार भागबाट ओज (बल) बन्ने गर्दछ । यिनै रसादि धातुहरूबाट अनेक उपधातुहरूको समेत उत्पत्ति हुने गर्दछ । यी धातुहरू एवं उपधातुहरू विभिन्न अवयवहरूमा भिन्नभिन्न रूपमा स्थित भएर शरीरका विभिन्न क्रियाहरूमा उपयोगी हुने गर्दछन् । जबसम्म यिनीहरू उचित परिमाण र स्वरूपमा रहने तथा यिनका क्रिया स्वाभाविक हुने गर्दछ, तबसम्म शरीर स्वस्थ रहन्छ । अर्कोतिर, यिनको न्यूनाधिक मात्रा तथा विकृत स्वरूपद्वारा नै शरीरमा रोगको उत्पत्ति हुने गर्दछ ।
(२) इन्द्रिय :– शरीरमा प्रत्येक अ· वा यसका कुनै पनि अवयवको निर्माण उद्देश्यविशेषले गर्दा नै भएको हुन्छ । अर्थात् प्रत्येक अवयवद्वारा विशिष्ट कार्यको सिद्धि हुने हुन्छ, जस्तै हातले समात्नु, खुट्टाले हिंड्नु, मुखले खानु, दाँतले चपाउनु इत्यादि । केही अवयव यस्ता हुन्छन्, जसबाट अनेक कार्य हुने गर्दछ एवं केही यस्ता पनि हुन्छन्, जसबाट कुनै विशेष कार्य मात्र हुने हुन्छ । यसमा जसबाट कार्यविशेष मात्र सम्पादित हुने गर्दछ, त्यसमा त्यस कार्यविशेषका लागि शक्ति सम्पन्न एउटा विशिष्ट सूक्ष्म रचना हुने गर्दछ, त्यसैलाई इन्द्रिय भन्ने गरिन्छ । अर्थात् शब्द, स्पर्श, रूप, रस तथा गन्ध जस्ता बाहिरी विषयहरू ज्ञान प्राप्त गर्नका लागि क्रमश: कान, त्वचा
(छाला), नेत्र (आँखा), जिह्वा (जिब्रो) तथा नासिका (नाक) ( यी अवयवहरूलाई इन्द्रियाश्रय–अवयव (विशेष इन्द्रियहरूका अ·) भनिन्छ एवं यिनमा स्थित विशिष्ट शक्तिसम्पन्न सूक्ष्म वस्तुलाई इन्द्रिय भनिन्छ ।
    प्राचीन प्राच्य दार्शनिक सिद्धान्त अनुसार संसारका सबै स्थूल पदार्थको निर्माण पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच महाभूतहरूको संयोगबाट हुने गर्दछ । यिनका अनुपातमा हुने गरेको भेदका कारणले गर्दा नै पदार्थका भिन्नभिन्न रूप हुने गर्दछन् । यी क्रमश: पाँच रहेका छन् :– श्रोत्र, त्वक्, चक्षु, रसना र घ्राण । यी सूक्ष्म अवयवहरूमा पञ्चमहाभूतहरूमध्ये त्यस महाभूतको विशेषता रहने गर्दछ, जसका शब्द
(ध्वनि) आदि विशिष्ट गुण भनिएका छन्, जस्तै शब्दका लागि श्रोत्र इन्द्रियमा आकाश, स्पर्शका लागि त्वक् इन्द्रियमा वायु, रूपका लागि चक्षु इन्द्रियमा तेज, रसका लागि रसनेन्द्रियमा जल तथा गन्धका लागि घ्राणेन्द्रियमा पृथ्वी तत्त्व । यी पाँचओटा इन्द्रियहरूलाई ज्ञानेन्द्रिय भनिन्छ । यिनका अतिरिक्त, विशिष्ट कार्य सम्पादन हेतु पाँचओटा कर्मेन्द्रियहरू पनि रहेका छन्, जस्तै गमन हेतु खुट्टा, ग्रहण हेतु हात, बोल्न हेतु जिह्वा, मलत्याग हेतु गुदा र मूत्रत्याग तथा सन्तानोत्पादन हेतु शिश्न (स्त्रीवर्गमा भग) । यी इन्द्रियहरूको आफ्नो कार्यमा मनको प्रेरणाद्वारा नै प्रवृत्ति हुने गर्दछ । मनसित सम्पर्क नभएको खण्डमा यिनीहरू निष्क्रिय रहने गर्दछन् ।
