- अनन्तकुमार लाल दास
कक्षाकोठामा शिक्षक पढाइरहेका छन् । मोबाइलको घन्टी बज्न थाल्छ । शिक्षक कक्षाकोठाबाट बाहिरिन्छन् र शुरु हुन्छ बरन्डामा शिक्षकको वाकि· । कहिले उनी हाँस्छन्, कहिले फर्कन्छन् । उनको यो डुलाइले अरू कक्षाहरूमा के कति प्रभाव पारेको छ, त्यसबारे उनलाई कुनै सरोकार हुँदैन । यसरी एउटा शिक्षक अध्यापनमा खर्च गर्नुपर्ने समय गफमा खर्चन्छन् ।
शिक्षा कार्यालयमा वा जिल्ला शिक्षा अधिकारीको निवासमा चाकरी–चापलुसी अभियान अन्तर्गत गणेश परिक्रमा चलिरहन्छ । कोही विद्यालयको हेडमास्टर हुन्छ भने कोही शिक्षक । यो म्याराथनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पनि सहभागिता देखिन्छ । भन्न के खोजिएको हो भने यतिखेर केवल शिक्षा क्षेत्रका प्वालहरूबारे मात्र चियोचर्चा भइरहेको छ तर सबैले बुझ्नुपर्ने कुरो के हो भने प्वाल टालेर मात्र फड्को मार्ने स्थिति छैन । यतिखेरको खाँचो भनेको आमूल परिवर्तन हो । आमूल परिवर्तन त गर्ने तर के, कहाँ र कसरी गर्ने त्यो पनि महत्त्वपूर्ण पक्ष हो ।
केही दिन पहिले बारा, पर्सामा लागेको गढीमाई मेला अत्यन्त चर्चाको विषय बनेको थियो । गढीमाई मेला हेर्न जाने वा माईको दर्शन गर्न जो कोहीलाई पनि छुट छ तर त्यसैका लागि विद्यालय नै बन्द गर्नु उपयुक्त होइन । बन्दमा विद्यार्थीले के गुमाउनुपर्छ भन्ने सवालमा गम्भीर मनन भएको छैन क्यारे १ मेला जानैपर्नेहरूका लागि अरू बन्दोबस्तीका धेरै इन्तजाम हुन सक्छ तर त्यसका लागि विद्यालय बन्द गर्ने निर्णयलाई लोकतान्त्रिक मान्न सकिंदैन । यस सवालमा स्वस्थ छलफल गरिनुपर्दथ्यो । यसैगरी जाडोयाममा बढी चिसो हुने गर्छ तर चिसोको कारण देखाई विद्यालय बन्द गर्नाले के चिसो समाप्त हुन्छ वा विद्यार्थीहरू घरबाट बाहिर निस्कँदैनन् ? हुनु त पथ्र्यो चिसो याममा विद्यालयको समयमा परिवर्तन गरी कक्षा सञ्चालन गर्नु । अहिले छिमेकी मुलुक भारतको उत्तरप्रदेशमा शीतलहरले गर्दा विद्यालयको समय १० देखि २ कायम गरिएको छ तर यहाँ दुईचारजना शिक्षक माफियाहरूले गर्दा विद्यालय नै बन्छ गर्ने संस्कृति विकसित हुन थालेको छ । यसरी मेलाको बिदा प्रकरण होस् वा जाडोयाममा हुने बिदाले के देखाउँछ भने अहिले पनि विद्यार्थीको भविष्यप्रति मधेसमा सचेतनामा कमी छ र पढाइभन्दा बढी अनेक बहाना बनाई बिदा–संस्कृति हुर्काइँदै छ ।
२१ औं शताब्दीमा शिक्षा नपाउनु भनेको पशुभन्दा पनि तल्लो स्तरको जीवन जिउनु हो । शिक्षा, विज्ञान, अर्थ र सञ्चारको शताब्दी भएकोले यी चारबीच समन्वय गरेर अगाडि बढ्नुपर्छ । खासगरी मधेसतिर शिक्षा क्षेत्रको अवस्था किन खस्कँदै गएको छ ? मधेसमा विद्यालयहरूको स्थिति पायकपर्दो भए तापनि साक्षरता दर तथा गुणस्तरीय शिक्षाको अनुपात तुलनात्मकरूपमा अरू ठाउँभन्दा किन कम छ ?
