प्रस, पथलैया, १३ पुस/
घरभित्र रहेको मसान भगाउन पूजा गर्नुपर्ने बहाना बनाएर कैलालीको धनगढीबाट लुटिएको गहनामध्ये केही प्रहरीले जितपुरबाट बरामद गरी सार्वजनिक गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल हमालकी पत्नी शारदालाई झुक्याएर लुटिएको ५१ तोला मध्ये ३१ तोला गहना प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले अरू २० तोला गहना र लुटेरा दुई महिलाबारे अनभिज्ञ रहेको बताएको छ ।
पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक कुमार विक्रम थापाले सूचनाको आधारमा जितपुरस्थित इसरायल मियाँको घरबाट गहना बरामद भएको बताए । उनले घटनामा संलग्न मियाँकी पत्नी ३१ वर्षीया तैरून नेशा र उनकी बहिनी २६ वर्षीया खैरून नेशा फरार रहेको बताए । तैरूनका पति इसरायल पनि फरार रहेको थापाले बताए ।
हामीले सूचनाको आधारमा छापामारी गर्दा दराजभित्र सुन राखेको भेटियो, घटनामा संलग्न फरार छन् खोजी भइरहेको छ ।
लुटेराले धनगढीबाट गहना लुटेर घरसम्म ल्याएर राखेको सुचना आएको बताउने प्रहरीले उनीहरू कहाँ छन् भन्ने अनभिज्ञता जनाएको छ । अरू २० तोला गहनाबारे थाहा नभएको थापाले बताए । लुटेरा र गहनाको खोजी भइरहेको थापाको भनाइ छ ।
प्रहरीले पत्रकार सम्मेलनमा एउटा सुनको रानी हार, दुई थान हीराजडित सुनको हार, दुई थान सुनको चुरा, एउटा हीराजडित औठी, पाँचवटा सुनको औंठी, दुईवटा सुनजडित मोतीमाला, एउटा सुनको सिक्री, नौ सेट सुनको टप, दुई वटा पोतेसहितको सुनको सिक्री, एउटा सुनको क्लिप, एउटा सुनको लकेट सार्वजनिक गरेको हो । लुटिएकोमध्ये म·लसूत्र, सिक्री, टप, बिच्छु, रोजमुगालगायत थुप्रै गहना भेटिएको छैन ।
घटनाको अनुसन्धानका लागि आएका जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी नायब निरीक्षक निरक रावलका अनुसार लुटिएका गहनाको विवरण जाँच गर्दा थुप्रै गहना गायब छन् । गहना कसरी गायब भयो आफूलाई थाहा नभएको रावलको भनाइ छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक थापाले इसरायलको घरमा पुगेर गहना ल्याएका थिए । थापाले पनि फेला परेको गहना यति नै भएको बताएका छन् । २० तोला गहना र लुटेरा नभेटिनुले घटनालाई शड्ढास्पद बनाएको छ । प्रहरी निरीक्षक थापाले आरोप जे लागे पनि आफूले हिनामिना नगरेको बताए ।
प्रहरीले गहना पुस ११ गते बरामद गरेको बताए पनि गत बिहीवार जितपुरको एउटा सुनचाँदी पसलमा तौल गरेको बताइएको छ । तौल गर्ने क्रममा गहना २५ तोला देखिएको थियो । तर पत्रकार सम्मलेनमा प्रहरीले ३१ तोला रहेको बताएको छ । गहनाको तौल फरक पर्नुमा पनि प्रश्न उठ्न थालेको छ । प्रनि थापाले भने गहना ११ गते नै फेला परेको दाबी गरेका छन् । उनले सुन मात्र २५ र मोतीसहित अन्य गरी ६ तोला रहेको बताए ।
‘हामीले ११ गते नै बरामद गरेका हौ, बिहीवारको कुरा गलत हो–थापाले भने–तौल २५ तोला सुन मात्र हो, बाँकी मोती हुन्, दुवै मिलाएर ३१ तोला रहेको छ ।”
प्रहरीले पत्रकार सम्मेलनमा गलत विवरण सार्वजनिक गर्नुले घटनामा थप शड्ढा उत्पन्न भएको छ । घटनाको अनुसन्धान जारी रहेको भन्ने प्रहरीले तैरूनकी छोरी सालु खातुन, भाई कयामुद्दिन मियाँ, इसरायलका दाइ कल्लु मियाँ, काका अनवर मियाँ र उनको छिमेकी तस्लिम मियाँलाई नियन्त्रणमा लिएर छाडेको छ । तैरूनका आफन्तलाई छुटाउन जितपुरका केही व्यापारी सक्रिय भएका थिए । व्यापारीकै कारण उनीहरू छुटेको बुझिएको छ ।
प्रहरीले २० तोला सुनबारे जवाफ दिन नसक्नु र घटनामा व्यापारीले चासो देखिनुले पनि लुटपाट प्रकरणमा गिरोहकै संलग्नता रहेको देखिन्छ । प्रहरीका उच्च अधिकृतले पनि व्यापारीलाई सहयोग पुर्याएको स्रोतको दाबी छ ।
घटनाको अनुसन्धान गर्न धनगढीबाट आएको टोलीले पनि २० तोला गहनाबारे केही बोल्न नसक्ने बताएको छ । सिमराको प्रहरी टोलीले गहना बरामद गरेपछि आफूहरूले खबर पाएको भन्दै प्रहरी नायब निरीक्षक रावलले त्यसबारे आफूहरूलाई थाहा नभएको बताए ।
“हामीले अनुसन्धान गरी गहना राखेको स्थान पत्ता लगाएको र सो सूचना सिमरा प्रहरीले थाहा पायो र गहना लिएर आयो”–अर्का हवल्दार थापाले भने–“त्यसैले हामीभन्दा सिमरा प्रहरीसँग गहना र लुटेराबारे जानकारी लिनुस् ।”