(३) मन :– प्रत्येक प्राणीको शरीरमा अत्यन्त सूक्ष्म र एउटा मात्र मन हुन्छ । यो अत्यन्त द्रुत गति भएको तथा प्रत्येक इन्द्रियको नियन्त्रक हुने गर्दछ, परन्तु यो स्वयं पनि आत्माको सम्पर्कबिना अचेतन हुने भएकोले निष्क्रिय रहने गर्दछ । प्रत्येक व्यक्तिको मनभित्र सत्व, रज र तम यी तीनओटै प्राकृतिक गुणहरू रहने भए तापनि यसमध्ये सामान्यत: कुनै एउटाको प्रबलता रहने गर्दछ तथा त्यसैको अनुरूप व्यक्ति सात्विक, राजस र तामस हुने गर्दछ, परन्तु समय–समयमा आहार, आचार एवं परिस्थिति इत्यादिका प्रभावले गर्दा अर्को गुणहरूको पनि प्रबलता भइहाल्ने गरेको पाइन्छ । यसको ज्ञान प्रवृत्तिगत लक्षणहरूद्वारा हुने गर्दछ, जस्तै रागद्वेषशून्य यथार्थ–द्रष्टा मन सात्विक, रागयुक्त, सचेष्ट र चञ्चल मन राजस तथा आलस्य, दीर्घसूत्रता एवं निष्क्रियता आदिबाट युक्त मन तामस हुने गर्दछ । यसै कारण सात्विक मनलाई शुद्ध, सत्व अथवा प्राकृतिक मानिएको तथा रज र तमलाई उसको दोष भनिएको छ । आत्माबाट चेतनता प्राप्त गरेर प्राकृतिक अथवा सदोष मन आफ्नो गुणहरूको अनुसार इन्द्रियहरूलाई आआफ्नो विषयहरूमा प्रवृत्त गराउने गर्दछ एवं त्यसैको अनुरूप शारीरिक कार्यहरू हुने गर्दछन् । आत्माले मनद्वारा नै इन्द्रियहरू तथा शरीरका अवयवहरूलाई प्रवृत्त गर्दछ, किनभने मन नै उसको करण
(उपकरण) हुने गर्दछ । यसैले मनको सम्पर्क जुन इन्द्रियसित हुन्छ, त्यसैद्वारा ज्ञान हुने गर्दछ, त्यसको अतिरिक्त अन्यद्वारा हुँदैन । यद्यपि मन एउटा मात्र र सूक्ष्म हुने भएकोले उसको सम्पर्क अनेक इन्द्रियहरूसित एकैसाथ हुनु सम्भव हुँदैन, तथापि उसको गति यति तीव्र हुन्छ कि त्यो एकपछि अर्को इन्द्रियसितको सम्पर्कमा शीघ्रताका साथ परिवर्तित हुने गर्दछ । यसबाट हामीलाई यस्तो ज्ञात हुन्छ कि उसको सम्पर्क सबैसित रहेको छ तथा सबै कार्य एकसाथ भइरहेका छन्, परन्तु वास्तवमा यस्तो हुने गर्दैन ।
