प्रतीक दैनिकको बुधवारको अड्ढमा प्रकाशित ‘फस्टाउँदो वीरगंजमा भत्ता पत्रकारिता र ठेक्का पत्रकारिता’ शीर्षकको समाचार पढेर खुशी लाग्यो र प्रतिक्रिया लेख्न विवश भएँ ।
नढाँटी भन्ने हो भने वीरगंजको पत्रकारिता केहीं गैर, अनक्वालिफाइड तथा मागन्ते पत्रकारहरूको कारण बदनाम भएको हो । मैले यसो किन पनि भनिरहेको छु भने १० वर्षभन्दा बढी समयदेखि स्थानीय पत्रकार र पत्रपत्रिकाकै वरिपरि आफूलाई राखेको हुँ । यस अर्थमा मैले वीरगंजका पत्रकार र पत्रकारितालाई धैरै हदसम्म नजिकबाट देखेको, सुनेको र पढेको छु ।
हो, वास्तविकता यही नै हो वीरगंजमा कतिपय यस्ता पत्रकारहरू छन् जोसँग पत्रकारिताको सैद्धान्तिक ज्ञान छैन, जसले पत्रकार आचारसंहिता बुझेका छैनन्, जसले सूचना सम्प्रेषणभन्दा बढी आफ्नो स्वार्थसिद्धिका लागि मात्र पत्रकारिताको खोल ओढेका छन्, जो जाबो एउटा क्यामरा चलाउन जानेको भरमा पत्रकार भएका छन्, जो अरूले लेखेको समाचारमा आफ्नो नाम लेखाएर आफू राम्रो, दक्ष तथा ठूलो पत्रकार हुँ भनी फुर्ति लाउँछन्, जसको योग्यता नै नपुगी समाचार, कार्यकारी सम्पादक बनेका छन् । ती र त्यस्तै खालका पत्रकारहरूले ठेकेदारी, भत्ते (भत्ता/खानपान भएका कार्यक्रमहरूमा मात्र उपस्थित हुने) पत्रकारिता गरिराखेको छन् । एउटाले लेखेको समाचार धेरैजसो पत्रिकामा हुबहु प्रकाशित हुनुले पनि पत्रकारको अयोग्यता प्रस्टिन्छ ।
पत्रकारिता समाज र राष्ट्रप्रति समर्पित पेशा हो । जनभावनालाई अँगाल्दै समग्र क्षेत्रको विकासमा टेवा पुर्याउने ध्येयका साथ गरिने सम्मानजनक पेशा हो पत्रकारिता । अन्य स्थानमा पत्रकारिता र पत्रकारलाई बडो सम्मानजनक दुष्टिले हेरिन्छ । तर विडम्बना, हाम्रो वीरगंजमा केहीं उच्छृङ्खल, बेइमान तथा पक्षपाती पत्रकारहरूले गर्दा वीरगंजेली पत्रकारिताले बेइज्जती खेप्नुपरेको छ, अपमान बेहोर्नुपरेको छ ।
अन्तमा यति मात्र भन्न चाहन्छु कि पर्सेली पत्रकारितामा लागेको कलड्ढलाई अझ बढी फैलिन नदिन नेपाल पत्रकार महासङ्घले पत्रकारितामा गैर, अनक्वालिफाइड तथा डिब्बे/भत्ते पत्रकारहरूको प्रवेश नियन्त्रण गरोस्, पत्रकारितामा प्रवेश गर्न चाहनेहरूको क्वालिफिकेशन, पत्रकारिताप्रति रुचि तथा पत्रकारिता प्रवेश परीक्षाजस्ता कुरामा गम्भीर बनोस् होइन भने भत्ते र ठेकेदारी पत्रकारिताको अन्त्य असम्भव छ । –चन्दन रौनियार वीरगंज–१९ नगवा ९८०४२५८९७७