रेडियो वीरगंजले आफ्नो वार्षिकोत्सव कार्यक्रममा भोजपुरी भाषा तथा साहित्यमा योगदान पुर्याएका स्रष्टा उमाशड्ढर द्विवेदीलाई सम्मान गर्दा वीरगंजवासी उत्साहित भएका छन् । आज वीरगंजमा साहित्य समाजको अत्यन्त आवश्यकता छ । हुनत वीरगंज शहरमा साहित्यिक यात्रामा लागेका विभिन्न स्रष्टाहरूको उल्लेखनीय भूमिका रहेको पाईन्छ । प्रभात काव्य यात्रा– अरुण विक्रम शाह, वीरगंज साहित्य परिषद्– स्व. डा.भीमचरण थापा, लक्ष्मी साहित्य समाज– महेशचन्द्र गौतम, हास्यव्यङ्ग्य मञ्च– विनोद तिमिल्सिना, भोजपुरी साहित्य समाज– पं. दीपनारायण मिश्र, नेपाल भोजपुरी प्रतिष्ठान– तारा सिंह, नेपाल भारत मित्र मण्डली –.शशिभूषण वर्णवाल, नेपाल भारत साहित्य परिषद्– ओमप्रकाश सिकरिया आदि करिब एक दर्जन साहित्य यात्रामा लागेका संस्थाहरू रहेको पाइन्छ । वीरगंज शहरलाई साहित्यिक क्षेत्रमा अगाडि बढाउन विभिन्न साहित्यिक संस्थाहरूको भूमिका उल्लेखनीय रहेको छ । यीमध्ये केही मात्र अस्तित्वमा छन् । आफ्नो कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । तर यी साहित्यक संस्थाहरूबीच समन्वय हुन नसक्दा साहित्य यात्रालाई अघि बढ्न गार्हो परेको छ । कार्यक्रमहरूमा कविता वाचन गर्दा प्राय: एउटै अनुहारका कविहरू देखा पर्नुले पनि साहित्यमा आम मानिसको सहभागिता न्यून रहेको छ । उपस्थितिलाई साझा बनाउन सकिरहेको छैन । कार्यक्रम गर्दा केही प्रतिष्ठित कविहरूको जमघट गराउन सक्नुपर्छ, बाहिरका कविहरूको समेत सहभागिता गराउनुपर्छ । यसले साहित्य समाजलाई अघि बढ्न मलजल प्रदान गर्दछ ।
साहित्य यात्रा त्यो हो, जसले आम मानिसको धारणा र विचारमा परिवर्तन ल्याउँछ । मानिसमा बौद्धिक ज्ञानको विकास गर्नुको साथै सकारात्मक सोचको विकास गर्छ र मानवताको भावना जगाउँछ । शिष्टाचार, स्वाभिमान, सभ्य बोली, सहयोगको भावना, आदर सत्कारगर्ने संस्कार साहित्यसाधनाबाट पाइन्छ भने आम मानिसमा आत्मविश्वासको बलियो जग पनि बसाउँछ तथा साहित्यिक संस्कारले कुत्सित स्वार्थ, अमानवीय व्यवहार र हिंसक व्यवहारबाट सदैव टाढा राख्दछ ।
पहिले वीरगंजबाट साहित्य पत्रिका ‘सगर’ नै प्रकाशित भई वीरगंजवासीको मानसपटलमा साहित्यले ठाउँ ओगटेको थियो तर त्यो यात्राले निरन्तरता पाउन सकेन । आज वीरगंजमा साहित्यिक पत्रिका र साहित्यिक यात्रामा लागेका संस्थाहरूको निकै खाँचो छ । आम मानिसको सोचमा आमूल परिर्वतन भनेकै साहित्यिक वातावरण हो र साहित्यिक वातावरणले मानिसको सोचलाई प्रेरित र प्रभावित गर्दछ ।
आज वीरगंजमा साहित्यप्रेमीको खाँचो छ । साहित्यिक संस्कारको कमी छ र खाँचो छ आफ्नो विशिष्ट योगदान पुर्याएका साहित्यकारहरूको सम्मानको । आज आम नागरिकले मनन गर्न अति आवश्यक छ कि साहित्यप्रति सबैको चासो र लगाव हुन जरुरी छ । आफ्नो घर परिवारलाई पनि साहित्यको ज्ञान दिलाउनु तथा साहित्यिक पत्रिकाहरू पढ्न उत्प्रेरणा दिनुपर्छ । ओझेलमा परेका साहित्यिक यात्रालाई गन्तव्यमा पुर्याउन सबै वीरगंजवासीको उत्तरदायित्व हो । वीरगंज उपमहानगरपालिकाले पनि यस्ता गरिमामय संस्थालाई उकास्न समय समयमा साहित्य कार्यक्रमको आयोजना गरी साहित्यप्रति क्रियाशील हुन जरुरी छ । साहित्यिक यात्रामा लागेका संस्थाहरूले पनि आफ्नो यात्रालाई निरन्तरता दिनु तथा नागरिक, विद्यार्थी, पत्रकार आदिको सहभागितामा जोड दिनुपर्छ । यसरी ओझेलमा परेको साहित्यिक यात्राबाट पूर्णविराम हट्ने छ ।
कल्पना खड्का