(४) आत्मा :– आत्मा भनेको पञ्चमहाभूत र मनभन्दा भिन्न, चेतनावान, निर्विकार तथा नित्य हुन्छ एवं साक्षी स्वरूप हुन्छ । यसको सम्पर्कबाट सक्रिय किन्तु अचेतन मन, इन्द्रियहरू तथा शरीरमा चेतनाको सञ्चार हुने एवं तिनीहरू सचेष्ट हुने गर्दछन् । आत्मामा रूप, र·, आकृति आदि कुनै प्रकारका चिह्न हुँदैन, परन्तु यसको बिना शरीर अचेतन हुने भएकोले निश्चेष्ट रहन्छ तथा मृत भनाउने गर्दछ । आत्माको सम्पर्क भएबाट नै शरीरमा चेतना आउने र त्यसलाई जीवित भनिने गरिन्छ एवं त्यसमा अनेक प्रकारका स्वाभाविक तथा अस्वाभाविक क्रियाहरू, जस्तै श्वासोच्छ्वास, सानोबाट ठूलो हुनु, काटिएको घाउ भरिएर आउनु, आँखाका ढकनीहरू खुल्नु र बन्द हुनु, जीवनका लक्षण देखिनु, मनको गतिशीलता, एउटा इन्द्रियद्वारा प्राप्त ज्ञानको अर्को इन्द्रियमाथि प्रभाव हुनु (यथा कुनै सुन्दर मधुर फल देख्नासाथ मुखमा पानी आउनु), विभिन्न इन्द्रिय र अवयवहरू विभिन्न कार्य आदिमा प्रवृत्त गराउनु, विषयहरू ग्रहण र धारण गर्नु, सपनामा एक ठाउँबाट अर्को ठाउँमा पुग्नु, एउटा आँखाले देखिने वस्तुलाई अर्को आँखाले पनि अनुभव गर्नु इत्यादि हुन थालेका हुन्छन् । इच्छा, द्वेष, सुख, दु:ख, प्रयत्न, धैर्य, बुद्धि, स्मरणशक्ति, अहड्ढार आदि भावहरूको आविर्भाव शरीरमा आत्माको सम्पर्क भएपछिको अवस्थामा मात्र हुने गर्दछ, आत्मारहित मृत शरीरमा हुने गर्दैन । अत: यिनीहरूलाई आत्माका लक्षण भनिएको पाइन्छ, अर्थात् पूर्वोक्त लक्षणहरूद्वारा आत्मा विषयक अनुमान मात्र गर्न सकिन्छ । मानसिक कल्पनाको अतिरिक्त कुनै अन्य इन्द्रियद्वारा उसलाई प्रत्यक्ष गर्नु सम्भव नरहेको भनिन्छ । यो आत्मा नित्य, निर्विकार, व्यापक भएर पनि पूर्वकृत शुभ अथवा अशुभ कर्महरूका परिणामस्वरूप जस्तो प्रकारको योनिमा तथा शरीरमा, जस्तो प्रकारको मन, इन्द्रिय एवं विषयहरूको सम्पर्कमा आउँछ, त्यस्तै प्रकारको कार्य हुने गर्दछ । अशुभ कार्य गर्नाले उत्तरोत्तर अधोगति हुने तथा यसविपरीत शुभ कार्य गर्नाले उत्तरोत्तर उन्नति हुने भनिन्छ । यस प्रकार मन राग–द्वेषविहीन भएमा मोक्षको प्राप्ति हुने भनिएको पाइन्छ ।
    यस विवरणबाट स्पष्ट हुन्छ कि आत्मा भनेको निर्विकार हुन्छ, परन्तु मन, इन्द्रिय तथा शरीरमा विकृति हुन सक्दछन् । यसमा मन, इन्द्रिय र शरीर परस्पर सापेक्ष्य हुने भएकोले एउटामा उपस्थित विकारद्वारा अर्कोलाई प्रभावित गर्न सक्ने हुन्छ । यसैले यिनीहरूलाई प्रकृतिस्थ राख्नुपर्ने अर्थात् विकृत भएको अवस्थामा प्रकृतिमा ल्याउनुपर्ने अर्थात् स्वस्थ बनाउनुुपर्ने परम आवश्यक रहेको भनिन्छ । यसबाट दीर्घ सुख र हितायुको प्राप्ति हुने गर्दछ । यसको परिणामस्वरूप क्रमश: आत्मालाई पनि उसको एक मात्र, परन्तु भीषण, जन्म, मृत्यु र भव–बन्धन रूपी रोगबाट मुक्ति पाउन सहजता प्राप्त हुन्छ । यसलाई आयुर्वेदमा ‘नैष्ठिकी चिकित्सा’ भनेर व्याख्या गरिएको पाइन्छ ।