यसको मूल कारण भनेको शिक्षा क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप र शिक्षाको राजनीतिकरण हो । भ्रातृ स·ठन स्थापना गर्नुको मनसाय शिक्षामा गुणस्तर बढाउनु थियो तर उद्देश्य अनुरूप नचल्नाले विकृति आयो । राजनीतिक नेतृत्वले राम्रो कुरालाई प्रोत्साहित गर्नुभन्दा नराम्रो कुरालाई संरक्षण दिने काम गर्यो । जे गर्दा कार्यकर्ता बन्छन्, बढ्छन त्यही गर्ने काम भयो । गल्ती यहीं भएको शिक्षाशास्त्रीहरूको ठम्याइ छ । राजनीतिले नियमित मात्र गर्नुपर्ने थियो तर त्यो भएन । रचनात्मक काम गरेको भए राम्रो हुन्थ्यो तर विकृतिमा परिणत भएकोले यस्तो अवस्था आएको हो । संस्कार, चिन्तन र राजनीतिक दाउपेचका कारण नराम्रो भएको हो । राजनीति आफैंमा खराब होइन तर शिक्षालयभित्र दलीय राजनीति गर्नुहुन्न । पेशागत हकहितका लागि शिक्षकहरू क्रियाशील हुन पाउँछन् तर विद्यालयमा पार्टी राजनीति हुल्नु राम्रो होइन ।
शिक्षक भनेको प्रबुद्ध व्यक्ति हो । प्रत्येक शिक्षकलाई आफ्नो कर्तव्य र भूमिका थाहा छ । देश एकजनाले बनाएर बन्ने पनि होइन, तर भइ के रहेको छ भने कक्षाकोठामा नबसी मोबाइलमा गफिने शिक्षकलाई यदि प्रधानाध्यापकले कारबाई गर्न खोज्यो भने त्यसमा राजनीतिक घुसपैठ हुन्छ र राजनीतिक संरक्षण पाएकै कारण डुलुवा शिक्षकहरू निर्धक्क पढाइरहेका छन् । तिनलाई आफूले गरेको अपराधप्रति पश्चात्ताप होइन गर्वको अनुभूति भइरहेको देखिन्छ । कानुन भ· गर्नुलाई शिक्षक युनियनहरू आफ्नो शक्ति विस्तार ठान्दछन् । यसरी अराजकता निम्त्याउँदा युनियनहरूले ओत दिन्छ र डुलुवा शिक्षकहरूको मनोबल बढ्छ । फलत: शिक्षक र शिक्षण पेशा थप बदनाम हुनुबाट जोगिने र शिक्षण पेशाको मर्यादा घटि नै रहने अनुमान गर्न कठिन छैन ।
व्यवस्था परिवर्तन भयो तर शिक्षा कार्यालयको चुरीफुरी घटेको छैन । जिल्ला शिक्षा अधिकारी भनेको व्यवहारमा मधेसका जिल्लाहरूमा शैक्षिक माफिया सञ्जालका बेताज बादशाह हो । नेताविशेषको कृपा र दलविशेषको कोटामा बनेका जिल्ला शिक्षा अधिकारीहरू कसरी लुट्ने त्यसको नयाँ–नयाँ तरिका खोजीमा हुन्छन् र त्यसलाई साथ–सहयोग दिन्छन्–पौराणिक नारद पात्रका आधुनिक संस्करणहरू जो जिल्ला शिक्षा कार्यालयमा दण्डवत् रहन्छन् । उनीहरू ती सबै सूत्रहरू बनाउँछन् जुन सूत्रबाट दोहन हुन सक्छ ।
दुर्भाग्यवश मधेसमा शिक्षाको गुणस्तर राजनीतिक तहको अनुत्तरदायी नारा र लाचार व्यवहारका कारण माथि उठ्न सकेको छैन । त्यसैले मधेसको समस्या भनेको शिक्षाको गुणस्तरप्रति अप्रतिबद्ध तथा अनुत्तरदायी शिक्षक, सरोकार समूह र स्वयं सरकार हो । शैक्षिक चेतना र दायित्व बोध नभएका राजनीतिक समूहको बाक्लो उपस्थितिले शिक्षालाई उनीहरूको क्षुद्र राजनीतिक लाभहानिको विषयवस्तुभन्दा माथि उठ्न दिएकै छैन । मधेसमा अहिलेको समस्या भनेको एकातिर अशिक्षा हो भने अर्कोतिर कुशिक्षा पनि हो । सबैका लागि गुणस्तरीय सार्वजनिक शिक्षा, अशिक्षा र कुशिक्षा दुवैको समाधान हो । वर्तमान मधेसको सबभन्दा ठूलो समस्या भनेको सबैका लागि गुणस्तरीय शिक्षा, प्रजातन्त्र र अलग पहिचान, सम्मान र सुरक्षासहित सुदृढ राष्ट्रिय एकता हो । यसका लागि सामाजिक ऐक्यबद्धता चाहिन्छ । यसको अभावमा मधेसको विकास र समृद्धिका सबै आशा र अपेक्षाहरू मात्र हैन, राष्ट्रको स्वरूपमा पनि मधेसको अस्तित्वले सन्तुलन बनाउन सकिरहेको छैन । मधेसमा बाल अधिकार र युवाहरूको भविष्य अँध्यारोमा पर्दै गइरहेको छ । यहाँनिर गम्भीर हुनैपर्छ ।
मधेसमा पछिल्लो समयमा शिक्षकहरू द्वन्द्वका शिकार भएका छन् । शिकार हुनुको मूल कारण विद्यालयमा नयाँ शिक्षकको नियुक्ति, सरुवा, दरबन्दी मिलान र चन्दासँग सम्बन्धित देखिएको छ । त्यस्तै नक्कली प्रमाणधारी शिक्षकहरूको एउटा ठूलो हिस्सा मधेसमा व्याप्त छ । यसो हुनुको पछाडि राजनीतिक संरक्षणमा नियुक्ति पाउनु, शिक्षक दरबन्दीमा भागबन्डा हुनु, छात्रवृत्तिको रकम हजम गर्नु, विद्यालय भवन निर्माणमा भ्रष्टाचार हुनु, शौचालयहरूको सरसफाइ र मरम्मत नहुनुजस्ता समस्याहरू रहेका छन् । यस्तो अवस्थाले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने दिशा डाइभर्ट भइरहेको छ । मर्यादाविपरीत काम गरेबापत आम मानिसले सहजरूपमा प्रश्न उठाउन नसक्ने वा प्रश्न उठाउँदा राजनीतिक खिचलो हुनेजस्ता परिस्थिति सामाजिक शक्तिक्षयको टडकारो प्रमाण हो । शिक्षा क्षेत्रमा शिक्षकहरूको ठूलो हिस्सा अध्यापन गराइराखेको छ, तर स्तर अनुसारको शिक्षण प्रभावकारिता नभएको, शिक्षण पेशाको महत्त्व नबुझेको, आफ्नो सामाजिक उत्तरदायित्वप्रति बेखबर रहेका शिक्षकहरूको बिगबिगी र बोलबाला छ ।
मधेस विद्रोहमा जनताले खोजेको कुरा शैक्षिक क्षेत्रको सुधार पनि थियो तर जुन रूपले परिस्थिति विकसित हुँदै गइरहेको छ त्यसले सार्वजनिक विद्यालयहरूको भविष्य झन् अन्धकारमय हुँदै गइरहेको छ । राजनीतिक स·ठनहरूले उज्ज्वल मधेस र उन्नत मधेसको कुरा गरे पनि व्यवहारमा अहिले शिक्षा क्षेत्र आत्मघाती देखिएको छ । कमजोर, अयोग्य मानिस नै बढी शिक्षक छन् । यो एउटा ना·ो सत्य हो । शिक्षामा सुधार ल्याउने हो भने प्रतिभावान जनशक्ति शिक्षक बन्ने वातावरण विकसित गर्नुपर्छ । विद्यालयमा एक तहको अनुशासन निर्माण गर्न सहयोग गर्नुपर्छ । कुनै पनि युनियनले शिक्षण गुणस्तरीयताको सवालमा व्यवस्थापकीय चासोमा हस्तक्षेप गर्नु र प्रधानाध्यापक एक्शनमा जान्छ भने त्यसलाई राजनीतिक हथकन्डा बनाउनुहुन्न ।
जिल्ला शिक्षा अधिकारीको नियुक्ति र पदस्थापनमा राजनीतिक भागबन्डा र कोटा निर्धारण गर्नुहुन्न । खासखास राजनीतिक सत्ता समीकरण भएको बेला खासखास दलका हनुमानहरूको जिल्ला शिक्षा कार्यालयमा खुब फुर्ती देखिनुले केही खासखास मानिसहरूको दानापानी त चल्छ तर समग्रमा शिक्षा क्षेत्रलाई कमजोर बनाउने काम भइरहेको हुन्छ । जिल्ला शिक्षा अधिकारी शक्ति केन्द्रको रूपमा रहेसम्म शिक्षकहरू वा प्रधानाध्यापक चक्कर लगाइरहने छन् । उन्नत मधेसका लागि जिल्ला शिक्षा कार्यालयमा दलाल शिक्षकहरूको उठबस कम गर्नैपर्छ । यी सबका लागि राजनीतिक इच्छाशक्ति चाहिन्छ ।
मधेसको आवश्यकता र अवसरलाई ध्यान नदिई केवल मनोगत आधारमा शिक्षानीति ल्याउने हो भने त्यो असफल हुन सक्छ । हाम्रोजस्तो सामाजिक, आर्थिक पछौटेपन भएको मुलुकमा सबैलाई राज्यले चाहेर पनि साधारण शिक्षातर्फ निरन्तर आबद्ध गराउन सक्दैन । यस्तो अवस्थाको विकल्प के ? त्यसैले जब मधेसको शिक्षा व्यवस्थाका सम्बन्धमा हामी केही गम्भीर प्रयासको थालनी गर्न खोज्छौं शृङ्गारिक शिक्षाभन्दा व्यावसायिक शिक्षाको महत्त्व बढी हुन्छ । शृङ्गारिक भनेको केवल हेर्नका लागि मात्र हो । त्यसमा प्रमाणपत्रको थुप्रो लाग्न सक्छ तर त्यसले रोजगारी वा आयआर्जनको कौशल दिन सक्दैन । यस कारण धराशायी हुँदै गएको मधेसको शिक्षालाई मुलुकको धरातलीय यथार्थको केन्द्रबिन्दुमा राखेर सार्वजनिक शिक्षामा सुधारको थालनी गर्नुपर्दछ ।