     यस प्रकार मानवका लागि आयुर्वेद एउटा उपचार पद्धति मात्र नभएर समस्त जीवन–दर्शनको रूपमा रहेको देखिन्छ । आयुर्वेदमा आन्तरिक र बाह्य सौन्दर्यलाई अन्तर· रूपमा सम्बन्धित रहेको मानिन्छ । हामी जति धेरै स्वयंलाई पोषण गर्दछौं, त्यति नै शारीरिक तथा अभिव्यञ्जनात्मक दृष्टिले हामी तेजस्वी हुन्छौं, यसमा शारीरिक गठन र आनुपातिक संरचनाको त्यति महत्त्व हुँदैन । प्राच्य दार्शनिक अवधारणा अनुसार सौन्दर्यका बाह्य, आन्तरिक र प्रच्छन्न गरी तीनओटा पक्षहरू हुने भनिन्छन् । यसमा भनिन्छ कि जबसम्म बाह्य र आन्तरिक पक्षहरू मध्य सन्तुलन हुँदैन, प्रच्छन्न पक्षको निष्पादन हुन सक्दैन । बाह्य सौन्दर्य सामान्यत: बाहिरबाट दृष्टिगोचर हुने भनिन्छ, जस अन्तर्गत शरीरको आकृति र रूपरेखा विषयक लाक्षणिक स्पष्टता, त्वचाको संरचना तथा कपाल र नङको गुणात्मकता इत्यादिलाई लिइने गरिन्छ । परन्तु आयुर्वेदको सिद्धान्त अनुसार यसमा कायिक चेष्टा तथा अ·हरूको अनुकूलता र गतिविधिका साथै जीवनी–शक्ति र नैसर्गिक प्रफुल्लता एवं प्राणीको समुज्ज्वल शारीरिक आकर्षण विषयक सूक्ष्म लक्षणहरू समेतलाई विचार गरिनुपर्ने भनिन्छ । यसका साथै आन्तरिक सौन्दर्यको रूपमा व्यक्तिको भावनात्मक स्थिति र मानसिक क्षमता सदृश आन्तरिक गुणहरूसित सम्बन्धित विषयलाई मानिन्छ । यिनीहरूको निरुपण केही हदसम्म पूर्वजन्मका कर्मको आधारमा समेत हुने भनिन्छ । समुचित आहार, विहारद्वारा शरीरको भौतिक स्वरूपलाई स्वस्थ राख्न सकिने जस्तै सकारात्मक चिन्तनद्वारा व्यक्तिको मानसिक स्वास्थ्यको सम्पोषण गर्न सकिन्छ । यसरी नै सौन्दर्यको प्रच्छन्न पक्ष अन्तर्गत ऊर्जा, अन्तर्दृष्टि, अन्त:प्रेरणा इत्यादिद्वारा आन्तरिक र बाह्य सौन्दर्यलाई सन्तुलित गर्ने विषयक विवेचन गरिन्छ । यस्ता विशेष सद्गुणहरूलाई विकसित गर्नका लागि जिज्ञासा, उत्सुकता, समय, धैर्य र बोधगम्य अनुभूति आदिको आवश्यकता हुने भनिन्छ ।    
    आयुर्वेद विषयलाई आठ भागमा विभक्त गरिएको पाइन्छ, जसलाई ‘अष्टा· वैद्यक’ पनि भनिन्छ । यिनमा
(अ) काय चिकित्सा, (आ) शल्यतन्त्र,
(इ) शालाक्यतन्त्र, (ई) कौमारभृत्य
(तन्त्र), (उ) अ·दतन्त्र, (ऊ) भूतविद्या, (ए) रसायनतन्त्र र (ऐ) वाजीकरण रहेका छन् । यस्तै आयुर्वेद विषयक ग्रन्थत्रयी भनेर चरक, सुश्रुत तथा वाग्भटको वर्णन गरिएको पाइन्छ । प्राच्य वाङ्मय अनुसार आयुर्वेदसम्बन्धी कृतिकार र कृतिहरूमा धन्वन्तरिकृत चिकित्सातत्वविज्ञान, दुवै अश्विनीकुमारकृत चिकित्सासारतन्त्र, नकुलकृत वैद्यकसर्वस्व, सहदेवकृत व्याधिसिन्धुविमर्दन, यमराजकृत ज्ञानार्णव, च्यवनकृत तन्त्रसार, जाजलिकृत वेदा·सार, जाबालकृत जीवदान, जनककृत वैदसन्देहभञ्जन, बुधकृत सर्वसार, येलकृत निदानतन्त्र, करथकृत सर्वधरतन्त्र, अगस्तिकृत द्वैधनिर्णयतन्त्र इत्यादिका नाम महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ । यसरी नै आयुर्वेद संहिता भनेर (१) हारीत, (२) सुश्रुत, (३) पराशर, (४) भोज, (५) भेड, (६) भृगु, (७) अग्निवेश, (८) चरक, (९) च्यवन, (१०) अगस्ति, (११) बाराह, (१२) नारायण, (१३) नृसिंह, (१४) आत्रेय, (१५) अत्रि, (१६) चन्द्रमा, (१७) शिव र (१८) सूर्यकुल गरी अठारओटा संहिताहरूको वर्णन
पाइन्छ ।
सन्दर्भ ग्रन्थहरू :
१) हरदेव बाहरी : प्राचीन भारतीय संस्कृति कोश, नई दिल्ली, विद्या प्रकाशन मन्दिर, १९८८ ई.
२) मेलनी साच : आयुर्वेदिक बिउटी केअर, दिल्ली, मोतीलाल बनारसीदास, २०१४ ई.
३) आत्रेय : आयुर्वेदिक हीलिंग फौर वूमेन, दिल्ली, मोतीलाल बनारसीदास, २०१४ ई.
४) हिन्दी विश्वकोश, खण्ड १, वाराणसी, नागरी प्रचारिणी सभा, २०२४ वि.सं.
५) आयुर्वेद सारसङ्ग्रह, कलकत्ता, श्री बैद्यनाथ आयुर्वेद भवन प्राइवेट लि., २०२१ वि.सं.
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आयुर्वेद–एक परिचय
आयुर्वेद–एक परिचय
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh2r6akUztU-ebiS9nABi-g3s07dZetOJJ6t8FGgPOJp3VLxKgTI5ICW2wwapPeWQk8DxDfu-EHyDY6NTqaaMjhKVk97LE4m7YuPBEA9XCjRE4Vyd8uJP1WXHFkjdsT9OWnDg3aB7prABw/s1600/basudevlal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh2r6akUztU-ebiS9nABi-g3s07dZetOJJ6t8FGgPOJp3VLxKgTI5ICW2wwapPeWQk8DxDfu-EHyDY6NTqaaMjhKVk97LE4m7YuPBEA9XCjRE4Vyd8uJP1WXHFkjdsT9OWnDg3aB7prABw/s72-c/basudevlal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/12/blog-post_53.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/12/blog-post_53.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy